२०८२ चैत्र ४

Tag: SYM NETWORK

एकीकृत समाजवादीको बैठक बस्दै

एकीकृत समाजवादीको बैठक बस्दै

राजनीति
२१ माघ काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बस्न लागेको दुई दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिउँसो उद्घाटन गर्नेछन् । अध्यक्ष नेपालले प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदन र महासचिव डा बेदुराम भुसालले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनमा बैठकमा छलफल गरिने छ । उक्त प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । सरकारको कार्यशैली मूल्याङ्कन, संसद्मा पार्टीको थप प्रभावकारी भूमिका, जनजीविकाका साथै पार्टीका विभिन्न तहका कमिटीले सङ्गठन निर्माणमा गरेका निर्णय अनुमोदन गरिने छ । बैठकले आवश्य...
एकसिंगे गैँडा नेपालको अमूल्य सम्पत्ति : प्रधानमन्त्री प्रचण्ड

एकसिंगे गैँडा नेपालको अमूल्य सम्पत्ति : प्रधानमन्त्री प्रचण्ड

नेपाली चलचित्र
काठमाडौं । ‘छक्कापञ्जा ४’ले प्रचारप्रसारलाई इन्टरनेट लक्षित गर्ने भएको छ । सामाजिक सञ्जाललाई लक्षित गर्दै प्रचार रणनीति तयार गरिएको निर्माता तथा अभिनेता दीपकराज गिरीले जानकारी दिए । ‘भौतिकरुपमा हुने प्रचारप्रसारलाई न्यूनीकरण गर्नेतर्फ हामी अग्रसर छौं,’ उनले भने, ‘अब प्रचार शैली पनि बदल्नुपर्ने जरुरी देखिएको छ ।’ भौतिक रुपमा कार्यक्रम सकेसम्म नगर्ने आफूहरुको योजना रहेको उनले बताए । ‘समयअनुसार रणनीति तयार पार्नुपर्छ । भौतिक रुपमा धेरै मानिसबीच जाने स्थिति हुँदैन । तर इन्टरनेटमार्फत धेरै जनसंख्यामा पुग्न सकिन्छ । किनभने सामाजिक सञ्जाल यतिबेलाको सशक्त मिडिया हो,’ दीपकले अनलाइनखबरसँग भने । ‘छक्कापञ्जा’का अघिल्ला सिरिजको प्रवद्र्धन कार्यक्रम देश दौडाहा र भौतिक पत्रकार सम्मेलनमार्फत हुँदै आएका थिए । ‘नेपाल टुर गर्ने पहिलो फिल्म पनि हामी नै थियौं । अब भने हामीले प्रचार रणनीति ब...
एकसिंगे गैँडा नेपालको अमूल्य सम्पत्ति : प्रधानमन्त्री प्रचण्ड

एकसिंगे गैँडा नेपालको अमूल्य सम्पत्ति : प्रधानमन्त्री प्रचण्ड

देश, समाचार
२० माघ, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति भएको बताएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि जिल्लाको पटिहानीमा आयोजना गरेको गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफललाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै एकसिङ्गे गैँडाको सुरक्षामा सरकार संवेदनशील रहेको बताए । उनले गैँडाको सुरक्षाका लागि बासस्थान चुनौतीपूर्ण बन्दै गएको भन्दै सम्बन्धित क्षेत्रका विज्ञको सुझावमा सरकारले योजना ल्याएर वन्यजन्तु जोगाउने बताए । नेपालको प्राकृतिक सम्पदा, गैँडालगायत वन्यजन्तुको बासस्थान भएकै कारण विदेशीहरू नेपाल आउने गरेको र यसले नेपालको आर्थिक विकासमा टेवा पुर्‍याएको उनको भनाइ छ । ‘जनावरको संरक्षणले पारिस्थतिकीय प्रणालीको रक्षा गर्छ । नेपाल सरकारले उचित तरिकाले त्यस्ता जनावरको सुरक्षामा प्रभावकारी काम गर्न प्रतिबद...
कर्णालीको मुख्य न्यायाधिवक्तामा खड्का नियुक्त

कर्णालीको मुख्य न्यायाधिवक्तामा खड्का नियुक्त

राजनीति
२० माघ, सुर्खेत। कर्णाली प्रदेश मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त भएका छन् । मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा खड्कालाई प्रदेश प्रमुख तिलक परियारले शुक्रबार नियुक्त गरेका हुन् । उनलाई नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम नियुक्त गरिएको हो । खड्काले मुख्यमन्त्रीको कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्ने छन् । खड्काले आजै उच्च अदालत सुर्खेतका मुख्यन्यायधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहणसमेत गराएका छन् । ...
‘तीव्र गतिमा रहेको मुलुक बचाए पनि घाइते व्यवसायी प्रति सरकार उदासीन’

‘तीव्र गतिमा रहेको मुलुक बचाए पनि घाइते व्यवसायी प्रति सरकार उदासीन’

अर्थतन्त्र, आर्थिक
'अर्थतन्त्रको अबको बाटो कता हो?' पछिल्लो समय नेपालीमाझ निकै चर्चा भएमध्येको एक विषय हो यो। मुलुकको विदेशी मुद्रा सञ्चितिमा दबाब परेसँगै गर्मिएको बहस यस्तो दबाब कम हुँदै गए पनि सेलाएको छैन। किन त? मुलुक लगभग दुर्घटनाकै अवस्थामा पर्दा सरकार र नियामक निकायहरूले मुलुक त बचाए तर घाइते भएका यहाँका व्यवसायीहरूलाई बचाउने तत्परता देखाइरहेको छैन-उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा व्यवसायी शेखर गोल्छाको बुझाइ हो यो। विदेशी मुद्राको सञ्चितिले ६ महिनाको वस्तु तथा सेवा आयात मात्र धान्ने अवस्थाबाट सुधार भएर मुलुक अब लगभग आठ महिना २१ दिनको आयात धान्न सक्ने अवस्थामा आइपुगेको छ। तर अहिले आन्तरिक वातावरण भने निकै खलबलिएको विश्लेषण भइरहेको छ। त्यसैले अहिले पनि अर्थतन्त्रलाई लिएर अनिश्चयकै अवस्थामा मुलुक छ।  गोल्छा उदाहरण दिँदै भने-हाम्रो मुलुकलाई एउटा सवारीसाधन मानौं। यसलाई चलाइ...
एकैदिन तोलामा १४ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

एकैदिन तोलामा १४ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

अर्थतन्त्र, आर्थिक
शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।  अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला १४ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार रुपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।  बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस...
सामसुङले ल्यायो २०० मेगापिक्सेल क्यामरासहितको ग्यालेक्सी एस २३ सिरिज, के के छन् फिचर्स ?

सामसुङले ल्यायो २०० मेगापिक्सेल क्यामरासहितको ग्यालेक्सी एस २३ सिरिज, के के छन् फिचर्स ?

कर्पोरेट
काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी २३ स्मार्टफोन सिरिज लञ्च गरेको छ । ग्यालेक्सी एस २३ सिरिजमा शक्तिशाली क्यामेराका साथै उत्कृष्ट गेमिङ फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीको खस्किँदो आर्थिक अवस्था तथा स्मार्टफोनको मागमा आइरहेको गिरावटका बीच सामसुङले आफ्नो नयाँ फ्लागशिप ग्यालेक्सी २३ सिरिजका तीनवटा मोडेल सार्वजनिक गरेको हो । जसअन्तरगत आधारभूत मूल्यको ग्यालेक्सी एस २३, केही महंगो मूल्यको ग्यालेक्सी एस २३ प्लस र उक्त सिरिजमा सबैभन्दा महंगो ग्यालेक्सी एस २३ अल्ट्रा छन् । ती मध्ये एस २३ को मूल्य ७ सय ९९ डलर तोकिएको छ भने एस २३ प्लसको मूल्य १ हजार डलर छ । त्यस्तै एस २३ अल्ट्राको मूल्यभने १२ सय डलर तोकिएको छ । यी तिनवटै फोनको अन्तर्राष्ट्रिय बजारमा बुधबारदेखि नै प्रि अर्डर सुरु भएको छ भने फेब्रुअरी १७ देखि बजारमा उपलब्ध गराइने...
आदर्श लघुवित्तले २१ प्रतिशत लाभांश दिने

आदर्श लघुवित्तले २१ प्रतिशत लाभांश दिने

शेयर बजार
१९ माघ, काठमाडौं । आदर्श लघुवित्तले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । १८ माघ बुधबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने उक्त लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँको २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । ...
मिलन पाण्डेले राजेश हमाललाई भेटेर सोधे–राजनीतिमा आउने सम्भावना छ ?

मिलन पाण्डेले राजेश हमाललाई भेटेर सोधे–राजनीतिमा आउने सम्भावना छ ?

राजनीति
१९ माघ, काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे र सोही पार्टीका पूर्व बागमती प्रदेशका संसदीय दलका नेता रमेश पौड्यालले नायक राजेश हमालसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा राजनीति र वैकल्पिक राजनीतिको ताजा अवस्थाबारे छलफल भएको नेता पाण्डेले बताएका छन् । साथै, संविधानको आधारभूत विशेषताबारे समेत छलफल भएको उनको भनाइ छ । नेता पाण्डेले लेखेका छन्, ‘मेरा निम्ति राजेश हमाल चलचित्र क्षेत्रको महानायक मात्र हुनुहुन्न, एउटा सचेत नेपाली नागरिक र बौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ। आज धेरै पछि उहाँसँग राजनीतिको कुरा भयो । संविधानका आधारभूत विशेषताबारे छलफल भयो। वैकल्पिक राजनीतिबारे छलफल भयो। उहाँको बुझाइबाट मेरो उहाँप्रतिको धारणा थप बलियो बन्यो।’ पाण्डेले आफूहरूले नायक हमाललाई राजनीतिमा आउने सम्भावना कस्तो छ भनेर सोधेको बताएका छन् । तर, हमालले दिएको जवाफबारे उनले खुलाएका ...
पीएलओले आईपीओ जारी गर्ने

पीएलओले आईपीओ जारी गर्ने

शेयर बजार
१९ माघ, विराटनगर । पूर्वाञ्चल ल्यूव आयल लिमिटेड (पीएलओले)ले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने भएको छ । मोरङको सुन्दरहरैचा ९ मा रहेको कम्पनीले पाँच लाख कित्ता सेयर जारी गर्ने भएको हो । पाँच लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता स्थानीयवासीलाई र ५० हजार कित्ता  कर्मचारीका लागि छुट्याइएको छ । ४ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिने पिएलओका प्रबन्ध निर्देशक दुलालले बताए । सेयर जारी गर्नका लागि विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । ...