२०८२ चैत्र ४

Tag: SYM NETWORK

बैंकिङ अर्थात लेनदेन संझौता : Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari

बैंकिङ अर्थात लेनदेन संझौता : Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari

विचार, विचार
कुनै ब्यक्तिले आर्जन गरेको पैसा उपभोग, बचत,लगानी ,दान वा सामाजिक कामहरुमा खर्च गर्छ । बैंक तथा वितिय संस्थाहरुको कारोबारको प्रमुख र एक मात्र स्रोत र साधन बचत नै रहेकोले जनतासङ्ग उपभोग कम गरेर भए पनि बैंकले हामिसङ्ग बचत गरौ भनी आह्वान गर्दछ । यसकोलागी आकर्षक ब्याज , बचतको सुरक्षण ( रु ५ लाख सम्म्को बचतको बिमा हुने) मागेको बखत तुरुन्त वा मुद्द्ती निक्षेपमा सम्झौता बमोजिम फिर्ता हुने , आवश्यकताको बेला मुद्द्ती निक्षेप धितो राखी ऋण पाउने आदि सुविधा दिएको हुन्छ ।कथमकदाचित बैंक लिक्विडेशनमा गएमा पनि बैंकको सम्पती बिक्रीबाट आएको रकममा बचतकर्ताको अग्राधिकार रहने कानुनी व्यवस्था छ ।यी सब कारणहरुले जनताले निर्धक्कसङ्ग बैंकमा बचत गरेको पाइन्छ । आवश्यकता र मागको आधारमा बैंकले जनताबाट संकलन गरेको बचत रकम नै कृषक, उद्योगि,व्यापारी, सेवामुलक तथा व्यक्तिलाई निश्चित अवधिको लागि सम्झौता बम...
कुबेलाको मेला : Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari

कुबेलाको मेला : Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari

विचार, विचार
मकवानपुर उद्योग बाणिज्य संघले हेटौंडामा मेला लगाउने भएपछि कपडा ब्यवसायीहरुले हल्का बिरोध गरेको सुनिएको थियो । तरलता अभाव भैरहेको बजारमा एउटा दुइटा ग्राहक मात्र आइरहेकोमा ती ग्राहक पनि मेला तिर लागेमा रैथाने कपडा ब्यवसायीलाई मर्का पर्ने नै हो कि ? तरलता अभावको समयमा मेला भर्न जाने स्थानीय दर्शकको पैसा छिमेकी मुलुक वा छिमेकी जिल्ला गएमा स्थानीय बजारको कारोबारमा पछि सम्म केही असर पर्छ होला । बजारमा तरलता अधिक भएको बेला मनोरञ्जन , मेला आदि आयोजना हुने भएमा सान्दर्भिक नै हुन्छ होला । कोभिड , डेङ्गु ,चर्को ब्याज , तरलता अभाव ,सुस्त बजार आदि कुबेला आयोजित मेरो शहरको मेला हिजो घुम्न गैयो । रु६०/- टिकट काटेर भित्र पसे । एउटा स्टलमा बिजुलीको तापमा खुवा बनाउदै रहेछन् । आगोको तापमा घोटेको खुवा त खाएकै हो , यस्तो बिजुलीको तापबाट बनाएको खुवा खान मन लाग्यो र फुच्चे कागजको कपमा रु५०/- ...
Raju Lama & Mongolian Heart to perform live in Thamel

Raju Lama & Mongolian Heart to perform live in Thamel

मनोरञ्जन / कला
काठमाडौं । गायक राजु लामाले काठमाडौंको ठमेलस्थित टर्टल लाउन्ज एण्ड क्लबमा लाइभ कन्सर्ट गर्ने भएका छन् । ‘भ्वाइस अफ नेपाल’को कोचसमेत रहेका लामाले शुक्रबार बेलुकी आफ्नो ब्यान्ड ‘मंगोलियन हार्ट’सहित लाइभ प्रस्तुति दिने भएका हुन् । कन्सर्टमा लामाले मंगोलियन हार्टका चर्चित गीतमा प्रस्तुति दिने तयारी छ । टर्टलका सञ्चालक आयुष ठकुरीका अनुसार लामाले मंगोलियन हार्टका चर्चित गीतहरु पर्खाइमा भिज्यो सिरानी, तिमीलाई देखेर, हल्ला चलेछ, बादलपारिको देशबाट, म माया लाउँदिन, सायद तिम्रो बाटोमा लगायत गीत प्रस्तुत गर्नेछन् । यसअघिका टर्टलमा गायिकाहरु तृष्णा गुरुङ, त्रिशला गुरुङलगायतले लाइभ ब्याण्डसहित सांगीतिक प्रस्तुति दिएका थिए । विगत पाँच वर्षदेखि सञ्चालित टर्टल क्लब गत क्रिसमस इभमा सविन राईको लाइभ कन्सर्टसहित नयाँ स्वरुपबाट सञ्चालनमा छ । केही सातासम्म अब हरेक शुक्रबार टर्टलमा चर्चित कलाका...
डोकोमै सुन्तला बेचेर २ महिनामा २ लाख आम्दानी

डोकोमै सुन्तला बेचेर २ महिनामा २ लाख आम्दानी

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र
१८ माघ, रेसुङ्गा । गुल्मीकी पार्वता पाण्डेले पुस र माघ महिनामा डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गरेकी छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्डको राँयढुङ्गामा बसेर सुन्तला बिक्री गर्छिन् । पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म डोकोमै सुन्तला बेचेर २ लाख रुपैयाँ कमाएको उनको भनाइ छ । उनले विगत सात वर्षदेखि पुस र माघ महिनामा सुन्तला बेच्दै आएकी छन् । यो वर्ष सुन्तलाको मूल्य प्रतिकिलो ८० देखि २०० सम्म रहेको पाण्डेले बताइन् । ‘सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन’, उनले भनिन्,  ‘सवारीमा आवतजावत गर्नेले रोकिएर सुन्तला किनेर जानुहुन्छ ।’ पाण्डे सुन्तला बिक्रीको लागि घरदेखि १५ मिनेट पैदल हिँडेर राँयढुङ्गामा आउँछिन् । विहान ११ देखि दिउँसो ३ बजेसम्म सुन्तला बिक्री गर्छिन् । सामान्य जीविकोपार्जनका लागि विदेशकै बाटो ...
पार्टीमा व्यक्तिवाद हावी भएको भन्दै रास्वपाका चितवन सभापतिले दिए राजीनामा

पार्टीमा व्यक्तिवाद हावी भएको भन्दै रास्वपाका चितवन सभापतिले दिए राजीनामा

राजनीति
१८ माघ, चितवन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले पार्टी भित्र व्यक्तिवाद चरम रुपमा हावी भएको भन्दै राजीनामा दिएका छन् । पार्टी महामन्त्री मुकुल ढकाललाई काठमाडौंमा राजीनामा बुझाएका सापकोटाले पार्टी व्यक्तिवादी हैकम र अराजकतामा चलेकोले त्यस्तोमा बसेर काम गर्न नसकिने निष्कर्षसहित राजीनामा दिएको अनलाइनखबरसँग बताए । गत कात्तिकमा चितवन जिल्ल सभापति बनेका सापकोटाले गत मंसिर ४ गतेको निर्वाचन पनि जिल्ला समितिलाई पूर्णयता वाइपास गरेर एकाध झुण्डलाई लिएर चुनावमा परिचालन गरिएको आरोप लगाए । ‘पार्टी सभापति रविलाई नै भेटेर राजीनामा दिने सोच बनाएको थिए, उहाँसँग समय मिलेन’ सापकोटाले भने, ‘महामन्त्रीलाई भन्दा उल्टै चितवनबाट भोट आएन भन्नुभयो, दुई दुई सांसद र सबैभन्दा बढि समानुपातिक मत आएको चितवनलाई नै लान्छना लगाउनुभयो ।’ उनले रवि ल...
आठ वर्षमा ‘ब्ल्याक हर्स’ ले मारेको फड्को

आठ वर्षमा ‘ब्ल्याक हर्स’ ले मारेको फड्को

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
बाजेदेखि नातिसम्म, नाइन्टिन फाउन्टिनदेखि अहिलेसम्म— यो व्यावसायिक सन्देश हो नेपालमा उत्पादित 'ब्ल्याक हर्स सुज' को। सन्देशमा भनेजस्तो ब्ल्याक हर्स सुजको बजार इतिहास धेरै लामो चाहिँ छैन। कम्पनीले २०७१ साल भदौदेखि मात्रै आफ्नो उत्पादन औपचारिक रूपमा बजार पुर्‍याउन थालेको हो।  त्यसैले यो सन्देशको सारलाई अर्को तरिकाले व्याख्या गर्छन् कम्पनीका बजार व्यवस्थापक दिनेश श्रेष्ठ। 'बाजेदेखि नातिसम्म भन्नु व्यावसायिक कुरा हो। हाम्रा ग्राहकहरू हरेक पुस्ताको हुनुहुन्छ,' ब्ल्याक हर्सका बजार व्यवस्थापक समेत रहेका दिनेशले भने, 'छोटो समयमै हामीले राम्रो बजार पाएका छौं। बजार विस्तारको रणनीतिमा राम्रो नारा (सन्देश) प्रयोग गरेका हौं।' ब्ल्याक हर्सले हाल पाँच सयभन्दा बढी डिजाइनका जुत्ता बनाउँछ। महिला, पुरूष र केटाकेटी सबैका लागि पार्टीमा लगाउनेदेखि स्...
‘पठान’ हेर्न पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी हलमा

‘पठान’ हेर्न पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी हलमा

हलिउड/बलिउड
काठमाडौं । पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ हेरेका छन् । क्यूएफएक्सको दरबार सिनेम्याक्स मल्टिप्लेक्समा पुगेर पूर्वराजपरिवारका सदस्यले फिल्म हेरेका हुन् । हल म्यानेजर सुरेन्द्र महर्जनका अनुसार शनिबार बेलुकी साढे ५ बजेको शोमा पुगेर उनीहरुले फिल्म हेरेका थिए । फिल्म हेरेपछि पूर्वरानी कोमल र हिमानीले फिल्म मनपरेको प्रतिक्रिया दिएको जनाइएको छ । उनीहरुसँग अन्य सहयोगी पनि हलमा पुगेर फिल्म हेरेका थिए । पूर्वराजपरिवारका सदस्यहरुले यसअघि पनि बेलाबेलामा हलमा पुगेर फिल्म हेर्ने गरेका छन् । गत बुधबार नेपालमा रिलिज भएको शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्मले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको छ । सिद्धार्थ आनन्द निर्देशित यो फिल्म मुलुकका डेढ सयभन्दा बढी हलमा प्रदर्शन भइरहेको छ । तस्वीर सौजन्य : क्यूएफएक...
सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

खेलकुद
१७ पुस पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो । २० असोजमा पक्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दियो । २९ पुसमा उनी रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो । ...
काठमाडौं महानगरले नागरिकको आधारभूत स्वास्थ्य अवस्थाबारे सर्वेक्षण गर्ने

काठमाडौं महानगरले नागरिकको आधारभूत स्वास्थ्य अवस्थाबारे सर्वेक्षण गर्ने

स्वास्थ्य
१७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीको आधारभूत स्वास्थ्य अवस्थाबारे सर्वेक्षण गर्ने तयारी गरेको छ । सर्वेक्षणमार्फत नागरिकका स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त हुने र त्यसपश्चात उपचार तथा स्वस्थ्य जीवनयापनमा सहज हुने विश्वासका साथ सर्वेक्षणको तयारी गरिएको महानगरका स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालले बताए । ‘शहरमा नसर्ने तर दीर्घ रोगका बिरामीहरुको संख्या बढ्दै गइरहेको छ, यस्ता बिरामीहरुले नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । निश्चित मात्रा पूरा गर्नुपर्छ, यसको निगरानी वडास्तरीय स्वास्थ्य प्रबर्द्धन केन्द्रबाट गर्ने योजना हो’ उनले भने । स्वास्थ्य प्रबर्द्धन केन्द्रबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने उनको भनाइ छ । सर्वेक्षणका लागि स्वास्थ्यसम्बन्धी कसलाई के समस्या छ, उपचार कहिलेबाट सुरु गरिएको हो ? कुन औषधि प्रयोग भइरहेको छ ? औषधि कति समयसम्म प्रयोग...
गृह मन्त्रालयका कारण गठबन्धन नटुटोस् भन्ने मेरो कोशिस छ : प्रधानमन्त्री

गृह मन्त्रालयका कारण गठबन्धन नटुटोस् भन्ने मेरो कोशिस छ : प्रधानमन्त्री

राजनीति
१७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफूले नपाए सरकार छोड्ने चेतावनी दिएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकबाट निस्कदै गर्दा सञ्चारकर्मीले प्रधानमन्त्री प्रचण्डलाई यसबारे जिज्ञासा राखेका थिए । ‘हामी सल्लाह गर्दैछौं । सकेसम्म यो (गठबन्धन) नटुटोस् भन्ने मेरो कोशिस छ,’ जवाफमा प्रधानमन्त्रीले भने । पार्टीको पदाधिकारी बैठकमा रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रालयबारे निर्णय नलिन सुझाव आएको समेत प्रचण्डले बताए । ‘अदालतको पूर्णपाठ नआएसम्म आफैंसँग राख्न सुझाव धेरैको छ,’ उनले भने, ‘हामी सल्लाहमै छौं ।’ ...