२०८१ बैशाख १४

भारत पुगेका जतिनले क्यानलाई पठाए ६० लाख भारु




२१ पुस, काठमाडौं । नेपाल टी–२० लिगको व्यपारिक तथा रणनीतिक साझेदार विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहलुवालिया अहिले भारतमा छन् ।

प्रतियोगिताको बीचमै भारत भागेको भन्दै नेपाल क्रिकेट संघ क्यानले कम्पनीसँगको सम्झौता रद्ध गर्ने तयारी गरेको बताएको छ ।


Advertisement


भारतमै रहेका जतिनले बिहीबार क्यानलाई तिर्नुपर्ने रकमको तेस्रो किस्ताबापत ६० लाख भारतीय रुपैयाँ पठाएका छन् । क्यान अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्टसले तिर्नुपर्ने रकमको एउटा हिस्सा बिहीबार क्यानको खातामा आएको पुष्टि गरे ।

क्यानले सेभेन थ्री स्पोर्टससँग ८ वर्षका लागि ३३ करोड रुपैयाँको सम्झौता गरेको छ । पहिलो वर्ष ३ करोड ९० लाख रुपैयाँ पाउनुपर्ने सम्झौता छ । त्यसमध्ये आधाभन्दा बढी रकम प्राप्त भएको र बाँकी रकम जसरी पनि उठाउने क्यान अध्यक्ष चन्दले बताए ।



सेभेन थ्रीले ९ पुसदेखि त्रिवि क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताअघि नै दुई किस्ता गरेर १ करोड २० लाख रुपैयाँ पठाइसकेको छ । उसले अझै १ करोड ८० लाख रुपैयाँभन्दा बढी रकम क्यानलाई तिर्न बाँकी छ ।

Copy link
Powered by Social Snap