२०८१ बैशाख ११

उजुरीकर्ता सम्पर्कमा आएनन् , प्रस्तावित राजदूतहरु खतिवडा, रेग्मी र विश्वकर्माको सुनवाइ २७ गते हुने

१७ कात्तिक, काठमाडौं । डा. युवराज खतिवडासहित तीन जना प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि आगामी २७ गते सुनुवाइ गर्ने संसदीय सुनुवाइ समितिले निर्णय गरेको छ ।

गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय सुनुवाइ समितिका अनुसार खतिवडाविरुद्ध ३ वटा र रेग्मीविरुद्ध एउटा उजुरी तोकिएको समयभित्र परेका थिए । अर्को एउटा उजुरी तोकिएको समयपछि मात्र आएको थियो । तर उजुरीकर्ताहरु सम्पर्कविहीन थिए ।


Advertisement


उजुरीकर्ता नै सम्पर्कमा नआएपछि सुनुवाइ समितिले यही कात्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर सम्पर्कमा आउन भनेको थियो । आज कात्तिक १७ गते समितिको बैठकमा पनि उजुरीकर्ता सम्पर्कमा नआएपछि २७ गतेको बैठकमा प्रस्तावित राजदूतहरुमाथि सुनुवाइ हुने निर्णय बैठकले गरेको छ ।

राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी (बेल्जियम), तापस अधिकारी (पाकिस्तान) र रामकाजी खड्का (जर्मनी)लाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्दै आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन् ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap