२०८१ बैशाख ४

सडक दुर्घटनामा थप एकसहित दुईको मृत्यु : सप्तरी

सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियास्थित बेरवामा कार र सिटीरिक्सा एकाआपसमा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ का ७० वर्षीय बेचनलाल माझी रहेको इलाका प्रहरी कार्यालयका कंचनपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । 

ठक्करबाट गम्भीर घाइते भएका माझीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा२१च ६३९ नंको कार र विपरीत दिशाबाट आउँदै गरेको सिटीरिक्सा एकापसमा ठोकिएको थियो ।


Advertisement


यसअघि हिजोमात्रै सोही दुर्घटनामा परी हनुमाननगर कङ्कालनी नगरपालिका– १ भारदहका ७० वर्षीय बद्री मुखियाको मृत्यु भएको थियो । ठक्करबाट गम्भीर घाइते भएका मुिखयाको भारदहस्थित अस्पतालमा उपचारका लागि लाने क्रममा मृत्यु भएको थियो । त्यस्तै, सोही दुर्घटनामा परी घाइते भएका छ जनामध्ये तीन जनाको विराटनगरस्थित गोल्डेन अस्पताल र अन्य तीन जनाको भारदहस्थित भारदह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap