२०८२ मंसिर २८

Author: admin

हेलिकप्टरको भीआईपी उडानमा २ पाइलट अनिवार्य, राति आधार विमानस्थलमै फर्किनुपर्ने

हेलिकप्टरको भीआईपी उडानमा २ पाइलट अनिवार्य, राति आधार विमानस्थलमै फर्किनुपर्ने

आर्थिक, देश
५ असार, काठमाडौं । अब वायुसेवा कम्पनीले तोकिएको आधार विमानस्थल (अपरेटिङ बेस)मा रात्री विसान गरेर पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिरकणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्न तथा उडान सञ्चालनलाई थप व्यवस्थित गर्न भन्दै यस्तो निर्णय गरेको हो । विमान कम्पनीलेहरु उडान अनुमति लिँदा नै आफ्नो आधार विमानस्थल तोकेका हुन्छन् । तर, अहिले अधिकांश वायु सेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रात्री विसान गर्ने गर्ने गरेका छन् । अब हेलिकप्टर र हवाईजहाजले तोकिएको आधार विमानस्थलबाट दिनको पहिलो उडान गर्नु पर्ने भएको छ । यसैगरी सरकारले विशिष्ट व्यक्ति(भीआईपी)को उडानमा हेलिकप्टर कम्पनीले २ जना पाइलट राख्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको निर्णयअनुसार अब हेलिकप्टरको प्रत्येक उडान पूर्व प्...
‘भ्रष्टाचार गरेको भए उहिल्यै जेल पर्थें होला नि ‘ 

‘भ्रष्टाचार गरेको भए उहिल्यै जेल पर्थें होला नि ‘ 

खेलकुद
५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्मा छिरिङ शेर्पा फेरि दोहोरिन चाहिरहेका छन् । शेर्पाले पहिलो कार्यकालमा गर्न नसकेका कामलाई पूरा गर्ने र नेपाली फुटबललाई माथिल्लो स्तरमा लैजाने योजनासहित उम्मेदवारी दिएको बताएका छन् । उनीसँग वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ भिड्दैछन् । चारवर्षे कार्यकालमा भएका काम र आगामी योजनाबारे अध्यक्षका उम्मेदवार शेर्पासँग अनलाइनखबरकर्मी गोविन्दराज नेपालले गरेको कुराकानी : आफ्नो चारवर्षे कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ? हामी आउँदा लिग नभएको ३–४ वर्ष भइसकेको थियो । रंगशाला पुनर्निर्माण गर्नुपर्ने अवस्थामा थियो । च्यासलको अवस्था उस्तै थियो । एएफसीसँग आग्रह गरेर हेड क्वाटरमा सिट स्कोरबोर्ड राख्यौं र लिगका लागि पूर्वाधारका हिसाबले स्ट्याण्डर्ड मेन्टेन गर्‍यौं । ३–४ वर्ष लिग नहुँदा धेरै खेलाडीले फुटबल छाडेको अवस्था थियो ।...
किशोरावस्थाका सन्तानको कसरी ख्याल राख्ने ?

किशोरावस्थाका सन्तानको कसरी ख्याल राख्ने ?

SYM शुद्ध सकारात्मकता, विचार, विचार
मान्छेको जन्मपछि जीवनका विभिन्न चरण पार हुन्छन् । उमेरसँगै शारीरिक, मानसिक र भावनात्मक पक्ष पनि विकास हुँदै जान्छन् । ‘टिनएज’ उमेरको सबैभन्दा संवेदनशील र जीवनको निर्णायक बन्ने उमेर हो । यो उमेरमा जीवनलाई लिएर कोही पनि गम्भीर नहुने सम्भावना हुन्छ । पारिवारिक रमाइलो र साथीहरुसँगको हाँसीमजाकले टिनएजको बिदाइ हुन्छ । पढाइ कहिले सकियो अत्तोपत्तो हुँदैन । जवान हुने चाहनामा रहेका टिनएजरलाई भने यो समय एकदमै लामो लाग्छ । टिनएजलाई कसैले गुलाबी उमेर भन्छन्, कसैले किशोरावस्था । कसैले अपरिपक्व उमेर भन्ने गर्छन् । यो आ-आफ्नो धारणा हो । अक्सर टिनएज पार गरिसकेका व्यक्तिहरु आफू हुर्किएको वातावरण र समय अनुसार धारणा बनाउँछन् । त्यसैले यो उमेरबारे विभिन्न व्यक्तिको धारणा फरकफरक हुन जान्छ । किशोरावस्थाबारे वैज्ञानिक धारणा लिने हो भने वैज्ञानिक यो उमेरलाई शारीरिक, मानसिक, भावनात्मक र सामाजिक रुपमा...
गृहले रोक्यो दुवईका राजपरिवार सदस्यको सबै औपचारिक कार्यक्रम

गृहले रोक्यो दुवईका राजपरिवार सदस्यको सबै औपचारिक कार्यक्रम

देश, समाचार
५ असार, झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा झापा पुगेका दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको सबै औपचारिक कार्यक्रम गृह मन्त्रालयले रोकेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार सरकारी संयन्त्रको जानकारीबिना औपचारिक कार्यक्रममा सहभागी भएको भन्दै उनी सहभागी हुने भनिएका कार्यक्रमहरुमा रोक लगाइएको हो । माक्तुम जुमा तीन दिने नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वित्तिकै उनी झापा गएका थिए । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले पनि दुबईका राजपरिवार सदस्य माक्तुमको पूर्वनिर्धारित कार्यक्रमहरुमा रोक लगाइएको अनलाइनखबरसँग पुष्टि गरे । ‘विदेशबाट उच्च तहको पाहुना आउँदा सरकारको स्वीकृति लिनुपर्ने हो, सुरक्षा संवेदनशीलताको हिसाबले पनि यो आवश्यक कुरा हो’ रिजालले भने, ‘तर अनुमति नलिएकाले प...
ठूला अस्पतालले धमाधम बन्द गर्न थाले स्वास्थ्य बीमा कार्यक्रम

ठूला अस्पतालले धमाधम बन्द गर्न थाले स्वास्थ्य बीमा कार्यक्रम

स्वास्थ्य
५ असार, काठमाडौं । सरकारले भुक्तानी नदिएपछि ठूला अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम स्थागित गर्न थालेका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार सूचिकृत स्वास्थ्य संस्थालाई १० अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न थालेका छन् । यसबाट बिमित नागरिक सेवाबाट वञ्चित हुनेछन् नै, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको छ । स्वास्थ्य बीमा गरेका नागरिकको उपचार गरेवापतको रकम अस्पतालले दाबी गरेपछि स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्नुपर्छ । तर भुक्तानी नपाएपछि धुलिखेल अस्पताल, राप्ती आँखा अस्पताल, राणा अम्बिका आँखा अस्पताल (भैरहवा)ले बीमा बोर्डलाई पत्र पठाएर सेवा बन्द गर्ने बताएको छ । बिरामीको भिडभाड हुने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले शुक...
उत्कृष्ट प्लस टु कलेजको खोजीमा हुनुहुन्छ ? त्यसो भए मनास्लु आउनुस्

उत्कृष्ट प्लस टु कलेजको खोजीमा हुनुहुन्छ ? त्यसो भए मनास्लु आउनुस्

शिक्षा
काठमाडौँ- कोरोनाका कारण केही ढिलो सञ्चालन भएको गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) यो वर्षको सुरुवातमा (वैशाखमा) सम्पन्न भएको छ। परीक्षा पश्चात् यतिबेला राष्ट्रिय परीक्षा बोर्ड उत्तरपुस्तिका परीक्षण गरिरहेको छ र यो अन्तिम चरणमा रहेको छ। परीक्षा बोर्डले जतिसक्दो छिटो नतिजा प्रकाशन गर्ने तयारीमा रहेको बताइरहँदा विद्यार्थीहरू पनि आफ्नो आगामी शैक्षिक गन्तव्य छनोट गर्ने कार्यमा व्यस्त छन्। खासगरी एस.इ.इ पछिको पढाइले व्यक्तिको आगामी शैक्षिक भविष्य निर्धारण गर्ने हुँदा यो छनोट महत्वपुर्ण हुन्छ। यस्तो अवस्थामा के पढ्ने, कस्तो संस्थामा पढ्ने, कुन विषय पढ्दा के हुन्छ लगायतका जिज्ञासा विद्यार्थीहरूमा रहेको हुन्छ। त्यसमा पनि आफ्नो शैक्षिक भविष्यको मार्गचित्र कोर्न कुन संस्था उपयुक्त होला भन्ने कौतुहलता अधिकांश विद्यार्थीमा रहेको हुन्छ। त्यही प्रश्नको उत्तर खोज्ने क्रममा मात्र एजुकेसनले...
प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव– नशामा हस्ताक्षर गरिएला ख्याल गर्नुहोला

प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव– नशामा हस्ताक्षर गरिएला ख्याल गर्नुहोला

राजनीति
३ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अमेरिका भ्रमणको बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्ने बेला ख्याल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को सन्दर्भ उठिरहेको बेला नेता नेपालले कहिलेकाहिं थाहै नपाई हस्ताक्षर गर्न सकिने भएकाले ख्याल गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन् । शुक्रबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी नेता नेपालले कूटनीतिमा दबावमात्र नभई थाहै नदिई फसाउने काम पनि हुने भन्दै ती कुराको ख्याल गर्नुपर्ने बताए । ‘कूटनीतिका धेरै पक्षहरु हुन्छन् । कहिले दबाव दिएर, कहिले फकाएर, थाहै नदिइकन, निदाएको बेलामा, ह्वीस्की खुवाएर’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘यो सबै हुने भएको हुनाले ह्वीस्की खाएर नशाको बेलामा सही गरिएला ख्य...
सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकालाई भनिसकेको छु : प्रधानसेनापति शर्मा

सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकालाई भनिसकेको छु : प्रधानसेनापति शर्मा

देश, समाचार
३ असार, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् । सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि उनले दिए । एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले सो कुरा बताएका हुन् । अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा एसपीपी सम्बन्धी पत्र पठाइएको स्वीकार गर्दै उनले तर सैन्य गठबन्धनका लागि नलेखिएको बताए । उनले भने, ‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन ।’ भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको उनले जानकारी दिए । उनले सैन्य गठबन्धन हुने भन्ने कुराको विरोध समेत गरे । उनले भने, ‘मैले सैन...
रिस नियन्त्रणमा सहयोग पुर्‍याउने पाँच खानेकुरा 

रिस नियन्त्रणमा सहयोग पुर्‍याउने पाँच खानेकुरा 

स्वास्थ्य
खाना शरीरका लागि हो भनिन्छ, तर अझ बढी यसको सम्बन्ध मस्तिष्कसँग जोडिएको हुन्छ । त्यसैले हामी जतिबेला मनले खाना माग्छ त्यतिबेला खान्छौं । तर कतिपय मानिस रिस उठ्दा वा दुःखी हुँदा पनि बढी खाना खान्छन् । रिस उठेको बेला खाना खानु नराम्रो त होइन, तर तरिका नपुर्‍याइ खाँदा भने शरीरमा बेफाइदा पनि पुर्‍याउँछ । यस्ता केही खानेकुरा छन्, जुन सेवन गर्दा भने रिस नियन्त्रण गर्न समेत सहयोग पुग्छ । सुन्तला सुन्तलाले रिस कम गर्न मद्दत गर्दछ । यो सुन्दा अनौठो लागे पनि सुन्तलाले रिस नियन्त्रण गर्न मद्दत गर्दछ । यसमा भिटामिन सी, फाइबर र क्यारोटिनोइड्स जस्ता केही एन्टिअक्सिडेन्ट हुन्छन्, जसले डोपामाइनलाई बढाउँछ र मुड स्विङलाई नियन्त्रण गर्छ । यसका साथै यसले शरीरमा हाइड्रेसन गर्छ र यसको स्वादले रिस भुल्न मद्दत गर्छ । हरियो सागसब्जी हरियो सागसब्जी मस्तिष्क र विशेषगरी न्युरोन्सका ला...
काठमाडौंबाट ५० केजी हेरोइन बरामद, विदेशीसहित १० बढी पक्राउ

काठमाडौंबाट ५० केजी हेरोइन बरामद, विदेशीसहित १० बढी पक्राउ

देश, समाचार
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पछिल्ला चार दिनमा ५० केजी हेरोइन बरामद गरेको छ । सो क्रममा विदेशी नागरिकसहित १० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार विभिन्न देशहरूबाट सो हेरोइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याइएको थियो । हेरोइन नेपाल ल्याएर भारत हुँदै तेस्रो मुलुकसम्म पुग्ने प्रहरी अनुसन्धानले देखाएको छ । ब्युरोले पत्रकार सम्मेलन गरेर घटनाबारे आधिकारिक जानकारी दिने तयारी गरेको छ । ...