२०८१ बैशाख ८

चितवनको लाइम एण्ड लेमन मा ‘अर्थर गन’, २ घण्टा प्रस्तुति दिने




७ भदौ, चितवन ।अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडल २०२० का उपविजेता ‘अर्थर गन’ (दिवेश पोखरेल)ले नेपालका विभिन्न सहरहरूमा प्रस्तुति दिने भएका छन्  ।

अर्थरलाई बियर ब्रान्ड टुबोर्गले गत साता ‘होम कमिंग अर्थर गन’ नाम दिएर सांगीतिक यात्राका लागि नेपाल भित्र्याएको हो ।

अंग्रेज़ी गायनमा संसारभर युवामाझ परिचित अर्थरलाई टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा नेपाल निम्त्याएको हो ।



Advertisement



अर्थरले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायतका सहरहरूमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन् ।

यसै अन्तर्गत चितवनस्थित लाइम एण्ड लेमन लाउञ्ज क्याफे, भरतपुरमा यही भाद्र ८ गते (अगष्ट २४) का दिन बेलुकी ठीक ६ देखि ८ अर्थर गनको लाइभ प्रस्तुति हुने भएको छ ।



कार्यक्रम हुनुभन्दा २ सातादेखि नै टिकट बिक्री गरिएको यस कार्यक्रमको पहिलो चरण र विद्यार्थी सहुलियतका टिकटहरु बिक्री भइसकेका छन् भने दोस्रो चरणका केही टिकटहरू मात्र बाँकी रहेको आयोजकले जनाएको छ ।

लाइभ सुरु हुने दिन २४ तारिक दिउँसो २ बजेदेखि नै टिकट बिक्री वितरण बन्द गरिने भएकोले अग्रिम टिकटसहित कार्यक्रममा उपस्थित हुनको लागि चितवनवासी संगीत प्रेमी दर्शकलाई आयोजकले अनुरोध गरेको छ ।

स्मरण रहोस, ५०० जनाको क्षमता भएको उक्त क्याफेमा यसअघि नवीन भट्टराई, सविन राई, लाहुरेसहित चर्चित ब्याण्डहरूले प्रस्तुति गरिसकेका छन् ।

Copy link
Powered by Social Snap