काँग्रेस नेता जोशीले द्वारा कोरोना जोखिम न्यूनीकरण अभियान सुरु
काठमाडौं । नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीले आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाबाट बच्न तथा संक्रमितको उपचारमा सहजीकरण अभियान सुरु गरेका छन्। गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेता जोशीले बुधबार पत्रकार सम्मेलन गर्दै अभियानअन्तर्गत मास्क, अक्सिमिटर, स्यानिटाईजर र औषधि वितरणसमेत गरिने जानकारी दिए ।
यसका साथै कोरोना संक्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गरिने समेत जानकारी नेता जोशीले दिए । अभियान सफल बनाउन कार्तिक २४ गतेदेखि नै डाक्टरहरुद्वारा फोन मार्फत कोभिड सम्बन्धी सल्लाह र सुझाव उपलब्ध गराउनेछ । यो सेवा बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा २४ सै घण्टा उपलब्ध जानकारी नेता जोशीले दिए ।
Advertisement
कोरोना सम्बन्धी जानकारी लिनुपरे बिहान ९८४७३९४४३१ मा, दिउँसो ९८४७३९४८४५ मा र साँझ ९८४७३९४८४...









