२०८३ भाद्र २९

Author: admin

‘पठान’ हेर्न पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी हलमा

‘पठान’ हेर्न पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी हलमा

हलिउड/बलिउड
काठमाडौं । पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ हेरेका छन् । क्यूएफएक्सको दरबार सिनेम्याक्स मल्टिप्लेक्समा पुगेर पूर्वराजपरिवारका सदस्यले फिल्म हेरेका हुन् । हल म्यानेजर सुरेन्द्र महर्जनका अनुसार शनिबार बेलुकी साढे ५ बजेको शोमा पुगेर उनीहरुले फिल्म हेरेका थिए । फिल्म हेरेपछि पूर्वरानी कोमल र हिमानीले फिल्म मनपरेको प्रतिक्रिया दिएको जनाइएको छ । उनीहरुसँग अन्य सहयोगी पनि हलमा पुगेर फिल्म हेरेका थिए । पूर्वराजपरिवारका सदस्यहरुले यसअघि पनि बेलाबेलामा हलमा पुगेर फिल्म हेर्ने गरेका छन् । गत बुधबार नेपालमा रिलिज भएको शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्मले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको छ । सिद्धार्थ आनन्द निर्देशित यो फिल्म मुलुकका डेढ सयभन्दा बढी हलमा प्रदर्शन भइरहेको छ । तस्वीर सौजन्य : क्यूएफएक...
सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

खेलकुद
१७ पुस पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो । २० असोजमा पक्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दियो । २९ पुसमा उनी रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो । ...
काठमाडौं महानगरले नागरिकको आधारभूत स्वास्थ्य अवस्थाबारे सर्वेक्षण गर्ने

काठमाडौं महानगरले नागरिकको आधारभूत स्वास्थ्य अवस्थाबारे सर्वेक्षण गर्ने

स्वास्थ्य
१७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीको आधारभूत स्वास्थ्य अवस्थाबारे सर्वेक्षण गर्ने तयारी गरेको छ । सर्वेक्षणमार्फत नागरिकका स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त हुने र त्यसपश्चात उपचार तथा स्वस्थ्य जीवनयापनमा सहज हुने विश्वासका साथ सर्वेक्षणको तयारी गरिएको महानगरका स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालले बताए । ‘शहरमा नसर्ने तर दीर्घ रोगका बिरामीहरुको संख्या बढ्दै गइरहेको छ, यस्ता बिरामीहरुले नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । निश्चित मात्रा पूरा गर्नुपर्छ, यसको निगरानी वडास्तरीय स्वास्थ्य प्रबर्द्धन केन्द्रबाट गर्ने योजना हो’ उनले भने । स्वास्थ्य प्रबर्द्धन केन्द्रबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने उनको भनाइ छ । सर्वेक्षणका लागि स्वास्थ्यसम्बन्धी कसलाई के समस्या छ, उपचार कहिलेबाट सुरु गरिएको हो ? कुन औषधि प्रयोग भइरहेको छ ? औषधि कति समयसम्म प्रयोग...
गृह मन्त्रालयका कारण गठबन्धन नटुटोस् भन्ने मेरो कोशिस छ : प्रधानमन्त्री

गृह मन्त्रालयका कारण गठबन्धन नटुटोस् भन्ने मेरो कोशिस छ : प्रधानमन्त्री

राजनीति
१७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफूले नपाए सरकार छोड्ने चेतावनी दिएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकबाट निस्कदै गर्दा सञ्चारकर्मीले प्रधानमन्त्री प्रचण्डलाई यसबारे जिज्ञासा राखेका थिए । ‘हामी सल्लाह गर्दैछौं । सकेसम्म यो (गठबन्धन) नटुटोस् भन्ने मेरो कोशिस छ,’ जवाफमा प्रधानमन्त्रीले भने । पार्टीको पदाधिकारी बैठकमा रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रालयबारे निर्णय नलिन सुझाव आएको समेत प्रचण्डले बताए । ‘अदालतको पूर्णपाठ नआएसम्म आफैंसँग राख्न सुझाव धेरैको छ,’ उनले भने, ‘हामी सल्लाहमै छौं ।’ ...
Donald Trump returning in Facebook and Instagram

Donald Trump returning in Facebook and Instagram

विदेश / एन.आर.एन
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन मेटा कम्पनीले फुकुवा गर्ने भएको छ । फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाले डोनाल्ड ट्रम्पको निलम्बन आगामी हप्ताहरुबाटै अन्त्य हुने र उनलाई फेसबुक तथा इन्स्टाग्राममा पुनरागमन गर्न अनुमति दिइने बताएको हो । मेटाका विश्व मामिला सम्बन्धी प्रमुख निक क्लेगले विज्ञप्ति निकालेर उनीहरुका राजनीतिज्ञहरु के भन्छन् भन्ने कुरा आम मानिसहरुले सुन्न पाउनुपर्ने बताएका छन् । ट्रम्प समर्थकहरुले सन् २०२१ मा अमेरिकी संसदमा छिरेर आतंक मच्चाएसँगै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेसबुक र इन्स्टाग्रामले अनिश्चितकालीन प्रतिबन्ध लगाएर उनको अकाउन्टलाई निलम्बन गरिदिएका थिए । ट्रम्पले अमेरिकी संसद क्यापिटल हिलमा हिंसामा संलग्न मानिसहरुको प्रसंसा गरेसँगै मेटासँगै अन्य सोसल मिडियाह...
त्रिभुवन विमानस्थलबाट एक वर्षमा अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुको संख्या ३५ लाख

त्रिभुवन विमानस्थलबाट एक वर्षमा अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुको संख्या ३५ लाख

अर्थतन्त्र, आर्थिक
१६ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षको अवधिमा करिब ३५ लाख अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलबाट मात्र ३४ लाख ८८ हजार ३२८ जना यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेका छन् । यसमा आगमन र प्रस्थान दुवैको तथ्यांक जोडिएको छ । कार्यालयका अनुसार यो संख्या सन् २०२१ को तुलनामा साढे दुई गुणा बढी हो । सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानका यात्रु संख्या १४ लाख ५६ हजार ९२९ जना रहेको थियो । तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलमा १५ लाख ५६ हजार ८११ जना यात्रुको आगमन भएको छ । यो नेपाली नागरिक र पर्यटकको संयुक्त संख्या हो । यस विमानस्थलबाट एक वर्षको अवधिमा १९ लाख ३१ हजार ५१७ जना यात्रु प्रस्थान गरेका छन् । यसरी विमानस्थलले एक वर्षको अवधिमा ३४ लाख ८८ हजार ३२८ जना अन्तर्र...

गृहमन्त्री कसलाई बनाउने प्रधानमन्त्रीको अधिकार हो : महरा

राजनीति
१६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय सरकारको भएको भन्दै त्यो प्रधानमन्त्रीले टुंग्याउने बताएका छन् । सोमबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस बिषयमा पार्टीमा छलफल नभएको बताए । ‘गृहमन्त्रीको विषयमा प्रवेश नै गरिएन, यो सरकारको विषय हो’, महराले भने, ‘गृहमन्त्री को हुन्छ, को हुन्न भन्ने कुरा उहाँ (प्रधानमन्त्री) ले टुंगो लगाउने कुरा हो । यो पार्टीले टुंग्याउने कुरा होइन ।’ उनीअघि बैठकबाट निस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि सञ्चारकर्मीले यसबारे प्रश्न सोधका थिए । गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले ‘बनाएपछि थाहा हुन्छ’ भन्ने जवाफ दिएका थिए । अमेरिकी नागरिकता त्यागेर नयाँ नागरिकता नलिएको भन्दै सर्वोच्च अदालतले शुक्रबार गृह मन्त्रालय...
आत्मनिर्भर लघुवित्तको आईपीओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ?

आत्मनिर्भर लघुवित्तको आईपीओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ?

शेयर बजार
१६ माघ, काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्ने बिक्री खुला गरेको हो । लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गर्न लागेको हो । यस्तै ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयर भने सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १६...
कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन

बैँक/ बीमा
१६ माघ, काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि २२ जनाको आवेदन परेको छ । तोकिएको समय १५ माघसम्ममा २२ जनाले आवेदन दिएको बैंकले जनाएको छ । सिभिल बैंकको सीईओ छोडेर म्यानमारको बैंकमा सीईओ बन्न गएका बैंकर गोविन्द गुरुङले पनि आवेदन दिएका छन् । त्यस्तै बैंककै पूर्वकर्मचारी सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले पनि आवेदन दिएका छन् । बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी र डेपुटी जनरल म्यानेजर यज्ञप्रकाश न्यौपाने, राष्ट्रिय बाणिज्य बैंकका पूर्व डेपुटी सीईओ कबिराज अधिकारीले पनि आवेदन दिएका छन् । यस्तै भानु कँडेल, ताराखर अधिकारी, बिष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसी, बद्री गुरागाईं, रामराज उपाध्याय, नरेशकुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाईं, अरुणकुमार ढुंगाना ...
सामाजिक सञ्जालमा फिल्मको पाइरेसी रोक्न कानुन बनाइने

सामाजिक सञ्जालमा फिल्मको पाइरेसी रोक्न कानुन बनाइने

नेपाली चलचित्र
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सुरक्षा र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताएका छन् । चलचित्र पत्रकार संघले आयोजना गरेको दुई दिने कार्यशालाको समापन कार्यक्रममा बोर्ड अध्यक्ष केसीले अहिले सामाजिक सञ्जालमा आउने दृश्यले फिल्मलाई असर गरेको गुनासो बढिरहेकाले त्यसको नीतिगत समाधान गरिने जनाए । कानुन संशोधन मात्रै समस्याको समाधान नभई नयाँ कानुन बनाउनु आवश्यक रहेको भन्दै यसका लागि बोर्डले पहल गरिरहेको उनले बताए । अध्यक्ष केसीले बोर्डको गतिविधिलाई सही तरिकाले समाचार बनाएर प्रसारण तथा प्रकाशन गरी हौसला बढाउनुका साथै आवश्यक परे खबरदारी गर्न समेत कार्यशालामा सहभागी पत्रकारलाई आग्रह गरे । नेपाल प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमी, विकास रौनियार, केपी ढुंगाना, विष्णु घिमिरे ‘कल्पित’, नरेश भट्टराई, शान्तिप्...