२०८१ बैशाख १५

आदर्श लघुवित्तले २१ प्रतिशत लाभांश दिने




१९ माघ, काठमाडौं । आदर्श लघुवित्तले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

१८ माघ बुधबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने उक्त लाभांश प्रस्ताव गरेको हो ।


Advertisement


लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँको २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।



लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

Copy link
Powered by Social Snap