२०८२ पुष ७

Author: admin

डोकोमै सुन्तला बेचेर २ महिनामा २ लाख आम्दानी

डोकोमै सुन्तला बेचेर २ महिनामा २ लाख आम्दानी

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र
१८ माघ, रेसुङ्गा । गुल्मीकी पार्वता पाण्डेले पुस र माघ महिनामा डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गरेकी छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्डको राँयढुङ्गामा बसेर सुन्तला बिक्री गर्छिन् । पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म डोकोमै सुन्तला बेचेर २ लाख रुपैयाँ कमाएको उनको भनाइ छ । उनले विगत सात वर्षदेखि पुस र माघ महिनामा सुन्तला बेच्दै आएकी छन् । यो वर्ष सुन्तलाको मूल्य प्रतिकिलो ८० देखि २०० सम्म रहेको पाण्डेले बताइन् । ‘सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन’, उनले भनिन्,  ‘सवारीमा आवतजावत गर्नेले रोकिएर सुन्तला किनेर जानुहुन्छ ।’ पाण्डे सुन्तला बिक्रीको लागि घरदेखि १५ मिनेट पैदल हिँडेर राँयढुङ्गामा आउँछिन् । विहान ११ देखि दिउँसो ३ बजेसम्म सुन्तला बिक्री गर्छिन् । सामान्य जीविकोपार्जनका लागि विदेशकै बाटो ...
पार्टीमा व्यक्तिवाद हावी भएको भन्दै रास्वपाका चितवन सभापतिले दिए राजीनामा

पार्टीमा व्यक्तिवाद हावी भएको भन्दै रास्वपाका चितवन सभापतिले दिए राजीनामा

राजनीति
१८ माघ, चितवन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले पार्टी भित्र व्यक्तिवाद चरम रुपमा हावी भएको भन्दै राजीनामा दिएका छन् । पार्टी महामन्त्री मुकुल ढकाललाई काठमाडौंमा राजीनामा बुझाएका सापकोटाले पार्टी व्यक्तिवादी हैकम र अराजकतामा चलेकोले त्यस्तोमा बसेर काम गर्न नसकिने निष्कर्षसहित राजीनामा दिएको अनलाइनखबरसँग बताए । गत कात्तिकमा चितवन जिल्ल सभापति बनेका सापकोटाले गत मंसिर ४ गतेको निर्वाचन पनि जिल्ला समितिलाई पूर्णयता वाइपास गरेर एकाध झुण्डलाई लिएर चुनावमा परिचालन गरिएको आरोप लगाए । ‘पार्टी सभापति रविलाई नै भेटेर राजीनामा दिने सोच बनाएको थिए, उहाँसँग समय मिलेन’ सापकोटाले भने, ‘महामन्त्रीलाई भन्दा उल्टै चितवनबाट भोट आएन भन्नुभयो, दुई दुई सांसद र सबैभन्दा बढि समानुपातिक मत आएको चितवनलाई नै लान्छना लगाउनुभयो ।’ उनले रवि ल...
आठ वर्षमा ‘ब्ल्याक हर्स’ ले मारेको फड्को

आठ वर्षमा ‘ब्ल्याक हर्स’ ले मारेको फड्को

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
बाजेदेखि नातिसम्म, नाइन्टिन फाउन्टिनदेखि अहिलेसम्म— यो व्यावसायिक सन्देश हो नेपालमा उत्पादित 'ब्ल्याक हर्स सुज' को। सन्देशमा भनेजस्तो ब्ल्याक हर्स सुजको बजार इतिहास धेरै लामो चाहिँ छैन। कम्पनीले २०७१ साल भदौदेखि मात्रै आफ्नो उत्पादन औपचारिक रूपमा बजार पुर्‍याउन थालेको हो।  त्यसैले यो सन्देशको सारलाई अर्को तरिकाले व्याख्या गर्छन् कम्पनीका बजार व्यवस्थापक दिनेश श्रेष्ठ। 'बाजेदेखि नातिसम्म भन्नु व्यावसायिक कुरा हो। हाम्रा ग्राहकहरू हरेक पुस्ताको हुनुहुन्छ,' ब्ल्याक हर्सका बजार व्यवस्थापक समेत रहेका दिनेशले भने, 'छोटो समयमै हामीले राम्रो बजार पाएका छौं। बजार विस्तारको रणनीतिमा राम्रो नारा (सन्देश) प्रयोग गरेका हौं।' ब्ल्याक हर्सले हाल पाँच सयभन्दा बढी डिजाइनका जुत्ता बनाउँछ। महिला, पुरूष र केटाकेटी सबैका लागि पार्टीमा लगाउनेदेखि स्...
‘पठान’ हेर्न पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी हलमा

‘पठान’ हेर्न पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी हलमा

हलिउड/बलिउड
काठमाडौं । पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ हेरेका छन् । क्यूएफएक्सको दरबार सिनेम्याक्स मल्टिप्लेक्समा पुगेर पूर्वराजपरिवारका सदस्यले फिल्म हेरेका हुन् । हल म्यानेजर सुरेन्द्र महर्जनका अनुसार शनिबार बेलुकी साढे ५ बजेको शोमा पुगेर उनीहरुले फिल्म हेरेका थिए । फिल्म हेरेपछि पूर्वरानी कोमल र हिमानीले फिल्म मनपरेको प्रतिक्रिया दिएको जनाइएको छ । उनीहरुसँग अन्य सहयोगी पनि हलमा पुगेर फिल्म हेरेका थिए । पूर्वराजपरिवारका सदस्यहरुले यसअघि पनि बेलाबेलामा हलमा पुगेर फिल्म हेर्ने गरेका छन् । गत बुधबार नेपालमा रिलिज भएको शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्मले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको छ । सिद्धार्थ आनन्द निर्देशित यो फिल्म मुलुकका डेढ सयभन्दा बढी हलमा प्रदर्शन भइरहेको छ । तस्वीर सौजन्य : क्यूएफएक...
सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

खेलकुद
१७ पुस पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो । २० असोजमा पक्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दियो । २९ पुसमा उनी रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो । ...
काठमाडौं महानगरले नागरिकको आधारभूत स्वास्थ्य अवस्थाबारे सर्वेक्षण गर्ने

काठमाडौं महानगरले नागरिकको आधारभूत स्वास्थ्य अवस्थाबारे सर्वेक्षण गर्ने

स्वास्थ्य
१७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीको आधारभूत स्वास्थ्य अवस्थाबारे सर्वेक्षण गर्ने तयारी गरेको छ । सर्वेक्षणमार्फत नागरिकका स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त हुने र त्यसपश्चात उपचार तथा स्वस्थ्य जीवनयापनमा सहज हुने विश्वासका साथ सर्वेक्षणको तयारी गरिएको महानगरका स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालले बताए । ‘शहरमा नसर्ने तर दीर्घ रोगका बिरामीहरुको संख्या बढ्दै गइरहेको छ, यस्ता बिरामीहरुले नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । निश्चित मात्रा पूरा गर्नुपर्छ, यसको निगरानी वडास्तरीय स्वास्थ्य प्रबर्द्धन केन्द्रबाट गर्ने योजना हो’ उनले भने । स्वास्थ्य प्रबर्द्धन केन्द्रबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने उनको भनाइ छ । सर्वेक्षणका लागि स्वास्थ्यसम्बन्धी कसलाई के समस्या छ, उपचार कहिलेबाट सुरु गरिएको हो ? कुन औषधि प्रयोग भइरहेको छ ? औषधि कति समयसम्म प्रयोग...
गृह मन्त्रालयका कारण गठबन्धन नटुटोस् भन्ने मेरो कोशिस छ : प्रधानमन्त्री

गृह मन्त्रालयका कारण गठबन्धन नटुटोस् भन्ने मेरो कोशिस छ : प्रधानमन्त्री

राजनीति
१७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफूले नपाए सरकार छोड्ने चेतावनी दिएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकबाट निस्कदै गर्दा सञ्चारकर्मीले प्रधानमन्त्री प्रचण्डलाई यसबारे जिज्ञासा राखेका थिए । ‘हामी सल्लाह गर्दैछौं । सकेसम्म यो (गठबन्धन) नटुटोस् भन्ने मेरो कोशिस छ,’ जवाफमा प्रधानमन्त्रीले भने । पार्टीको पदाधिकारी बैठकमा रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रालयबारे निर्णय नलिन सुझाव आएको समेत प्रचण्डले बताए । ‘अदालतको पूर्णपाठ नआएसम्म आफैंसँग राख्न सुझाव धेरैको छ,’ उनले भने, ‘हामी सल्लाहमै छौं ।’ ...
Donald Trump returning in Facebook and Instagram

Donald Trump returning in Facebook and Instagram

विदेश / एन.आर.एन
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन मेटा कम्पनीले फुकुवा गर्ने भएको छ । फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाले डोनाल्ड ट्रम्पको निलम्बन आगामी हप्ताहरुबाटै अन्त्य हुने र उनलाई फेसबुक तथा इन्स्टाग्राममा पुनरागमन गर्न अनुमति दिइने बताएको हो । मेटाका विश्व मामिला सम्बन्धी प्रमुख निक क्लेगले विज्ञप्ति निकालेर उनीहरुका राजनीतिज्ञहरु के भन्छन् भन्ने कुरा आम मानिसहरुले सुन्न पाउनुपर्ने बताएका छन् । ट्रम्प समर्थकहरुले सन् २०२१ मा अमेरिकी संसदमा छिरेर आतंक मच्चाएसँगै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेसबुक र इन्स्टाग्रामले अनिश्चितकालीन प्रतिबन्ध लगाएर उनको अकाउन्टलाई निलम्बन गरिदिएका थिए । ट्रम्पले अमेरिकी संसद क्यापिटल हिलमा हिंसामा संलग्न मानिसहरुको प्रसंसा गरेसँगै मेटासँगै अन्य सोसल मिडियाह...
त्रिभुवन विमानस्थलबाट एक वर्षमा अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुको संख्या ३५ लाख

त्रिभुवन विमानस्थलबाट एक वर्षमा अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुको संख्या ३५ लाख

अर्थतन्त्र, आर्थिक
१६ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षको अवधिमा करिब ३५ लाख अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलबाट मात्र ३४ लाख ८८ हजार ३२८ जना यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेका छन् । यसमा आगमन र प्रस्थान दुवैको तथ्यांक जोडिएको छ । कार्यालयका अनुसार यो संख्या सन् २०२१ को तुलनामा साढे दुई गुणा बढी हो । सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानका यात्रु संख्या १४ लाख ५६ हजार ९२९ जना रहेको थियो । तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलमा १५ लाख ५६ हजार ८११ जना यात्रुको आगमन भएको छ । यो नेपाली नागरिक र पर्यटकको संयुक्त संख्या हो । यस विमानस्थलबाट एक वर्षको अवधिमा १९ लाख ३१ हजार ५१७ जना यात्रु प्रस्थान गरेका छन् । यसरी विमानस्थलले एक वर्षको अवधिमा ३४ लाख ८८ हजार ३२८ जना अन्तर्र...

गृहमन्त्री कसलाई बनाउने प्रधानमन्त्रीको अधिकार हो : महरा

राजनीति
१६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय सरकारको भएको भन्दै त्यो प्रधानमन्त्रीले टुंग्याउने बताएका छन् । सोमबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस बिषयमा पार्टीमा छलफल नभएको बताए । ‘गृहमन्त्रीको विषयमा प्रवेश नै गरिएन, यो सरकारको विषय हो’, महराले भने, ‘गृहमन्त्री को हुन्छ, को हुन्न भन्ने कुरा उहाँ (प्रधानमन्त्री) ले टुंगो लगाउने कुरा हो । यो पार्टीले टुंग्याउने कुरा होइन ।’ उनीअघि बैठकबाट निस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि सञ्चारकर्मीले यसबारे प्रश्न सोधका थिए । गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले ‘बनाएपछि थाहा हुन्छ’ भन्ने जवाफ दिएका थिए । अमेरिकी नागरिकता त्यागेर नयाँ नागरिकता नलिएको भन्दै सर्वोच्च अदालतले शुक्रबार गृह मन्त्रालय...