२०८२ पुष ६

Author: admin

<strong>वाम एकताका लागि एकीकृत समाजवादीले गठन गर्‍यो कार्यदल</strong>

वाम एकताका लागि एकीकृत समाजवादीले गठन गर्‍यो कार्यदल

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वाम एकताको पहल गर्न कार्यदल गठन गरेको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल सदस्य छन् । पार्टी प्रवक्ता एवं पार्टी उपमहासचिव जगन्नथ खतिवडाका अनुसार कार्यदलले वामपन्थीहरूसँग छलफल गरेर वाम एकताको प्रयास गर्नेछ । ...
भारत पुगेका जतिनले क्यानलाई पठाए ६० लाख भारु

भारत पुगेका जतिनले क्यानलाई पठाए ६० लाख भारु

खेलकुद
२१ पुस, काठमाडौं । नेपाल टी–२० लिगको व्यपारिक तथा रणनीतिक साझेदार विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहलुवालिया अहिले भारतमा छन् । प्रतियोगिताको बीचमै भारत भागेको भन्दै नेपाल क्रिकेट संघ क्यानले कम्पनीसँगको सम्झौता रद्ध गर्ने तयारी गरेको बताएको छ । भारतमै रहेका जतिनले बिहीबार क्यानलाई तिर्नुपर्ने रकमको तेस्रो किस्ताबापत ६० लाख भारतीय रुपैयाँ पठाएका छन् । क्यान अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्टसले तिर्नुपर्ने रकमको एउटा हिस्सा बिहीबार क्यानको खातामा आएको पुष्टि गरे । क्यानले सेभेन थ्री स्पोर्टससँग ८ वर्षका लागि ३३ करोड रुपैयाँको सम्झौता गरेको छ । पहिलो वर्ष ३ करोड ९० लाख रुपैयाँ पाउनुपर्ने सम्झौता छ । त्यसमध्ये आधाभन्दा बढी रकम प्राप्त भएको र बाँकी रकम जसरी पनि उठाउने क्यान अध्यक्ष चन्दले बताए । सेभेन थ्रीले ९ पुसदेखि त्रिवि क्रिकेट मै...
अनलाइनमा प्लम्बर : धारा, बिजुली मर्मत कसले गर्छ, कति शुल्क ?

अनलाइनमा प्लम्बर : धारा, बिजुली मर्मत कसले गर्छ, कति शुल्क ?

उद्यमशीलता, कर्पोरेट
काठमाडौं । घरमा धारा, सेफ्टी ट्यांकी, बिजुलीमा समय-समयमा समस्या आइरहन्छ । यस्तो बेला के गर्ने, कसलाई खोज्ने भन्ने दुविधा हुन्छ । फेरि सानोतिनो काम भन्दै मर्मतसम्भारका लागि त्यससम्बन्धी काम गर्ने व्यक्ति पनि हत्तपत्त आइदिंदैनन् । अहिले घरको धारा, सेप्टी ट्यांकी, बिजुलीको मर्मतसम्भार गर्ने जनशक्तिलाई अनलाइनमार्फत नै सम्पर्क गर्न सकिन्छ । त्यस्ता सेवा प्रदायकहरू कहाँ, कति छन् ? कसरी सम्पर्क गर्ने ? कुन क्षेत्रमा काम गर्छन् ? कति शुल्क लिन्छन् ? यहाँ यसै विषयमा चर्चा गरिएको छ । क्वीक फिक्स सम्पर्क : ०१-५९०९५१९ घरको धारा, बिजुली, सीसीटीभी क्यामरा, कम्प्युटर, भान्साको उपकरण मर्मत गर्न क्वीक फिक्सलाई सम्झन सकिन्छ । साथै यसले घर रंगरोगन र पार्केटिङको पनि काम गर्छ । घरको धारा, बिजुली बिग्रिएको छ भने क्वीक फिक्सलाई फोन गरे पुग्छ । क्वीक फिक्सले काठमाडौंसहित वीरगञ्ज र हेट...
महिन्द्रलाई मन्त्री बनाउन बाबुरामको दौडधुप

महिन्द्रलाई मन्त्री बनाउन बाबुरामको दौडधुप

राजनीति
२१ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसपटक सरकारमा आफ्नो पार्टी माओवादी केन्द्रबाट नयाँ सांसदलाई अवसर दिने मनस्थितिमा छन् । उनले पार्टीका पदाधिकारी र आकांक्षी नेताहरूलाई समेत युवा र सक्षम व्यक्तिलाई सरकारमा लैजाने बताइरहेका छन् । माओवादी केन्द्रमा अब थपिने मन्त्रीको सूचीमा पार्टीका युवा सांसदहरू सुदन किराती, माधव सापकोटा, अमनलाल मोदी, रेखा शर्मा, हितबहादुर तामाङको चर्चा भइरहेको छ । यससँगै नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादव पनि उक्त सूचीमा छन् । नेसपासँग पार्टी एकताको विषय अघि बढेसँगै यादवलाई मन्त्री बनाउन उक्त पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईले दौडधुप थालेका छन् । त्यसका लागि भट्टराईले सत्ता गठबन्धन दलका सबै शीर्ष नेताहरूलाई भेटेर मनाउने प्रयास गरिसकेका छन् । यसै विषयमा छलफल गर्न भट्टराई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओल...
काठमाडौंको प्रशासन कार्यालयले सुरु गर्‍यो ‘टाइम कार्ड’, अब एक घण्टामै नागरिकता

काठमाडौंको प्रशासन कार्यालयले सुरु गर्‍यो ‘टाइम कार्ड’, अब एक घण्टामै नागरिकता

देश
२१ पुस, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सेवा प्रवाहका लागि टाइम कार्ड लागू गरेको छ । बिहीबारदेखि लागू हुने गरी १० किसिमका सेवामा टाइम कार्ड लागू गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनलाइनखबरलाई बताए । उनका अनुसार प्रशासनबाट हुने सेवा प्रवाहलाई व्यवस्थित गर्न यो नियम लागू गरिएको हो । सेवा लिन आउनेले आवश्यक कागजात पूरा गरे तोकिएको निश्चित समयभित्र उनीहरुले सेवा पाउनेछन् । ‘नागरिकता बनाउनका लागि कागजात पुगेको छ भने एक घन्टाभित्रमा तयार हुनेछ’, उपाध्यायले भने, ‘संस्था नवीकरणका लागि ३० मिनेट, नाबालक परिचय पत्र, प्रशासनबाट प्रदान हुने अरु सबै सिफारिसतका लागि एक घन्टा समय तोकेका छौं ।’ उनका अनुसार राहदानी छपाइ भएर आइसकेपछि लिनका लागि १५ मिनेटमा काम हुने छ । मुद्दा सम्बन्धी पेशी तोक्ने र तारेख दिने कामका लागि ३० मिनेट छुट्टयाइएको छ भने प्...
इन्धनको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

इन्धनको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

देश, राजनीति
२१ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएको उनले बताए । ...
प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ अध्यक्ष

प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ अध्यक्ष

मनोरञ्जन / कला
काठमाडौं । अभिनेत्री प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा अध्यक्षको भूमिकामा देखिने भएकी छन् । प्रियंकालाई लिएर जितु नेपालले बुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् । यसअघि यो टीभी शोमा दीपाश्री निरौला र करिश्मा मानन्धरले अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । निकट स्रोतले अध्यक्षको रुपमा प्रियंका निश्चित भएको र प्रोमो छायांकन भइसकेको जानकारी दियो । दमन रुपाखेतीसहितका कलाकारले यो कार्यक्रमको तेस्रो सिजनमा प्रवेश गरेका छन् । दमनसहित श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ यो कार्यक्रममा देखिनेछन् । अघिल्लो संस्करणको चर्चित पात्र फुलन्देको आमाको ठाउँमा यसपटक जितुको सानीआमा पात्रलाई इन्ट्री गराइँदैछ, जसलाई श्याम रानाले निर्वाह गर्नेछन् । ‘छक्कापञ्जा’ फेम्ड सुमन ग...
न्यूनतम साझा कार्यक्रममा नागरिकका प्रत्यक्ष सरोकारहरु समेट्छौं : गृहमन्त्री लामिछाने

न्यूनतम साझा कार्यक्रममा नागरिकका प्रत्यक्ष सरोकारहरु समेट्छौं : गृहमन्त्री लामिछाने

राजनीति
२१ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जनमतलाई कदर गर्ने गरी सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका छन् । उनका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम अन्तिम चरणमा पुगेको छ र छिट्टै सार्वजनिक हुन्छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले जस्तो जनमत आएको छ, त्यस्तो सरकार बनेको बताए । उनले भने, ‘न नयाँ दल हामीले एक्लै सरकार चलाउन सक्यौं, न सम्मानीय प्रधानमन्त्रीको दलले एक्लै सरकार चलाउन सक्यो, न एमालेको बहुमत आयो ।’ न्यूनतम साझा कार्यक्रममा के का लागि सरकारमा जोडिएका छौं भनेर जवाफ आउने उनले बताए । गृहमन्त्री लामिछानले भने, ‘विचार सिद्धान्तभन्दा अलि पर गएर न्यूनतम साझा कार्यक्रममा त्यस्ता विषय राख्छौं, जसले नागरिकका प्रत्यक्ष सरोकारहरु सम्बोधन गर्छ ।’ आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पा...
महाराजगञ्जमा आईएमई इलेक्ट्रिकको नयाँ डिलर

महाराजगञ्जमा आईएमई इलेक्ट्रिकको नयाँ डिलर

अर्थतन्त्र, कर्पोरेट
काठमाडौं । आईएमई इलेक्ट्रिक प्रालिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ रआईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार उक्त डिलरको उद्‍घाटन संयुक्त रुपमा गरेका छन् । कार्यक्रममा कुलमान घिसिङले नेपालमा विद्युतीय सवारीसाधन लोकप्रिय बढ्दै गएको विद्युतीय गाडीको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रबर्द्धन गर्न मद्धत गर्ने बताए । विशेषगरी राती गाडी चार्ज गर्दा ग्राहकहरूका लागि विद्युतीय सवारी साधनको प्रयोगमा ठूलो बचत हुने उनले बताए । कार्यक्रममा ढकालले आईएमई इलेक्ट्रिकले ई मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको बताए । राफ्ट टू–व्हीलर अक्टोबर २२ मा प्रस्तुत गरिए...
अर्थ सचिवमा तोयम राया, राजस्वमा घिमिरे

अर्थ सचिवमा तोयम राया, राजस्वमा घिमिरे

राजनीति
२१ पुस, काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ भने राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे आएका छन् । राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । यसअघि अर्थ सचिवमा कृष्णहरि पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाल थिए । ...