२०८२ पुष ४

Author: admin

राणाबारे यी चार विषयमा गर्न सक्छ संसदीय समितिले छानबिन

राणाबारे यी चार विषयमा गर्न सक्छ संसदीय समितिले छानबिन

देश, समाचार
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्ध महाअभियोग प्रस्ताव अनुसन्धानका लागि संसदको समितिमा पुगेको छ। उक्त समितिले महाअभियोग प्रस्ताव पेस हुँदा एकतिहाइ सांसदले लगाएका २१ बुँदे आरोपबारे छानबिन गर्ने छ। ती २१ बुँदे आरोप पुष्टि गर्ने आधारका रूपमा प्रधानन्यायाधीश हुँदा राणाले गरेका तर सार्वजनिक नभएका प्रमाण पनि खोज्न सक्ने छ। यसबाहेक राणाले गरेको भनिएका यी चार काम-कारबाही पनि छानबिनमा सहयोगी हुन सक्छन्। पहिलो, निर्णय सुनाउने दिन तोकेर पनि दुई वर्ष फैसला नगरी झुलाएको। यो मुद्दा झन्डै एक अर्ब रूपैयाँको ऋण विवाद हो। महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रिजका प्रोपाइटर वृजगोपाल इनानीले राष्ट्रिय वाणिज्य बैंकबाट २५ वर्षअघि २०५३ सालमा उक्त ऋण लिएका थिए। उनले ऋण नतिरेपछि धितो राखिएका घरजग्गा लिलामीमा गए। त्यसविरूद्ध इनानी २०७२ सालमा सर्वोच्च अदालत गएका थिए।...
५७ वर्षमा ५७ पटक काठमाडौं, किन आए उलरिक?

५७ वर्षमा ५७ पटक काठमाडौं, किन आए उलरिक?

SYM शुद्ध सकारात्मकता
स्विट्जरल्यान्डका मूर्तिकला संकलक उलरिक भोन स्क्रोडर केही दिनअघि पाटनको नागबहालमा भेटिए। उनी श्री पशुवर्ण महाविहारमा बुद्ध मूर्तिको फोटो खिच्दै थिए, सँगसँगै मूर्तिको विवरण टिप्दै थिए। सन् १९६५ मा घुम्दै फिर्दै पहिलोपटक नेपाल आइपुगेर काठमाडौंका बहाबही चहारेका उलरिकको काठमाडौं मोह यथावत छ। त्यति बेला २२ वर्षका उलरिक अहिले ७९ पुगिसके। पछिल्ला ५७ वर्षमा करिब ५७ पटक काठमाडौं ओहोरदोहोर गरिसके। उनलाई काठमाडौंले यतिविधि मोहनी लगाउनुको कारण यहाँका कलात्मक मूर्तिहरू हुन्। पेसाले आर्किटेक्ट उलरिक उति बेला साइकल भाडामा लिएर काठमाडौं गल्ली चहार्थे। सोखका रूपमा मूर्तिका फोटो खिच्थे। दुई वर्षपछि आउँदा स्विट्जरल्यान्डदेखि नै आफ्नो कार हाँकेर ल्याए। कारमै डुले, खाए, कारमै सुते। हवाईजहाज यात्रा सहज भएपछि उनको काठमाडौं आउजाउ झनै बढ्यो। रमाइलो चाहिँ उनलाई प...

हस्ताक्षर नगरेकै भरमा मुख्यमन्त्री राउत र तीन प्रमुख सचिवलाई उन्मुक्ति

आर्थिक
२१ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारको साइकल खरिद अनियमिततामा मुख्यमन्त्री र प्रमुख सचिवहरुलाई उन्मुक्ति दिएर प्रदेश सचिव (सहसचिव) सहितका कर्मचारीलाई मात्रै भ्रष्टाचार मुद्दा दायर गरेको खुलेको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत साइकल खरिदको निर्णयमा कागजी रुपमा प्रत्यक्ष संलग्न नभएकाले मुख्यमन्त्री लालबाबु राउत जोगिएका छन् भने मातहतका कर्मचारीलाई अधिकार प्रत्यायोजन गरेको भरमा तीनजना प्रदेश प्रमुख सचिव (निजामती सेवाका सचिव) भ्रष्टाचारको आरोपबाट उम्किएका छन् । अख्तियारले प्रदेश सचिव (निजामती सेवाका सहसचिव) यामप्रसाद भूसालसहित केही कर्मचारी र सप्लायर्सलाई मात्रै १० करोड ३३ लाख रुपैंया विगो मागदावी गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ । तर भूसालभन्दा माथि रहेका मुख्यमन्त्री र प्रदेश सचिवहरु निर्णय प्रक्रियामा संलग्न भएपनि भ्रष्टाचारको आ...
सर्वोच्च अदालतमा शुक्रबार पूरा समय सेवा प्रवाह हुने

सर्वोच्च अदालतमा शुक्रबार पूरा समय सेवा प्रवाह हुने

देश, समाचार
१९ साउन, काठमाडौं । सर्वोच्च अदालतले रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने भएको छ । सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले यही साउन २० गते शुक्रबारदेखि लागू हुने गरी पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फर्छ्यौट हुने विश्वास गरिएको छ । अदालतमा २०७९ सालको वैशाख ३० सम्म आइपुग्दा पाँच वर्ष नाघेका मुद्दा चार हजार आठ सय १९ थान छन् । त्यस्तै दुई वर्ष नाघेका मुद्दा १७ हजार ६१२ थान रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । ...
हाम्रा गुरुजी क्या खुब पढाउनुहुन्छ !

हाम्रा गुरुजी क्या खुब पढाउनुहुन्छ !

SYM शुद्ध सकारात्मकता, लेख
Written By: Ashok Pariyar GoldenGate International College (Grade 12) हाम्रा गुरुजी क्या खुब पढाउनुहुन्छ ! मेरा गणितका सर क्या उम्दा पढाउनुहुन्छ हामीलाई! हामीलाई दुई बिन्दुहरुबीचको दूरी निकाल्न सिकाउनुहुन्छ वस्तुको लम्बाइ, चौडाइ र उचाइ निकाल्न सिकाउनुहुन्छ आयतन मापन गरी पोखरीमा कति पानी अट्छ भनी निकाल्न सिकाउनुहुन्छ वृत्तको केन्द्र , ब्यास र परिधीको समीकरण निकाल्न सिकाउनुहुन्छ सरल रेखा र जोडा रेखाहरुको झुकाव निकाल्न सिकाउनुहुन्छ तर सर म मेरो जीवनको समीकरण कसरी निकालुँ? कसरी निकालुँ कि यो मेरो जीवनको झुकाव कतापट्टि छ? सफलता या असफलता? हाम्रा chemistry का गुरुजी क्या खुब पढाउनुहुन्छ Atom र molecule को आकार बताइदिनु हुन्छ भन्नुहुन्छ ब्रह्माण्ड atom atom मिलेर बनेको रे भन्नुहुन्छ Atom हरु एक अर्कामा bond बनाउँछन् रे भन्नुहुन्छ ...
अन्तरिक्षमा किन हजारौँ स्याटेलाइट पठाउँदैछन् एलन मस्क ?

अन्तरिक्षमा किन हजारौँ स्याटेलाइट पठाउँदैछन् एलन मस्क ?

विदेश / एन.आर.एन
१९ साउन, काठमाडौं । विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कको कम्पनी स्पेस एक्सले हजारौँ स्याटेलाइटहरु प्रक्षेपण गरिरहेको छ । स्पेस एक्सका कैयन् स्याटेलाइटहरु आकासमा देखिएको मानिसहरुले बताउने गरेका छन् । हजारौँ स्याटेलाइट अन्तरिक्षमा पठाउने स्पेस एक्सको यो काम वास्तवमा उसको स्टारलिंक परियोजनाको हिस्सा हो । यसको उद्देश्य अन्तरिक्षबाट पृथ्वीका दूर दराजका इलाकाहरुमा समेत इन्टरनेट सेवा पूराउनु रहेको छ । स्टारलिंक के हो ? कसरी काम गर्दछ ? स्टार लिंकले स्याटेलाइटको एक ठूलो नेटवर्कको सहयोगमा इन्टरनेट सेवा प्रदान गर्दछ । यसको उद्देश्य हो दूरदराजका इलाकाहरुलाई तिव्र गतिको इन्टरनेटले जोड्नु । पोर्ट्समाउथ विश्वविद्यालयस्थित अन्तरिक्ष परियोजना व्यवस्थापक डाक्टर लुसिन्डा किंगका अनुसार विश्वका विभिन्न देशहरु, खासगरी अफ्रिकी मुलुकका मानिसहरुलाई यसबाट निकै फाइदा पुग्नेछ । स...
इन्धनको ढुवानी भाडा बढाउन निगमभित्रैबाट चलखेल !

इन्धनको ढुवानी भाडा बढाउन निगमभित्रैबाट चलखेल !

अर्थतन्त्र, आर्थिक
१९ साउन, काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी गर्ने व्यवसायीहरुको संस्था नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले शुक्रबार साँझ ढुवानी रोक्नेसहितको आन्दोलनका कार्यक्रम घोषणा गर्‍यो । बढेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि अनुसार भाडा वृद्धिका लागि गरेको आग्रह निगमले अस्वीकार गरेपछि आन्दोलन घोषणा गरेको महासंघका अध्यक्ष खगेश्वर बोहराले बताए । आन्दोलनका कार्यक्रम अनुसार व्यवसायीले १६ साउनदेखि हवाई इन्धनको अग्रिम ढुवानी पीडीओ (अग्रिम खरिद अनुमति) नलिने, २० गतेदेखि सबै खाले इन्धनको पीडीओ (अग्रिम खरिद अनुमति) नलिने र २१ गतेदेखि देशैभरको पेट्रोलियम ढुवानी रोक्ने उल्लेख थियो । माग सम्बोधनका लागि दुई दिनको मात्रै सीमा दिएर घोषणा भएको आन्दोलन दोस्रो दिनमै व्यवसायीले फिर्ता लिए । निगम सञ्चालक समितिका एक सदस्य व्यवसायीले उक्साहटमा आन्दोलन घोषणा गरेको बताए । ‘बढेको मूल्यका कारण आर्थिक रुपल...
बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा १० करोड ३३ लाख भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा

बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा १० करोड ३३ लाख भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा

देश
१८ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालिन प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले तत्कालिन प्रदेश सचिव यामप्रसाद भूसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सह लेखापाल राजाराम मण्डल, जिन्सी शाखाका शाखा अधिकृत रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहनकुमार दासविरुद्ध भ्रष्ट्रचार मुद्दा दायर गरेको छ । त्यस्तै ओमसत्य साई प्रालि वीरगञ्जकी म्यानेजिङ डिरेक्टर रेनु अग्रवाल, बोलपत्र मूल्यांकन समितिका अध्यक्ष दिलिपकुमार प्रधान र सदस्य सचिव सुरेन्द्रकुमार कर्णविरुद्ध पनि विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरि...
जो हरेक वर्ष बुद्ध मूर्ति दान गर्छन्, २०८६ सालसम्मलाई पक्कापक्की

जो हरेक वर्ष बुद्ध मूर्ति दान गर्छन्, २०८६ सालसम्मलाई पक्कापक्की

SYM शुद्ध सकारात्मकता
करिब ४५ वर्षअघि काठमाडौंको छुस्या बहालबाट दिपंकर बुद्धको मूर्ति चोरी भयो। हरेक दिन पूजा गरिने र हरेक वर्ष पञ्चदानमा महत्वपूर्ण मानिने बुद्धको मूर्ति चोरी भएपछि बहालका सदस्यहरूलाई आपत पर्‍यो। उनीहरूले अर्को वर्षको पञ्चदानसम्ममा पहिलेभन्दा सानो १८ इन्चको बुद्ध मूर्ति बनाए र त्यसैलाई पूजा गर्न थाले। साढे चार दशकदेखि त्यही मूर्ति पूजा गर्दै आएका छुस्या बहालका बासिन्दा पहिलेजस्तै ठूलो मूर्ति बनाउन चाहन्थे तर संजोग मिलिरहेको थिएन। त्यो संजोग हालै जुरेको छ, बौद्धका दाता पूर्णसिद्धि शाक्यमार्फत। शाक्य हस्तकला व्यापारी हुन्। बौद्धमा उनको बुद्धिस्ट आर्ट सेन्टर छ जहाँ शनिबार बिहानैदेखि बुद्धको मूर्ति राखेर नामसंगति पाठ हुँदै थियो। यो मूर्ति छुस्या बहालमा दान दिन बनाइएको हो। 'नामसंगतिमा १६ हजार ग्रन्थको भावार्थ हुन्छ भनिन्छ। यो पाठमा...
मंसिर ४ मा चुनाव गर्ने सत्ता गठबन्धनको सहमति

मंसिर ४ मा चुनाव गर्ने सत्ता गठबन्धनको सहमति

देश
सत्ता गठबन्धनले मंसिर ४ गते प्रदेश र संघको चुनाव गर्ने सहमति गरेको छ।  बुधबार प्रधानमन्त्री निवासमा बसेको बैठकले मंसिर ४ गते चुनाव गर्ने निर्णय गरेको स्रोतले जनायो। भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले मिति घोषणा गर्नेछ। चुनावमा कसरी जाने भनेर छलफल गर्न शुक्रबार गठबन्धनको बैठक बोलाइएको एक नेताले बताए।  ...