२०८३ भाद्र ३१

Author: admin

दिउँसो १ बजे संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

दिउँसो १ बजे संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

देश, समाचार
संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ। मंगलवारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनि प्रश्ताव प्रश्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यस्तै खाँणले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन्। कृषि तथा पशुपंक्षि विकासमन्त्री महिन्द्र राय यादवले बिरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन्। त्यस्तै मन्त्री यादवले बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। ...
बालबालिकालाई भिडियो गेमको लतबाट कसरी जोगाउने ?

बालबालिकालाई भिडियो गेमको लतबाट कसरी जोगाउने ?

स्वास्थ्य
प्रविधिको विकास र  विस्तारसँगै मोबाइलमा बालबालिकाको पहुँच बढेको छ । अहिले अधिकांश बालबालिकाले मोबाइलमा विभिन्न किसिमका भिडियो गेम खेल्ने गर्छन् । गेमप्रति उनीहरुको लत नै लागेको छ । बालबालिका भिडियोका गेमका लागि मोबाइलमा घण्टौं घोत्लिने गरेका छन् । यति मात्रै होइन, कतिपय बालबालिकाले खेलकै लागि आपराधिक क्रियाकलाप समेत गर्ने गरेको भेटिएको छ । यसरी बालबालिकालाई भिडियो गेमले गाँजिरहेको छ । यस्तो अवस्थामा उनीहरुलाई कसरी यसबाट टाढा राख्ने भन्ने विषयमा अभिभावकले सोच्न जरुरी छ । लामो समयसम्म बालबालिका मोबाइलमा घोत्लिंदा उनीहरुलाई हानी गर्ने त छँदैछ, अभिभावकलाई समेत तनाव हुन्छ । बालबालिका मोबाइलमा हिंस्रक गेम किन खेल्छन् ? बालबालिकामा नयाँ नयाँ भिडियो गेम खेल्ने चाहना हुन्छ । जसमा उमेर र पारिवारिक माहोलले महत्वपूर्ण भूमिका खेल्छ । उनीहरु नयाँ नयाँ गेम खेलेर आफू जि...
विधानले नचिनेको कांग्रेसको ‘नीति महाधिवेशन’ कहिले ? 

विधानले नचिनेको कांग्रेसको ‘नीति महाधिवेशन’ कहिले ? 

राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले गएको मंसिर २३ बाट सुरूवात गरेर पुस पहिलो साता पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्‍यो । महाधिवेशन गर्ने विषयमै लामो रस्साकस्सी पछि महाधिवेशनेको मिति तय हुँदा महाधिवेशनमा विधि र नीतिका विषयमा छलफल गर्न नेतृत्व तयार भएन । महाधिवेशनमा उठ्ने मुद्दा र तीनको जवाफ दिँदै नेतृत्व चयन प्रक्रिया झन्झटिलो हुने भन्दै नीति महाधिवेशन गर्ने निष्कर्षमा कांग्रेस पुग्यो । कांग्रेसले नयाँ नेतृत्व आएको तीन देखि ६ महिनाभित्र नीति महाधिवेशन गर्ने बताएको थियो । तर केही नेताहरुले त्यसबेला पनि नीति महाधिवेशनलाई नेपाली कांग्रेसको विधानले पनि नचिन्ने टिप्पणी गरेका थिए । कांग्रेसको नीति महाधिवेशन भनिए पनि बस्नुपर्ने महासमिति बैठक हो । किन भने कांग्रेसको विधा अनुसार महाधिवेशन भएको वर्ष बाहेक हरेक वर्ष महासमिति बैठक राख्नुपर्ने हुन्छ । यसपटक महाधिवेशनमा नी...
एन्फा निर्वाचन आज, कसले मार्ला बाजी ?

एन्फा निर्वाचन आज, कसले मार्ला बाजी ?

खेलकुद, देश
काठमाडौं । नेपाली फुटबलको सर्वाेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन आज हुँदै छ । आज हुने निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको छुट्टाछुट्टै प्यानलसहित उमेदवारी  रहेको छ । अध्यक्ष पदका लागि शेर्पा र नेम्वाङ समूहसहित फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजिव पौडेलसमेत चुनावी मैदानमा रहेका छन् । स्वतन्त्र उमेदवार पौडेलको प्यानल भने छैन ।  चार वर्षअघिको निर्वाचनमा हाल फिफाबाट १० वर्ष प्रतिबन्धमा रहेका गणेश थापाको २१ वर्षे कार्यकालको चरम विरोध गर्दै ‘चेन्ज एन्फा अभियान’ मा लागेका शेर्पा र नेम्वाङले एउटै समूहबाट चुनाव जितेका थिए । तर, अहिले यस चुनावी मैदानमा शेर्पा र नेम्वाङ  एकले अर्कोलाई सिध्याउने खेलमा लागेका छन् । तामझाका साथ उम्मेदवारी घोषणा गरेका दुवै पक्ष शनिबारदेखि मतदातालाई होटलमा राखेका छन्। शेर्पा पक्षले आफ्...
कोलम्बियाका राष्ट्रपति चुनिए पूर्वगुरिल्ला

कोलम्बियाका राष्ट्रपति चुनिए पूर्वगुरिल्ला

विदेश / एन.आर.एन, समाचार
दक्षिण अमेरिकी मुलुक कोलम्बियामा पूर्वगुरिल्ला राष्ट्रपति चुनिएका छन्। समाचार संस्था रोयटर्सका अनुसार आइतबार भएको चुनावमा एम-१९ गुरिल्ला मुभमेन्टका पूर्वसदस्य गुस्ताभो पेट्रो विजयी भएका हुन्। ६२ वर्षीय पेट्रो कोलम्बियाको इतिहासमा राष्ट्रपति चुनिने पहिलो वाम हुन्। यसअघि उनी माथिल्लो सदनका सदस्य थिए भने केही वर्ष पहिला उनले बोगोटाको मेयरका रूपमा पनि काम गरेका थिए। आइतबारको चुनावमा पेट्रोले प्रतिष्पर्धी रोडोल्फो हर्नान्डेजलाई सात लाख बढी मतान्तरले हराएका हुन्। पेट्रोले ५०.५ प्रतिशत मत पाए भने हर्नान्डेजले ४७.३ प्रतिशत भोट ल्याए। कोलम्बियामा झन्डै आधा मानिस कुनै न कुनै रूपको गरिबी सामना गरिरहेका छन्। पेट्रोले सामाजिक र आर्थिक नीति परिवर्तन गर्ने वाचा गरेका छन्। चुनावी परिणामपछि राजधानी बोगोटामा समर्थकहरूलाई सम्बोधन गर्दै उनले अब कोलोम्बिया बदलिने बताए। ‘आ...
सरकारले लुकीछिपी एसपीपी अघि बढाएको आरोप

सरकारले लुकीछिपी एसपीपी अघि बढाएको आरोप

देश, समाचार
५ असार, काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लुकीछिपी अघि बढाएको आरोप लगाएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकाटाले संसदबाट पारित गरिएको एमसीसी सम्झौता पनि सरकारले त्यसै गरी अघि बढाएको आरोप लगाए । सरकार र अदालतले पारदर्शीता अपनाउन नसकेको भन्दै उनले भने ‘सुरुवाती अवस्थामा एमसीसीमा लुकीछिपी निर्णय गरे । अहिले बहुचर्चित एसपीपीमा पनि त्यहीँ गरेका छन्’, उनले बताए । सांसद देवकोटाले पारदर्शीता नभएकै कारण सरकारका हरेक गतिविधिमा भ्रष्टाचार हुने गरेको आरोपसमेत लगाए । सांसद देवकाटाले सरकारले आफना सबै निर्णयहरु वेबसाइटमार्फत् सार्वजनिक गर्नुपर्नेमा जोड दिए । काठमाडौं महानगरपालिका र धरान नगरपालिकाले आफ्नो बैठक समेत लाइभ गराएर पारदर्शीताको उत्कृष्ट नमूना प्रर्दशन गरेको भन्...
खेतीको मर्म बुझौं, शुतुरमुर्ग नबनौं : डा. कृष्णप्रसाद पौडेल

खेतीको मर्म बुझौं, शुतुरमुर्ग नबनौं : डा. कृष्णप्रसाद पौडेल

देश, विचार, विचार
तपाईं हामीले कहिल्यै सोचेका छौं- हावा, पानी र खानेकुरा भएन भने हाम्रो जीवनमा कस्तो प्रभाव पर्ला ? यो प्रश्न सुन्दा सामान्य लाग्छ तर यसको मर्म भने धेरै नै गम्भीर छ । नियमित कामकाजी मानिस हावा, पानी र खाना विना क्रमशः २ मिनेट, २ दिन र ५ दिन भन्दा बढी बाँच्न सक्दैन । तर हामी यो आधारभूत सत्य बिर्सेको स्वाङ पार्दै शुतुरमुर्गको शैलीमा यो शाश्वत सत्यबाट टाउको मात्र लुकाउने चेष्टा गरिरहेका छौं । यस्तो मर्ममा बुझपचाउनु भनेको एक खालको सामाजिक मनोरोग हो । यसलाई सच्याउने जिम्मेवारी लिनुपर्ने नेतृत्व त यस्तो मनोरोगले ग्रस्त दीर्घ रोगी नै भएका छन् । हावा र पानी आजसम्म प्रकृतिमा जसोतसो सित्तैं पाइँदैछ । यो पनि अब बजारका बिचौलिया र दलालको हातमा पुगिरहेको छ । हिजोआज शहरिया र बिरामीले बाध्य भएर र सौखिन दलाल, बिचौलिया र तिनका नेताले पैसाको तुजुकमा स्वास्थ्यका लागि भन्दै किनेर खाने गरेका छन् । तर ...
हेलिकप्टरको भीआईपी उडानमा २ पाइलट अनिवार्य, राति आधार विमानस्थलमै फर्किनुपर्ने

हेलिकप्टरको भीआईपी उडानमा २ पाइलट अनिवार्य, राति आधार विमानस्थलमै फर्किनुपर्ने

आर्थिक, देश
५ असार, काठमाडौं । अब वायुसेवा कम्पनीले तोकिएको आधार विमानस्थल (अपरेटिङ बेस)मा रात्री विसान गरेर पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिरकणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्न तथा उडान सञ्चालनलाई थप व्यवस्थित गर्न भन्दै यस्तो निर्णय गरेको हो । विमान कम्पनीलेहरु उडान अनुमति लिँदा नै आफ्नो आधार विमानस्थल तोकेका हुन्छन् । तर, अहिले अधिकांश वायु सेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रात्री विसान गर्ने गर्ने गरेका छन् । अब हेलिकप्टर र हवाईजहाजले तोकिएको आधार विमानस्थलबाट दिनको पहिलो उडान गर्नु पर्ने भएको छ । यसैगरी सरकारले विशिष्ट व्यक्ति(भीआईपी)को उडानमा हेलिकप्टर कम्पनीले २ जना पाइलट राख्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको निर्णयअनुसार अब हेलिकप्टरको प्रत्येक उडान पूर्व प्...
‘भ्रष्टाचार गरेको भए उहिल्यै जेल पर्थें होला नि ‘ 

‘भ्रष्टाचार गरेको भए उहिल्यै जेल पर्थें होला नि ‘ 

खेलकुद
५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्मा छिरिङ शेर्पा फेरि दोहोरिन चाहिरहेका छन् । शेर्पाले पहिलो कार्यकालमा गर्न नसकेका कामलाई पूरा गर्ने र नेपाली फुटबललाई माथिल्लो स्तरमा लैजाने योजनासहित उम्मेदवारी दिएको बताएका छन् । उनीसँग वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ भिड्दैछन् । चारवर्षे कार्यकालमा भएका काम र आगामी योजनाबारे अध्यक्षका उम्मेदवार शेर्पासँग अनलाइनखबरकर्मी गोविन्दराज नेपालले गरेको कुराकानी : आफ्नो चारवर्षे कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ? हामी आउँदा लिग नभएको ३–४ वर्ष भइसकेको थियो । रंगशाला पुनर्निर्माण गर्नुपर्ने अवस्थामा थियो । च्यासलको अवस्था उस्तै थियो । एएफसीसँग आग्रह गरेर हेड क्वाटरमा सिट स्कोरबोर्ड राख्यौं र लिगका लागि पूर्वाधारका हिसाबले स्ट्याण्डर्ड मेन्टेन गर्‍यौं । ३–४ वर्ष लिग नहुँदा धेरै खेलाडीले फुटबल छाडेको अवस्था थियो ।...
किशोरावस्थाका सन्तानको कसरी ख्याल राख्ने ?

किशोरावस्थाका सन्तानको कसरी ख्याल राख्ने ?

SYM शुद्ध सकारात्मकता, विचार, विचार
मान्छेको जन्मपछि जीवनका विभिन्न चरण पार हुन्छन् । उमेरसँगै शारीरिक, मानसिक र भावनात्मक पक्ष पनि विकास हुँदै जान्छन् । ‘टिनएज’ उमेरको सबैभन्दा संवेदनशील र जीवनको निर्णायक बन्ने उमेर हो । यो उमेरमा जीवनलाई लिएर कोही पनि गम्भीर नहुने सम्भावना हुन्छ । पारिवारिक रमाइलो र साथीहरुसँगको हाँसीमजाकले टिनएजको बिदाइ हुन्छ । पढाइ कहिले सकियो अत्तोपत्तो हुँदैन । जवान हुने चाहनामा रहेका टिनएजरलाई भने यो समय एकदमै लामो लाग्छ । टिनएजलाई कसैले गुलाबी उमेर भन्छन्, कसैले किशोरावस्था । कसैले अपरिपक्व उमेर भन्ने गर्छन् । यो आ-आफ्नो धारणा हो । अक्सर टिनएज पार गरिसकेका व्यक्तिहरु आफू हुर्किएको वातावरण र समय अनुसार धारणा बनाउँछन् । त्यसैले यो उमेरबारे विभिन्न व्यक्तिको धारणा फरकफरक हुन जान्छ । किशोरावस्थाबारे वैज्ञानिक धारणा लिने हो भने वैज्ञानिक यो उमेरलाई शारीरिक, मानसिक, भावनात्मक र सामाजिक रुपमा...