२०८३ भाद्र ३०

Author: admin

महिन्द्रलाई मन्त्री बनाउन बाबुरामको दौडधुप

महिन्द्रलाई मन्त्री बनाउन बाबुरामको दौडधुप

राजनीति
२१ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसपटक सरकारमा आफ्नो पार्टी माओवादी केन्द्रबाट नयाँ सांसदलाई अवसर दिने मनस्थितिमा छन् । उनले पार्टीका पदाधिकारी र आकांक्षी नेताहरूलाई समेत युवा र सक्षम व्यक्तिलाई सरकारमा लैजाने बताइरहेका छन् । माओवादी केन्द्रमा अब थपिने मन्त्रीको सूचीमा पार्टीका युवा सांसदहरू सुदन किराती, माधव सापकोटा, अमनलाल मोदी, रेखा शर्मा, हितबहादुर तामाङको चर्चा भइरहेको छ । यससँगै नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादव पनि उक्त सूचीमा छन् । नेसपासँग पार्टी एकताको विषय अघि बढेसँगै यादवलाई मन्त्री बनाउन उक्त पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईले दौडधुप थालेका छन् । त्यसका लागि भट्टराईले सत्ता गठबन्धन दलका सबै शीर्ष नेताहरूलाई भेटेर मनाउने प्रयास गरिसकेका छन् । यसै विषयमा छलफल गर्न भट्टराई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओल...
काठमाडौंको प्रशासन कार्यालयले सुरु गर्‍यो ‘टाइम कार्ड’, अब एक घण्टामै नागरिकता

काठमाडौंको प्रशासन कार्यालयले सुरु गर्‍यो ‘टाइम कार्ड’, अब एक घण्टामै नागरिकता

देश
२१ पुस, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सेवा प्रवाहका लागि टाइम कार्ड लागू गरेको छ । बिहीबारदेखि लागू हुने गरी १० किसिमका सेवामा टाइम कार्ड लागू गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनलाइनखबरलाई बताए । उनका अनुसार प्रशासनबाट हुने सेवा प्रवाहलाई व्यवस्थित गर्न यो नियम लागू गरिएको हो । सेवा लिन आउनेले आवश्यक कागजात पूरा गरे तोकिएको निश्चित समयभित्र उनीहरुले सेवा पाउनेछन् । ‘नागरिकता बनाउनका लागि कागजात पुगेको छ भने एक घन्टाभित्रमा तयार हुनेछ’, उपाध्यायले भने, ‘संस्था नवीकरणका लागि ३० मिनेट, नाबालक परिचय पत्र, प्रशासनबाट प्रदान हुने अरु सबै सिफारिसतका लागि एक घन्टा समय तोकेका छौं ।’ उनका अनुसार राहदानी छपाइ भएर आइसकेपछि लिनका लागि १५ मिनेटमा काम हुने छ । मुद्दा सम्बन्धी पेशी तोक्ने र तारेख दिने कामका लागि ३० मिनेट छुट्टयाइएको छ भने प्...
इन्धनको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

इन्धनको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

देश, राजनीति
२१ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएको उनले बताए । ...
प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ अध्यक्ष

प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ अध्यक्ष

मनोरञ्जन / कला
काठमाडौं । अभिनेत्री प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा अध्यक्षको भूमिकामा देखिने भएकी छन् । प्रियंकालाई लिएर जितु नेपालले बुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् । यसअघि यो टीभी शोमा दीपाश्री निरौला र करिश्मा मानन्धरले अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । निकट स्रोतले अध्यक्षको रुपमा प्रियंका निश्चित भएको र प्रोमो छायांकन भइसकेको जानकारी दियो । दमन रुपाखेतीसहितका कलाकारले यो कार्यक्रमको तेस्रो सिजनमा प्रवेश गरेका छन् । दमनसहित श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ यो कार्यक्रममा देखिनेछन् । अघिल्लो संस्करणको चर्चित पात्र फुलन्देको आमाको ठाउँमा यसपटक जितुको सानीआमा पात्रलाई इन्ट्री गराइँदैछ, जसलाई श्याम रानाले निर्वाह गर्नेछन् । ‘छक्कापञ्जा’ फेम्ड सुमन ग...
न्यूनतम साझा कार्यक्रममा नागरिकका प्रत्यक्ष सरोकारहरु समेट्छौं : गृहमन्त्री लामिछाने

न्यूनतम साझा कार्यक्रममा नागरिकका प्रत्यक्ष सरोकारहरु समेट्छौं : गृहमन्त्री लामिछाने

राजनीति
२१ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जनमतलाई कदर गर्ने गरी सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका छन् । उनका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम अन्तिम चरणमा पुगेको छ र छिट्टै सार्वजनिक हुन्छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले जस्तो जनमत आएको छ, त्यस्तो सरकार बनेको बताए । उनले भने, ‘न नयाँ दल हामीले एक्लै सरकार चलाउन सक्यौं, न सम्मानीय प्रधानमन्त्रीको दलले एक्लै सरकार चलाउन सक्यो, न एमालेको बहुमत आयो ।’ न्यूनतम साझा कार्यक्रममा के का लागि सरकारमा जोडिएका छौं भनेर जवाफ आउने उनले बताए । गृहमन्त्री लामिछानले भने, ‘विचार सिद्धान्तभन्दा अलि पर गएर न्यूनतम साझा कार्यक्रममा त्यस्ता विषय राख्छौं, जसले नागरिकका प्रत्यक्ष सरोकारहरु सम्बोधन गर्छ ।’ आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पा...
महाराजगञ्जमा आईएमई इलेक्ट्रिकको नयाँ डिलर

महाराजगञ्जमा आईएमई इलेक्ट्रिकको नयाँ डिलर

अर्थतन्त्र, कर्पोरेट
काठमाडौं । आईएमई इलेक्ट्रिक प्रालिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ रआईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार उक्त डिलरको उद्‍घाटन संयुक्त रुपमा गरेका छन् । कार्यक्रममा कुलमान घिसिङले नेपालमा विद्युतीय सवारीसाधन लोकप्रिय बढ्दै गएको विद्युतीय गाडीको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रबर्द्धन गर्न मद्धत गर्ने बताए । विशेषगरी राती गाडी चार्ज गर्दा ग्राहकहरूका लागि विद्युतीय सवारी साधनको प्रयोगमा ठूलो बचत हुने उनले बताए । कार्यक्रममा ढकालले आईएमई इलेक्ट्रिकले ई मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको बताए । राफ्ट टू–व्हीलर अक्टोबर २२ मा प्रस्तुत गरिए...
अर्थ सचिवमा तोयम राया, राजस्वमा घिमिरे

अर्थ सचिवमा तोयम राया, राजस्वमा घिमिरे

राजनीति
२१ पुस, काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ भने राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे आएका छन् । राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । यसअघि अर्थ सचिवमा कृष्णहरि पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाल थिए । ...
लुम्बिनीमा २७ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

लुम्बिनीमा २७ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

राजनीति
२१ पुस, बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेका छन् । उनले २७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा वहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । लुम्बिनीमा सत्ता गठबन्धनमा रहेका दलहरुसंग सरकार गठनका लागि पर्याप्त वहुमत अर्थात ५२ सांसद छन् । स्वतन्त्रबाट जितेका रोल्पाका दिपेन्द्र पुन पनि माओवादीमा प्रवेश गरेकाले ५३ सांसद पुगेका छन् । यहाँ नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४ –४, जसपा र जनमतका ३–३ सांसद छन् । विपक्षमा रहेका कांग्रेसका २७, लोसपाका ३,रा...
स्पाको आनन्द : यी हुन् काठमाडौंका चर्चित स्पा सेन्टर

स्पाको आनन्द : यी हुन् काठमाडौंका चर्चित स्पा सेन्टर

देश, स्वास्थ्य
काठमाडौं । शरीर आलस्य भयो, काममा ऊर्जा र जाँगर चलेन । यस्तो बेला स्पा गए हुन्छ नि भनेर साथीभाइले सुझाउने गरेको सुन्नुभएको होला । शरीर र दिमागलाई आराम दिने उद्देश्यले देशका प्रमुख सहरमा स्पा सेन्टर थुप्रै खुलेका छन् । कहिले पनि स्पा नगएकाहरुलाई लाग्न सक्छ आखिर त्यहाँ के हुन्छ ? स्पा सेन्टरमा आयुर्वेदिक मसाज थेरापी, हाइड्रोथेरापी, फेसियल, मेनीक्योर, पेडीक्योर, एरोमाथेरापी र एक्युपन्चरसहित विभिन्न सुविधा उपलब्ध गराइन्छ । पछिल्लो समय स्पा सेन्टरहरुले ध्यान, योग पनि समावेश गर्ने गरेका छन् । शारीरिक तथा मानसिक स्वास्थ्य लाभ लिन स्पा जरुरी रहेको थेरापिस्टहरु बताउँछन् ।शरीरलाई आराम दिन, तनावलाई मुक्त गर्न, स्पा थेरापीले रक्तसञ्चार राम्रो गराउन, ऊर्जा ल्याउन र आत्मबल बढाउने काम पनि स्पा थेरापीबाट हुने थेरापिस्टहरु सुझाउँछन् । अनलाइनखबरले काठमाडौंका यस्ता ६ स्पा सेन्टरलाई सूचीकृत...
शरद भेषावकर र आरिफ शेखले भने– सन्दीप लामिछानेलाई न्याय हुनुपर्छ

शरद भेषावकर र आरिफ शेखले भने– सन्दीप लामिछानेलाई न्याय हुनुपर्छ

खेलकुद
२० पुस, काठमाडौं । राष्ट्रिय टिमका क्रिकेटर शरद भेषावकर र आरिफ शेखले बलात्कार आरोपमा सजायँ भोगिरहेका पूर्वकप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन् । उनीहरूले आज बिहान फेसबुकमा स्टाटस राख्दै सन्दीपलाई न्याय हुनुपर्ने बताएका हुन् । नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीप पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनलाई केन्द्रीय कारागारमा राखिएको छ । उनलाई हाल डिप्रेसनको समस्या देखिएको समाचारहरु सार्वजनिक भएकाबेला क्रिकेटरहरुले ह्यास ट्याग प्रयोग गर्दै ‘जस्टिस फर सन्दीप लामिछाने’ लेखिरहेका छन् । जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । यसअघि पुस १४ गते उनको निवेदनको पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो । गत...