अन्तरिक्षमा किन हजारौँ स्याटेलाइट पठाउँदैछन् एलन मस्क ?
१९ साउन, काठमाडौं । विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कको कम्पनी स्पेस एक्सले हजारौँ स्याटेलाइटहरु प्रक्षेपण गरिरहेको छ । स्पेस एक्सका कैयन् स्याटेलाइटहरु आकासमा देखिएको मानिसहरुले बताउने गरेका छन् ।
हजारौँ स्याटेलाइट अन्तरिक्षमा पठाउने स्पेस एक्सको यो काम वास्तवमा उसको स्टारलिंक परियोजनाको हिस्सा हो । यसको उद्देश्य अन्तरिक्षबाट पृथ्वीका दूर दराजका इलाकाहरुमा समेत इन्टरनेट सेवा पूराउनु रहेको छ ।
स्टारलिंक के हो ? कसरी काम गर्दछ ?
स्टार लिंकले स्याटेलाइटको एक ठूलो नेटवर्कको सहयोगमा इन्टरनेट सेवा प्रदान गर्दछ । यसको उद्देश्य हो दूरदराजका इलाकाहरुलाई तिव्र गतिको इन्टरनेटले जोड्नु ।
पोर्ट्समाउथ विश्वविद्यालयस्थित अन्तरिक्ष परियोजना व्यवस्थापक डाक्टर लुसिन्डा किंगका अनुसार विश्वका विभिन्न देशहरु, खासगरी अफ्रिकी मुलुकका मानिसहरुलाई यसबाट निकै फाइदा पुग्नेछ ।
स...









