२०८२ पुष ७

Author: admin

लुम्बिनीमा २७ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

लुम्बिनीमा २७ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

राजनीति
२१ पुस, बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेका छन् । उनले २७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा वहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । लुम्बिनीमा सत्ता गठबन्धनमा रहेका दलहरुसंग सरकार गठनका लागि पर्याप्त वहुमत अर्थात ५२ सांसद छन् । स्वतन्त्रबाट जितेका रोल्पाका दिपेन्द्र पुन पनि माओवादीमा प्रवेश गरेकाले ५३ सांसद पुगेका छन् । यहाँ नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४ –४, जसपा र जनमतका ३–३ सांसद छन् । विपक्षमा रहेका कांग्रेसका २७, लोसपाका ३,रा...
स्पाको आनन्द : यी हुन् काठमाडौंका चर्चित स्पा सेन्टर

स्पाको आनन्द : यी हुन् काठमाडौंका चर्चित स्पा सेन्टर

देश, स्वास्थ्य
काठमाडौं । शरीर आलस्य भयो, काममा ऊर्जा र जाँगर चलेन । यस्तो बेला स्पा गए हुन्छ नि भनेर साथीभाइले सुझाउने गरेको सुन्नुभएको होला । शरीर र दिमागलाई आराम दिने उद्देश्यले देशका प्रमुख सहरमा स्पा सेन्टर थुप्रै खुलेका छन् । कहिले पनि स्पा नगएकाहरुलाई लाग्न सक्छ आखिर त्यहाँ के हुन्छ ? स्पा सेन्टरमा आयुर्वेदिक मसाज थेरापी, हाइड्रोथेरापी, फेसियल, मेनीक्योर, पेडीक्योर, एरोमाथेरापी र एक्युपन्चरसहित विभिन्न सुविधा उपलब्ध गराइन्छ । पछिल्लो समय स्पा सेन्टरहरुले ध्यान, योग पनि समावेश गर्ने गरेका छन् । शारीरिक तथा मानसिक स्वास्थ्य लाभ लिन स्पा जरुरी रहेको थेरापिस्टहरु बताउँछन् ।शरीरलाई आराम दिन, तनावलाई मुक्त गर्न, स्पा थेरापीले रक्तसञ्चार राम्रो गराउन, ऊर्जा ल्याउन र आत्मबल बढाउने काम पनि स्पा थेरापीबाट हुने थेरापिस्टहरु सुझाउँछन् । अनलाइनखबरले काठमाडौंका यस्ता ६ स्पा सेन्टरलाई सूचीकृत...
शरद भेषावकर र आरिफ शेखले भने– सन्दीप लामिछानेलाई न्याय हुनुपर्छ

शरद भेषावकर र आरिफ शेखले भने– सन्दीप लामिछानेलाई न्याय हुनुपर्छ

खेलकुद
२० पुस, काठमाडौं । राष्ट्रिय टिमका क्रिकेटर शरद भेषावकर र आरिफ शेखले बलात्कार आरोपमा सजायँ भोगिरहेका पूर्वकप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन् । उनीहरूले आज बिहान फेसबुकमा स्टाटस राख्दै सन्दीपलाई न्याय हुनुपर्ने बताएका हुन् । नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीप पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनलाई केन्द्रीय कारागारमा राखिएको छ । उनलाई हाल डिप्रेसनको समस्या देखिएको समाचारहरु सार्वजनिक भएकाबेला क्रिकेटरहरुले ह्यास ट्याग प्रयोग गर्दै ‘जस्टिस फर सन्दीप लामिछाने’ लेखिरहेका छन् । जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । यसअघि पुस १४ गते उनको निवेदनको पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो । गत...
प्रधानमन्त्री प्रचण्डद्वारा अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री र गभर्नरसँग छलफल

प्रधानमन्त्री प्रचण्डद्वारा अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री र गभर्नरसँग छलफल

राजनीति
२० पुस, काठमाडौं । प्रधानमन्त्रीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राखेका थिए । उनले ब्याजदर घटाउन तथा तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिए । छलफलका प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरुको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसुचित र सचेत तुल्याउन आवश्यक रहेको बताए । ...
प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

राजनीति
१५ पुस, काठमाडौं । प्रदेश नं. १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । कृष्ण प्रसाद सिटौला निकट थापालाई महामन्त्री विश्वप्रकाश शर्माको समेत समर्थन थियो । संसदीय दलको नेतामा शेखर कोइराला निकट केदार कार्की र संस्थापन पक्षका अमृत अर्याल प्रतिस्पर्धामा थिए । थापा सबैभन्दा बढी १८ मत ल्याएर संसदीय दलको नेता चुनिए । कार्कीले ९ र अर्याल २ मत पाए । संसदीय दलको नेता चुनिएका थापा पार्टीको प्रदेश १ सभापति एवम् झापा जिल्लाको पूर्व सभापति पनि हुन् । ...
अंग्रेजी नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने

अंग्रेजी नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने

देश, समाचार
१५ पुस, काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यही पुस १६ गते साँझ ठमेलमा सडक महोत्सव हुन लागेको हो । परिषद्ले आज बिहान स्काई लाइन होटल ठमेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोनाले थलिएको ठमेलको पर्यटन पुनरुत्थान गर्न अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चयकोष अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए । ‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ भन्ने मूल नाराका साथ सडक महोत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेका छौँ’, उनले भने । ठमेलमा आयोजना हुन लागेको सडक महोत्सवमा एक लाख व्यक्तिको सहभागिता रहने परिषद्ले जनाएको छ । ...
एमडीएमएसको कार्यान्वयन तत्कालका लागि स्थगित

एमडीएमएसको कार्यान्वयन तत्कालका लागि स्थगित

अर्थतन्त्र, देश
१५ पुस, काठमाडौं । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को पूर्ण कार्यान्वयन तत्कालका लागि स्थगित गरेको छ । विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइलको व्यवस्थाबारे अन्योल भएपछि तत्कालका लागि उक्त सिस्टमको कार्यान्वयन स्थगित गरिएको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्नैपर्ने व्यवस्थालाई अनिवार्य नगरिएको बताए । ‘भविष्यमा आवश्यक तयारी र छलफलपछि कार्यान्वयन गर्छौं,’ उनले भने, ‘व्यवसायीले विदेशबाट ल्याएका मोबाइल दर्ता गर्न भने प्रणाली कायम रहनेछ ।’ चौतर्फी विरोध भएपछि सरकारले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था पनि तत्कालका लागि स्थगित गरेको छ । भन्सार विभागले विमानस्थल भन्सार कार्यालयलाई आजबाट जारी गर्ने भनिएको त्यस्ता प्रज्ञापनपत्र जारी नगर्न निर्देशन दिइसकेको छ । त्रिभु...
चलचित्र विकास बोर्डले दुबईमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव गर्ने

चलचित्र विकास बोर्डले दुबईमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव गर्ने

नेपाली चलचित्र
काठमाडौं । चलचित्र विकास बोर्डले यूएईको दुबईमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ । निजी क्षेत्रको सूर्य कर्पोरेसनसँग मिलेर बोर्डले पहिलोपटक विदेशमा कार्यक्रम गर्न लागेको हो । महोत्सव फागुन १ देखि ३ गतेसम्म हुनेछ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष भुवन केसीले विदेशी बजारको खोजी गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताए । ‘नेपालीको उल्लेख्य उपस्थिति रहेको दुबईबाट हामीले अन्तर्राष्ट्रिय फेस्टिभलको थालनी गर्न लागेका छौं,’ उनले भने । नेपालबाट नजिक पनि भएको र लागत पनि सस्तो पर्ने भएकाले दुबईलाई महोत्सवस्थलको रुपमा रोजिएको उनले बताए । पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष केसी र सूर्य कर्पोरेसनका कार्यकारी अधिकृत वासुदेव लामिछानेले एमओयूमा हस्ताक्षर गरे । डेढ करोड खर्च हुने महोत्सवको व्यवस्थापन कर्पोरेसनले गर्ने सहमति जुटेको छ । यसअघि उसले जापानम...
हाइमास्ट र सडक बत्तीबाट पोखरा झिलिमिली बनाइँदै

हाइमास्ट र सडक बत्तीबाट पोखरा झिलिमिली बनाइँदै

देश
१४ पुस, काठमाडौं । नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ । उज्यालो पोखरा अभियान अन्तर्गत पोखराका मुख्य मुख्य चोकहरुमा हाइमास्ट र सडकमा बत्ती राखी झिलिमिली बनाउने काम भइरहेको छ । पोखरा महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकहरुमा १६ मिटर अग्लो पोलमा २३ वटा हाइमास्ट लाइट जडान भइरहेको छ । चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान भइरहेको हो । अहिलेसम्म ८ वटा हाइमास्ट लाइट जडान गरिएको छ । महानगरभित्रको ५० किलोमिटर मुख्य सडकमा एक हजार ६ सय २४ वटा सडक बत्ती जडान गरिने छ । जसमध्ये ऊर्जा दक्षतायुक्त ९० वाटका एक हजार एक सय चार वटा र १२० वाटका पाँच सय २० वटा स्मार्ट बत्ती जडान गरिने छ । अहिलेसम्म एक सय ७१ वटा बत्ती जडान गरिएको छ । सडक बत्ती जडान कार्य आ...
काभा बिच भलिबलमा महिलातर्फ दोस्रो भयो नेपाल

काभा बिच भलिबलमा महिलातर्फ दोस्रो भयो नेपाल

खेलकुद
१४ पुस, काठमाडौं । सेन्ट्रल एसियन भलिबल संघ (काभा) बिच भलिबल प्रतियोगितामा नेपाली महिला टिम उपविजेता बनेको छ । बंगलादेशको कक्स बजारमा बिहीबार भएको फाइनलमा श्रीलंकासँग २–० को सेटमा पराजित भएपछि नेपाल उपाधि यात्रामा असफल रह्यो । भेट्रान भलिबल खेलाडीद्वय कोपिला उप्रेती र कमला पुनको जोडीले नेपाललाई यो सफलता दिलाएका हुन् । नेपाल भलिबल संघले खुला छनोटमार्फत खेलाडी छनोट गरी करिव एक महिनाको तयारीसहित टिमलाई बंगलादेश पठाएको थियो । प्रतियोगितामा बंगलादेश र उज्वेकिस्तानका २–२ तथा नेपाल र श्रीलंका गरी ६ टिमको सहभागिता थियो । पुरुषतर्फ नेपाल फाइनलमा यही प्रतियोगिताको पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारसम्मिलित नेपाली टिम फाइनलमा पुगेको छ । बिहीबार भएको सेमिफाइनलमा नेपालले कीर्गिस्तानलाई २–० को सेटमा पराजित गरेको हो । प्रतियोगितामा बंगलादेश, नेपाल, कीर्...