२०८२ चैत्र ४

Tag: SYM NETWORK

Donald Trump returning in Facebook and Instagram

Donald Trump returning in Facebook and Instagram

विदेश / एन.आर.एन
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन मेटा कम्पनीले फुकुवा गर्ने भएको छ । फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाले डोनाल्ड ट्रम्पको निलम्बन आगामी हप्ताहरुबाटै अन्त्य हुने र उनलाई फेसबुक तथा इन्स्टाग्राममा पुनरागमन गर्न अनुमति दिइने बताएको हो । मेटाका विश्व मामिला सम्बन्धी प्रमुख निक क्लेगले विज्ञप्ति निकालेर उनीहरुका राजनीतिज्ञहरु के भन्छन् भन्ने कुरा आम मानिसहरुले सुन्न पाउनुपर्ने बताएका छन् । ट्रम्प समर्थकहरुले सन् २०२१ मा अमेरिकी संसदमा छिरेर आतंक मच्चाएसँगै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेसबुक र इन्स्टाग्रामले अनिश्चितकालीन प्रतिबन्ध लगाएर उनको अकाउन्टलाई निलम्बन गरिदिएका थिए । ट्रम्पले अमेरिकी संसद क्यापिटल हिलमा हिंसामा संलग्न मानिसहरुको प्रसंसा गरेसँगै मेटासँगै अन्य सोसल मिडियाह...
त्रिभुवन विमानस्थलबाट एक वर्षमा अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुको संख्या ३५ लाख

त्रिभुवन विमानस्थलबाट एक वर्षमा अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुको संख्या ३५ लाख

अर्थतन्त्र, आर्थिक
१६ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षको अवधिमा करिब ३५ लाख अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलबाट मात्र ३४ लाख ८८ हजार ३२८ जना यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेका छन् । यसमा आगमन र प्रस्थान दुवैको तथ्यांक जोडिएको छ । कार्यालयका अनुसार यो संख्या सन् २०२१ को तुलनामा साढे दुई गुणा बढी हो । सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानका यात्रु संख्या १४ लाख ५६ हजार ९२९ जना रहेको थियो । तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलमा १५ लाख ५६ हजार ८११ जना यात्रुको आगमन भएको छ । यो नेपाली नागरिक र पर्यटकको संयुक्त संख्या हो । यस विमानस्थलबाट एक वर्षको अवधिमा १९ लाख ३१ हजार ५१७ जना यात्रु प्रस्थान गरेका छन् । यसरी विमानस्थलले एक वर्षको अवधिमा ३४ लाख ८८ हजार ३२८ जना अन्तर्र...
आत्मनिर्भर लघुवित्तको आईपीओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ?

आत्मनिर्भर लघुवित्तको आईपीओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ?

शेयर बजार
१६ माघ, काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्ने बिक्री खुला गरेको हो । लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गर्न लागेको हो । यस्तै ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयर भने सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १६...
कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन

बैँक/ बीमा
१६ माघ, काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि २२ जनाको आवेदन परेको छ । तोकिएको समय १५ माघसम्ममा २२ जनाले आवेदन दिएको बैंकले जनाएको छ । सिभिल बैंकको सीईओ छोडेर म्यानमारको बैंकमा सीईओ बन्न गएका बैंकर गोविन्द गुरुङले पनि आवेदन दिएका छन् । त्यस्तै बैंककै पूर्वकर्मचारी सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले पनि आवेदन दिएका छन् । बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी र डेपुटी जनरल म्यानेजर यज्ञप्रकाश न्यौपाने, राष्ट्रिय बाणिज्य बैंकका पूर्व डेपुटी सीईओ कबिराज अधिकारीले पनि आवेदन दिएका छन् । यस्तै भानु कँडेल, ताराखर अधिकारी, बिष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसी, बद्री गुरागाईं, रामराज उपाध्याय, नरेशकुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाईं, अरुणकुमार ढुंगाना ...
सामाजिक सञ्जालमा फिल्मको पाइरेसी रोक्न कानुन बनाइने

सामाजिक सञ्जालमा फिल्मको पाइरेसी रोक्न कानुन बनाइने

नेपाली चलचित्र
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सुरक्षा र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताएका छन् । चलचित्र पत्रकार संघले आयोजना गरेको दुई दिने कार्यशालाको समापन कार्यक्रममा बोर्ड अध्यक्ष केसीले अहिले सामाजिक सञ्जालमा आउने दृश्यले फिल्मलाई असर गरेको गुनासो बढिरहेकाले त्यसको नीतिगत समाधान गरिने जनाए । कानुन संशोधन मात्रै समस्याको समाधान नभई नयाँ कानुन बनाउनु आवश्यक रहेको भन्दै यसका लागि बोर्डले पहल गरिरहेको उनले बताए । अध्यक्ष केसीले बोर्डको गतिविधिलाई सही तरिकाले समाचार बनाएर प्रसारण तथा प्रकाशन गरी हौसला बढाउनुका साथै आवश्यक परे खबरदारी गर्न समेत कार्यशालामा सहभागी पत्रकारलाई आग्रह गरे । नेपाल प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमी, विकास रौनियार, केपी ढुंगाना, विष्णु घिमिरे ‘कल्पित’, नरेश भट्टराई, शान्तिप्...
नवलपरासीको समग्र विकासका लागि सांसद विनोद चौधरीले गरे १५ आयोजना प्रस्ताव

नवलपरासीको समग्र विकासका लागि सांसद विनोद चौधरीले गरे १५ आयोजना प्रस्ताव

राजनीति
१३ माघ, बर्दघाट । नवलपरासी पश्चिम–१ बाट निर्वाचित सांसद विनोद चौधरीले जिल्लाकै समग्र विकासका लागि १५ वटा गौरवका आयोजना प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद चौधरीले प्रतिनिधिसभा निर्वाचनका दौरान जनता समक्ष गरेका प्रतिवद्धता अनुसार गौरवका योजनाहरु प्रस्ताव गरेका हुन् । सांसद चौधरीले समग्र जिल्लाको विकास र समृद्धि आफ्नो सरोकार भएको बताए । पहिलो चरणमा निर्वाचन क्षेत्र नम्बर १ को बृहत्तर विकासका लागि गहन अध्ययन गरेर गौरवका आयोजनाहरु छनोट गरिएको उनले बताए । सो क्षेत्रमा बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका तथा सरावल गाउँपालिकाका ४ वटा वडा गरी कुल ३४ वटा वडाहरु पर्दछन् । सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला र विज्ञहरुसँग निरन्तर छलफल गरेर क्षेत्र र जिल्लाका प्राथमिकताहरु निर्धारण गरेका...
कमाउन विदेशै जानुपर्छ भन्ने सोच्थिन्, अहिले आफैं दिन्छिन् अरूलाई रोजगारी

कमाउन विदेशै जानुपर्छ भन्ने सोच्थिन्, अहिले आफैं दिन्छिन् अरूलाई रोजगारी

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
आठ वर्षअघिको कुरा हो। धनगढी उपमहानगरपालिका–९, बंग्राकटानकी शान्ति गिरी चिन्तित थिइन्। श्रीमान रामचन्द्रलाई विदेश जान कर गरिहन्थिन्। उनीहरू श्रीमानश्रीमती दुवै बेरोजगार थिए। भौतिक सम्पत्ति भए पनि नगद कमाइको बाटो थिएन। खेतीबाट जेनतेन परिवार पालिएको थियो। पैसा सधैं अभाव हुन्थ्यो। पैसा कमाउन विदेश जानुपर्छ भन्ने शान्तिको धारणा थियो। सोच्थिन्- हलो जोतेर उन्नति हुँदैन। उनका श्रीमान रामचन्द्र भने सहमत थिएनन्। सोच्थे- पैसा कमाउन विदेश गइरहनु पर्दैन। यही कुरामा उनीहरूको कहिलेकाहीँ ठाकठुक पनि पर्थ्यो। एक दिन रामचन्द्रले अठोटका साथ शान्तिलाई भने, 'तिमी ढुक्कले साथ देऊ, म आफ्नो ठाउँमा काम गरेर देखाउँछु, पैसा यहीँ हुन्छ।' उनी आफ्नो जमिनमा कृषि व्यवसाय गरेर स्वरोजगार बन्न चाहन्थे। उनीहरूसँग साढे एक बिघा जग्गा थियो। त्यसमध्ये १४ कट्ठामा उ...
‘काठमाडौं महानगरको ज्यादतीविरूद्ध’ आज २ बजे माइतीघरमा खबरदारी सभा

‘काठमाडौं महानगरको ज्यादतीविरूद्ध’ आज २ बजे माइतीघरमा खबरदारी सभा

राजनीति
काठमाडौं महानगरपालिकाको चुनावमा अन्तिम मतपरिणाम घोषणा भएको दिन एउटा रोचक दृश्य देखिएको थियो। नवनिर्वाचित मेयर बालेन शाहलाई बधाई दिन उनकै प्रतिद्वन्द्वी सुमन सायमि अग्रस्थानमा उभिएका थिए। प्रतिस्पर्धाको चौथो स्थानमा रहेका सायमिले त्यस दिन बालेन शाहलाई बधाई र शुभकामना मात्र दिएनन्, राष्ट्रिय सभागृहबाट सुरू विजय जुलुसमा बालेनसँगै एउटै गाडीमा सवार भएर हिँडे। विजय यात्रा क्रममा एकैथरि भादगाउँले टोपी पनि पहिरिए। आँखीझ्याल चिह्न लिएर चुनाव लडेका र १३ हजार ७ सय ७० मत ल्याएका सुमन सायमिले त्यस दिन नयाँ मेयर बालेन शाहसँग मिलेर काम गर्न सक्ने संकेत पनि गरेका थिए। उनको भनाइ थियो, ‘बालेनले मिलेर काम गर्ने हो भनेका छन्। दाजुभाइ मिलेर काठमाडौं बनाउन–बचाउन सकिन्छ भने किन नगर्ने?’ यो २०७९ जेठ १३ को घटना हो। ठ्याक्कै आठ महिनापछि स्थितिले पल्टा खाएको छ। बालेनलाई मेयर जित्नेबित्ति...
रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

देश
१५ माघ, जनकपुरधाम।भारत उतर प्रदेशको अयोध्या लगिने देव शीला जनकपुरधाम ल्याइएको छ । अयोध्यामा निर्माणाधीन रामको मन्दिरमा स्थापित गरिने प्रतीमाका लागि नेपालको श्री कृष्णा गण्डकी तटबाट विधिपूर्वक शिला ल्याइएको हो । देव शिला जानकी मन्दिर प्राङ्गणमा विशेष पूजा अर्चनाको लागि राखिएको छ । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, एमाले नेतृ तथा संघीय सांसद जुली महतोलगायतले पूजा अर्चना गरेका हुन् । दर्शनको लागि जानकी मन्दिर प्राङ्गणमा भक्तजनको भीड लागेको । पूजाअर्चना गरि देव शिलालाई यहाँबाट अयोध्या लगिने जनाइएको छ। ...
नागरिकता लिन जिल्ला प्रशासन पुगे रवि लामिछाने

नागरिकता लिन जिल्ला प्रशासन पुगे रवि लामिछाने

देश
१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् । उनका समर्थक पनि जिल्ला प्रशासन कार्यालय पुगेका छन् । जसका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भीड छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका छन् । त्यसैले रवि अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् । ...