२०८० चैत्र १६

Tag: COVID19

चाँगुनारायणमा पहिचान नखुलेको  महिला मृत फेला

चाँगुनारायणमा पहिचान नखुलेको महिला मृत फेला

देश, समाचार, स्वास्थ्य
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा अन्दाजी ३६ वर्षीया महिला मृतावस्थामा फेला परेकी छिन् । Advertisement काभ्रे घर भएकी अन्तरीमाया थिङ चाँगुनारायण–४ फुलबारी स्थित डेरामा मृत फेला परेकी महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले रातोपाटीलाई बताए । काठमाडौंमा मजदुरी गर्ने अन्तरीमायाले अत्यधिक मापसे गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । शरीरमा चोटपटक नदेखिएको र मृत्युको यकिन कारण खुल्न नसकेको एसएसपी थापाले बताए । उनी बस्ने घरमा बस्ने केही व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिहेको छ ।  साभार: रातोपाटी ...
इलाम : २५ वर्षीय युवाको कोरोनाका कारण निधन

इलाम : २५ वर्षीय युवाको कोरोनाका कारण निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोभिड–१९ बाट ईलामका एक पुरुषको निधन भएको छ । इलाम–१ का २५ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो । Advertisement फोक्सोसम्बन्धी दीर्घ रोग रहेका उनलाई उनलाई गत ५ गते संक्रमण पुष्टि भइ अस्पताल भर्ना गरिएको थियो । त्यस्तै, प्रतिष्ठानमा मोरङ*का ६७ वर्षीय पुरुषको पनि आज विहान उपचारको क्रममा निधन भएको छ । डाइबिटिजको समस्या रहेका उनलाई कार्तिक २६ गते संक्रमण पुष्टि भइ गत १ गते अस्पताल भर्ना गरिएको थियो । साभार: रातोपाटी ...
८१४४ परीक्षणमा १६७४ जनामा संक्रमण पुष्टि

८१४४ परीक्षणमा १६७४ जनामा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
६ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । Advertisement यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३०५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साभार: रातोपाटी ...
कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो : सुदूरपश्चिम प्रदेश

कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो : सुदूरपश्चिम प्रदेश

देश, समाचार, सामाजिक, स्वास्थ्य
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।  सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका  ५ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएसँगै प्रदेशमा मृतकको संख्या ३६ पुगेको हो । उनलाई कात्तिक २५ गतेबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा शुक्रबार दिउँसो मृत्य भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । यसअघि नै अछाममा  २,  बैतडीमा १, बझाङ्गमा ३, बाजुरामा २, डडेल्धुरामा २, दार्चुलामा २, डोटीमा १, कैलाली १८ र कञ्चनपुर ४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले  जानकारी दिए । यसैगरी बितेको २४ घण्टामा विभिन्न ल्याबहरुमा गरिएको परीक्षणमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सकृय संक्रमितको संख्या १ हजार ७७२ पुगेको छ ।  Advertiseme...
९०% सम्म प्रभावकारी कोरोना भाइरस विरुद्धको खोप

९०% सम्म प्रभावकारी कोरोना भाइरस विरुद्धको खोप

देश, समाचार, सामाजिक, स्वास्थ्य
लन्डन — कोभिडविरुद्ध विकास भइरहेको एउटा खोपले सकारात्मक नतिजा दिएको छ । अमेरिकी बहुराष्ट्रिय कम्पनी फाइजरले आफूहरूले कोभिड– १९ संक्रमण रोक्न सक्ने प्रभावकारी खोप विकास गरेको जनाएको छ । विश्वभर कोभिड–१९ संक्रमितको संख्या ५ करोड नाघेकै दिन सोमबार यो समाचार सार्वजनिक भएको हो । उक्त खोपले ९० प्रतिशत मानिसलाई संक्रमित हुनबाट बचाउने एक प्रारम्भिक अनुसन्धानले देखाएको छ । उक्त खोप ६ वटा मुलुकका ४३ हजार ५ सय मानिसमा परीक्षण गर्दा स्वास्थ्यमा कुनै पनि समस्या नदेखिएको बताइएको छ । कम्पनीले यसै महिनाको अन्त्यसम्ममा आपत्कालीन प्रयोगका लागि स्वीकृति लिने तयारी गरेको बीबीसीले जनाएको छ । हाल विश्वभर करिब दुई दर्जन खोप अन्तिम अर्थात् तेस्रो चरणमा पुगेका छन् तर सकारात्मक परिणाम देखाउने यो खोप पहिलो भएको निर्माणकर्ताको दाबी छ । तीन महिनाको अन्तरमा दुइटा डोज आवश्यक पर्ने र दोस्रो डोजको एक सा...
देशभर ३५ हजार ४३५ सक्रिय संक्रमित ,थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि

देशभर ३५ हजार ४३५ सक्रिय संक्रमित ,थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
बितको २४ घण्टामा देशभर थप २७५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित ३५ हजार ४३५ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार हाल देशभर कुल संक्रमित १ लाख ९१ हजार ६३६ जना रहेका छन् भने निको हुनेको संख्या १ लाख ५५ हजार ११४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  मन्त्रालयका अनुसार कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ ।  Advertisement यस्तै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०८७ रहेको छ भने पछिल्लो २४ घघण्टामा १७ जनाले ज्यान गुमाएका छन् ।  आज १० हजार ४२३ जनाको पीसीआर भएसँगै हालसम्म कुल पीसीआर परीक्षण संख्या १५ लाख २७ हजार ७६६ पुगेको छ । यस्तै हाल देशभर ११४४ जना क्वारेन्टिनमा रहेको पनि मन्त्रालयले जनाएको छ । हाल मना...
ललितपुरको किस्ट अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु

ललितपुरको किस्ट अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१९ कात्तिक, काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । Advertisement ललितपुरको लुभु बस्ने ५८ वर्षीय पुरुषको बुधबार साँझ साढे ६ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । पाठकका अनुसार किड्नी सम्बन्धी बिरामी रहेका उनीमा निमोनियाको समेत समस्या देखा परेको थियो । Credit: OnlineKhabar ...
२४ घण्टामा देशभर ३५१७ कोरोना संक्रमित थपिए

२४ घण्टामा देशभर ३५१७ कोरोना संक्रमित थपिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टामा देशभर ३५१७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ४ हजार ९६ रहेको छ। यस्तै थप १६ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ९२० पुगेको मन्त्रालयले शुक्रबार जनाएको छ ।  Advertisement मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३५७ जना रहेका छन्, जुन संक्रमितमध्ये २२.८ प्रतिशत हो । यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  साभार: रातोपाटी ...
सिराहाका कोरोना संक्रमितको जनकपुरमा मृत्यु

सिराहाका कोरोना संक्रमितको जनकपुरमा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१३ कात्तिक, जनकपुरधाम । सिराहामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर ८ निवासी ७० वर्षीय पुरूषको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ती पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । Advertisement एक्कासी ज्वरो र रुघाखोकी लागेर श्वास लिन कठिनाई भएपछि पुरूषलाई गत कात्तिक ३ गते उपचारका लागि प्रादेशिक अस्पताल ल्याइएको थियो । उनको सोही दिन स्वाब लिएर संकलन गर्दा ४ गते रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएका पुरूषलाई आइसोलेसनमा राखेर उपचार गरिरहँदा बिहीबार मृत्यु भएको यादवले बताए । उनका अनुसार पुरूष दमका रोगी समेत थिए । योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १७ पुगेक...
२४ घण्टामा २७२५ पीसीआर परीक्षण, ५७० मा संक्रमण पुष्टि

२४ घण्टामा २७२५ पीसीआर परीक्षण, ५७० मा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
देशभर कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ।  संक्रमितमध्ये हालसम्म १ लाख १८ हजार ८४३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७२५ जनाको पीसीआर परीक्षण भएको छ भने त्यसमा ५७० जना पोजेटिभ भेटिएका छन् ।  Advertisement संक्रमितमा २११ जना महिला र ३५९ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर ३१६८ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।  यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । यस्तै सक्रिय संक्रमित ४० हजार ६३१ जना रहेका छन् । सोमबार विजयादशमी रहेको र धेरैजसो ल्याबहरु बन्द रहेकाले पीसीआर घटेको हो ।  साभार: रातोपाटी ...