२०८१ बैशाख ७

काजी कालु पाँडेको समाधिस्थल सर-सफाईमा जुटेका छन् नेपाली सेना

काठमाडौं । चन्द्रागिरि १ दहचोकमा रहेको कालु पाँडे समाधिस्थल क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको छ । सय गन्तव्य भित्रको चन्द्रागिरि १ दहचोक स्थित काजी कालु पाँडे समाधिस्थल क्षेत्रमा युग्द्ध कवाच गणले सो क्षेत्रमा सफाइ गरेको हो ।


Advertisement


गणपति देवेन्द्र खड्काको समन्वयमा वडाध्यक्ष राजेन्द्र के.सी.सहित स्थानीयको उपस्थितिमा समाधी, गडी र ईन्द्रदह परिसरमा सरसफाइ गरिएको चन्द्रागिरि १ का वडाअध्यक्ष राजेन्द्र केसीले बताए । रक्षा मन्त्रालयले उक्त समाधि संरक्षणका लागि २० लाख रकम समेत विनियोजन गरेको छ ।  सरसफाइ कार्यक्रममा ५० जना नेपाली सेना परिचालित थिए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap