२०८३ बैशाख १८

Author: admin

कृष्णहरि पुष्कर : शक्तिकेन्द्र रिझाउन सिपालु

कृष्णहरि पुष्कर : शक्तिकेन्द्र रिझाउन सिपालु

आर्थिक, कर्पोरेट
२३ साउन, काठमाडौं । अनियमित ढंगले करको दर हेरफेर प्रकरणमा ‘फेस सेभ’ गर्न अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालयबाट सुटुक्क बाहिरिए । त्यही प्रकरणमा मुछिएका राजस्व सचिव कृष्णहरि पुष्कर  कर्ण भने मन्त्रालयभित्रै अर्को चौका दाउ हेर्दैछन् । करको दर हेरफेरको विषय भएकाले यो प्रकरणमा मरासिनीमाथि जति नैतिक प्रश्नहरू थिए, उस्तै प्रश्नबाट घेरिएका व्यक्ति हुन्, पुष्कर पनि । तर, सरकारले कत्ति पनि अप्ठ्यारो नमानी १९ साउनको मन्त्रिपरिषद् बैठकबाट तिनै पुष्करलाई तत्कालका लागि भन्दै अर्थसचिवको जिम्मेवारी सुम्पिएको छ । यसअघि नै नैतिक प्रश्नहरूमा कमजोर साबित भइसकेका उनी यतिमै चित्त बुझाउनेमा छैनन् । उनले जसरी पनि अर्थसचिवमा कायम रहने ‘लबिइङ’ बढाएको मन्त्रालय स्रोत बताउँछ । स्रोतका अनुसार, अर्थमन्त्रीमा जनार्दन शर्माको पुनर्वहाली पुष्करको लागि वरदान सावित हुने अवस्था छ । त्यसका लागि हालसाल...
भागबण्डामा राष्ट्रिय सहमति

भागबण्डामा राष्ट्रिय सहमति

देश, राजनीति
२३ साउन, काठमाडौं । मुख्य प्रतिपक्षी नेकपा एमालेले ‘एक चीन नीति’को पक्षमा उभिन सरकारसँग आग्रह गरेको छ । प्रतिनिधिसभा बैठकमा आइतबार विशेष समय लिएर पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले छिमेकी देशको संवेदनशीलताप्रति खेलबाड गर्न नसकिने बताएका छन् । ‘विश्व शक्तिका लहैलहैमा हामी जान सक्दैनौं’ पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘तिब्बत, हङकङ, ताइवान चीनका अभिन्न अंग हुन्, यो आन्तरिक मामिलामा कसैले पनि हस्तक्षेप गर्न मिल्दैन भन्ने सरकारको पोजिसन तत्काल सार्वजनिक गर्न आग्रह गर्दछु ।’ अर्थात् एमालेले अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे आफ्नो कित्ता प्रष्ट पारेको छ । चीनको आपत्तिबीच भएको पेलोसीको ताइवान भ्रमणप्रति पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले १८ साउनमै वक्तव्यमार्फत् विरोध जनाएका थिए । सत्तारुढ नेता खनालले पेलोसीको ताइवान भ्रमण ‘एक...
काँचो जुम्ली स्याउ संकलनमा स्थानीयतहको रोक

काँचो जुम्ली स्याउ संकलनमा स्थानीयतहको रोक

अर्थतन्त्र, आर्थिक
२२ साउन, जुम्ला। जुम्लामा उत्पादन हुने जुम्ली अर्ग्यानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखापरेपछि जिल्लाका स्थानीय तहले स्याउ सङ्कलनमा कडाइ गरेका छन् । यहाँको काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको व्यापक जनगुनासो आएपछि जुम्लाका स्थानीय तहले काँचो स्याउ संकलनमा रोक लगाउने निर्णय गरेका छन् । काँचो स्याउ सङ्कलन तथा बिक्री गर्दा अर्ग्यानिक जिल्लाको पहिचान सङ्कटमा पर्ने भएकाले ढिलोमा भदौ दोस्रो सातादेखि सङ्कलन गर्ने गरी तत्काल स्याउ सङ्कलनमा रोक लगाउने निर्णय गरिएको जिल्लाका स्थानीय तहका कृषि शाखाले जनाएका छन् । पातारासीले तीजलाई लक्षित गर्दै भदौ ८ गतेदेखि स्याउ टिप्ने र अनुकूलताअनुसार बिक्री गर्ने पालिकास्तरीय निर्णय गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो । भदौ ८ गतेअघि जोसुकै किसानले स्याउ टिपेको भेटिए...
महजोडीको फिल्म ‘महापुरुष’ भाइटीकाको भोलिपल्ट रिलिज हुने

महजोडीको फिल्म ‘महापुरुष’ भाइटीकाको भोलिपल्ट रिलिज हुने

नेपाली चलचित्र, मनोरञ्जन / कला
काठमाडौं । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा भएको छ । दुई औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई रिलिज डेटको रुपमा तय गरेको हो । तिहार भाइटीकाको भोलिपल्ट प्रदर्शन हुनेछ । एक पोस्टरमा हरिवंश र गौरी मल्ल बेहुला-बेहुली लुक्समा देखिएका छन् भने अर्कोमा हरिवंशले पिँजडाबाहिरको सुगालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ । उक्त मितिमा फिल्म नेपालसहित संसारभर रिलिज हुन लागिरहेको समेत षट्कोण आर्ट्सले जनाएको छ । फिल्ममा महजोडीसहित गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराइली समेत कलाकारको रुपमा छन् । प्रदीप भट्टराईद्वारा लिखित एवं निर्देशित फिल्मलाई दिपेश खत्रीले निर्माण गरेका हुन् । यो मल्टिस्टारर फिल्मले समाजमा महापुरुष बन्न मानिसले ...
राणाबारे यी चार विषयमा गर्न सक्छ संसदीय समितिले छानबिन

राणाबारे यी चार विषयमा गर्न सक्छ संसदीय समितिले छानबिन

देश, समाचार
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्ध महाअभियोग प्रस्ताव अनुसन्धानका लागि संसदको समितिमा पुगेको छ। उक्त समितिले महाअभियोग प्रस्ताव पेस हुँदा एकतिहाइ सांसदले लगाएका २१ बुँदे आरोपबारे छानबिन गर्ने छ। ती २१ बुँदे आरोप पुष्टि गर्ने आधारका रूपमा प्रधानन्यायाधीश हुँदा राणाले गरेका तर सार्वजनिक नभएका प्रमाण पनि खोज्न सक्ने छ। यसबाहेक राणाले गरेको भनिएका यी चार काम-कारबाही पनि छानबिनमा सहयोगी हुन सक्छन्। पहिलो, निर्णय सुनाउने दिन तोकेर पनि दुई वर्ष फैसला नगरी झुलाएको। यो मुद्दा झन्डै एक अर्ब रूपैयाँको ऋण विवाद हो। महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रिजका प्रोपाइटर वृजगोपाल इनानीले राष्ट्रिय वाणिज्य बैंकबाट २५ वर्षअघि २०५३ सालमा उक्त ऋण लिएका थिए। उनले ऋण नतिरेपछि धितो राखिएका घरजग्गा लिलामीमा गए। त्यसविरूद्ध इनानी २०७२ सालमा सर्वोच्च अदालत गएका थिए।...
५७ वर्षमा ५७ पटक काठमाडौं, किन आए उलरिक?

५७ वर्षमा ५७ पटक काठमाडौं, किन आए उलरिक?

SYM शुद्ध सकारात्मकता
स्विट्जरल्यान्डका मूर्तिकला संकलक उलरिक भोन स्क्रोडर केही दिनअघि पाटनको नागबहालमा भेटिए। उनी श्री पशुवर्ण महाविहारमा बुद्ध मूर्तिको फोटो खिच्दै थिए, सँगसँगै मूर्तिको विवरण टिप्दै थिए। सन् १९६५ मा घुम्दै फिर्दै पहिलोपटक नेपाल आइपुगेर काठमाडौंका बहाबही चहारेका उलरिकको काठमाडौं मोह यथावत छ। त्यति बेला २२ वर्षका उलरिक अहिले ७९ पुगिसके। पछिल्ला ५७ वर्षमा करिब ५७ पटक काठमाडौं ओहोरदोहोर गरिसके। उनलाई काठमाडौंले यतिविधि मोहनी लगाउनुको कारण यहाँका कलात्मक मूर्तिहरू हुन्। पेसाले आर्किटेक्ट उलरिक उति बेला साइकल भाडामा लिएर काठमाडौं गल्ली चहार्थे। सोखका रूपमा मूर्तिका फोटो खिच्थे। दुई वर्षपछि आउँदा स्विट्जरल्यान्डदेखि नै आफ्नो कार हाँकेर ल्याए। कारमै डुले, खाए, कारमै सुते। हवाईजहाज यात्रा सहज भएपछि उनको काठमाडौं आउजाउ झनै बढ्यो। रमाइलो चाहिँ उनलाई प...

हस्ताक्षर नगरेकै भरमा मुख्यमन्त्री राउत र तीन प्रमुख सचिवलाई उन्मुक्ति

आर्थिक
२१ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारको साइकल खरिद अनियमिततामा मुख्यमन्त्री र प्रमुख सचिवहरुलाई उन्मुक्ति दिएर प्रदेश सचिव (सहसचिव) सहितका कर्मचारीलाई मात्रै भ्रष्टाचार मुद्दा दायर गरेको खुलेको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत साइकल खरिदको निर्णयमा कागजी रुपमा प्रत्यक्ष संलग्न नभएकाले मुख्यमन्त्री लालबाबु राउत जोगिएका छन् भने मातहतका कर्मचारीलाई अधिकार प्रत्यायोजन गरेको भरमा तीनजना प्रदेश प्रमुख सचिव (निजामती सेवाका सचिव) भ्रष्टाचारको आरोपबाट उम्किएका छन् । अख्तियारले प्रदेश सचिव (निजामती सेवाका सहसचिव) यामप्रसाद भूसालसहित केही कर्मचारी र सप्लायर्सलाई मात्रै १० करोड ३३ लाख रुपैंया विगो मागदावी गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ । तर भूसालभन्दा माथि रहेका मुख्यमन्त्री र प्रदेश सचिवहरु निर्णय प्रक्रियामा संलग्न भएपनि भ्रष्टाचारको आ...
सर्वोच्च अदालतमा शुक्रबार पूरा समय सेवा प्रवाह हुने

सर्वोच्च अदालतमा शुक्रबार पूरा समय सेवा प्रवाह हुने

देश, समाचार
१९ साउन, काठमाडौं । सर्वोच्च अदालतले रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने भएको छ । सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले यही साउन २० गते शुक्रबारदेखि लागू हुने गरी पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फर्छ्यौट हुने विश्वास गरिएको छ । अदालतमा २०७९ सालको वैशाख ३० सम्म आइपुग्दा पाँच वर्ष नाघेका मुद्दा चार हजार आठ सय १९ थान छन् । त्यस्तै दुई वर्ष नाघेका मुद्दा १७ हजार ६१२ थान रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । ...
हाम्रा गुरुजी क्या खुब पढाउनुहुन्छ !

हाम्रा गुरुजी क्या खुब पढाउनुहुन्छ !

SYM शुद्ध सकारात्मकता, लेख
Written By: Ashok Pariyar GoldenGate International College (Grade 12) हाम्रा गुरुजी क्या खुब पढाउनुहुन्छ ! मेरा गणितका सर क्या उम्दा पढाउनुहुन्छ हामीलाई! हामीलाई दुई बिन्दुहरुबीचको दूरी निकाल्न सिकाउनुहुन्छ वस्तुको लम्बाइ, चौडाइ र उचाइ निकाल्न सिकाउनुहुन्छ आयतन मापन गरी पोखरीमा कति पानी अट्छ भनी निकाल्न सिकाउनुहुन्छ वृत्तको केन्द्र , ब्यास र परिधीको समीकरण निकाल्न सिकाउनुहुन्छ सरल रेखा र जोडा रेखाहरुको झुकाव निकाल्न सिकाउनुहुन्छ तर सर म मेरो जीवनको समीकरण कसरी निकालुँ? कसरी निकालुँ कि यो मेरो जीवनको झुकाव कतापट्टि छ? सफलता या असफलता? हाम्रा chemistry का गुरुजी क्या खुब पढाउनुहुन्छ Atom र molecule को आकार बताइदिनु हुन्छ भन्नुहुन्छ ब्रह्माण्ड atom atom मिलेर बनेको रे भन्नुहुन्छ Atom हरु एक अर्कामा bond बनाउँछन् रे भन्नुहुन्छ ...
अन्तरिक्षमा किन हजारौँ स्याटेलाइट पठाउँदैछन् एलन मस्क ?

अन्तरिक्षमा किन हजारौँ स्याटेलाइट पठाउँदैछन् एलन मस्क ?

विदेश / एन.आर.एन
१९ साउन, काठमाडौं । विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कको कम्पनी स्पेस एक्सले हजारौँ स्याटेलाइटहरु प्रक्षेपण गरिरहेको छ । स्पेस एक्सका कैयन् स्याटेलाइटहरु आकासमा देखिएको मानिसहरुले बताउने गरेका छन् । हजारौँ स्याटेलाइट अन्तरिक्षमा पठाउने स्पेस एक्सको यो काम वास्तवमा उसको स्टारलिंक परियोजनाको हिस्सा हो । यसको उद्देश्य अन्तरिक्षबाट पृथ्वीका दूर दराजका इलाकाहरुमा समेत इन्टरनेट सेवा पूराउनु रहेको छ । स्टारलिंक के हो ? कसरी काम गर्दछ ? स्टार लिंकले स्याटेलाइटको एक ठूलो नेटवर्कको सहयोगमा इन्टरनेट सेवा प्रदान गर्दछ । यसको उद्देश्य हो दूरदराजका इलाकाहरुलाई तिव्र गतिको इन्टरनेटले जोड्नु । पोर्ट्समाउथ विश्वविद्यालयस्थित अन्तरिक्ष परियोजना व्यवस्थापक डाक्टर लुसिन्डा किंगका अनुसार विश्वका विभिन्न देशहरु, खासगरी अफ्रिकी मुलुकका मानिसहरुलाई यसबाट निकै फाइदा पुग्नेछ । स...