आहा रारा गोल्डकपको फाइनलमा संकटाले पाएको अर्को विदेशी प्रतिस्पर्धी
२२ पुस, पोखरा । सहारा क्लबले बर्सेनि गर्दै आएको मोफसलकै प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकपको २२ औं संस्करण शनिबार सकिँदैछ । उपाधिका लागि ए डिभिजन क्लब संकटा र अमेरिकी टिम भुटनिज युथ स्पोर्टस् क्लब बीवाईएससीले मैदानमा संघर्ष गर्नेछन् ।
बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा संकटाले साविक विजेतासमेत रहेको विभागीय टोली एपीएफलाई ४–१ को फराकिलो अन्तरले स्तब्ध गर्दै फाइनल यात्रा तय गरेको हो । बिहीबार भएको दोस्रो सेमिफाइनलमा अमेरिकी टिम भुटनिज युथले आहा ! राराको नवप्रवेशी चर्च ब्वाइजलाई १–० ले हराएको हो ।
आहा ! राराको २२ औं संस्करणसम्म आइपुग्दा संकटा ६ पटकमात्रै सहभागी भएको छ । जसमा एक पटक उपाधि उचालेको छ । संकटाले ०७७ को संस्करणमा विदेशी टोली अफ्रिकन रुट्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।
पहिलो पटक फाइनल पुगेको अमेरिकी टिम भुटनिज युथको प्रतियोगितामा दोस्रो सहभागिता हो । अघिल...









