२०८१ बैशाख २६

वाम एकताका लागि एकीकृत समाजवादीले गठन गर्‍यो कार्यदल




काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वाम एकताको पहल गर्न कार्यदल गठन गरेको छ ।


Advertisement


बिहीबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको हो ।




कार्यदलमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल सदस्य छन् ।

पार्टी प्रवक्ता एवं पार्टी उपमहासचिव जगन्नथ खतिवडाका अनुसार कार्यदलले वामपन्थीहरूसँग छलफल गरेर वाम एकताको प्रयास गर्नेछ ।

Copy link
Powered by Social Snap