२०८० चैत्र १६

Tag: COVID19

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ७ सय ४३ संक्रमित, ८ को मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ७ सय ४३ संक्रमित, ८ को मृत्यु

समाचार, स्वास्थ्य
साभार: सेतोपाटी सोमबार देशभर कोरोनाका ७ सय ४३ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टाामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ। विगत २४ घण्टामा १ सय ७५ जना कोरोनाबाट निको भइ घर फर्किएको गौतमले बताए। यीसहित हालसम्म १८ हजार ८ सय ६ जना कोरोनाबाट निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ छ। त्यस्तै विगत २४ घण्टामा थप ८ मृतकमा कोरोना पुष्टि भएको छ। यसरी मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला,रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय पुरुष छन्।  यीसहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ सय ५७ पुगेको छ। ...
चीन, रूस र अक्सफोर्डले बनाइरहेका भ्याक्सिनको तेस्राे चरणकाे परीक्षण नेपालमा पनि गर्ने तयारी

चीन, रूस र अक्सफोर्डले बनाइरहेका भ्याक्सिनको तेस्राे चरणकाे परीक्षण नेपालमा पनि गर्ने तयारी

समाचार, स्वास्थ्य
कोरोना भारइसविरूद्धका खोपको नेपालमा पनि अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकृया सुरु गरेको छ। परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलबाट स्वीकृति लिएर अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिए। उनले पछिल्लो समय कोभिड-१९ विरुद्ध विश्वमा क्लिनिकल ट्रायलको चरणमा रहेका विभिन्न भ्याक्सिनहरूको नेपालमा पनि अनुसन्धान गर्न परिषद्ले नेतृत्व लिएको बताए। 'चीन, रसिया र बेलायतको अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेका भ्याक्सिनहरू नेपालमा पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न कम्पनीहरू इच्छुक भएको र प्रकृया पनि अगाडि बढाएको छ,' ज्ञवालीले भने। उनले चीनको 'होङ्सी ग्रुप' पनि नेपालमा भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न इच्छुक रहेको बताए। ज्ञवालीले भने, 'उहाँहरुले पनि एक हजार जनामा क्लिनिकल ट्रायल गर्न इच्छा देखाउनुभएको...
लकडाउन गर्ने अवस्था छैन, सावधानी अपनाऔं : मुख्यमन्त्री गुरुङ

लकडाउन गर्ने अवस्था छैन, सावधानी अपनाऔं : मुख्यमन्त्री गुरुङ

आर्थिक
२१ साउन, पोखरा । गण्डकी प्रदेशमा लकडाउन खुलेपछि मात्रै करिब २ सय जना कोरोना संक्रमित थपिएका छन् । १३ दिनको अवधिमा थपिएको यो संख्या लकडाउनअघिको परिस्थितिमा भन्दा धेरै हो । गण्डकी प्रदेशमा अहिलेसम्म २५ हजार २ सय ९२ जनाको स्वाब परीक्षण भएको छ । जसमध्ये साउन सात गते लकडाउन खुल्नुभन्दा अघिसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ४५ थियो । अहिले यो संख्या १ हजार ५ सय ५२ पुगेको छ । त्यसमा पनि पछिल्लो समय ट्राभल हिस्ट्री नभएका र स्रोत फेला नपरेका संक्रमित बढिरहेका छन् । प्रहरी कर्मचारीलाई कोराना संक्रमण देखिइसकेपछि थुनामुक्त भएका १ जना व्यक्तिको सम्पर्कमा आएका ८ जनामा कोरोना संक्रमण पुष्टि भयो । थुनामुक्त भएका व्यक्तिका परिवारमा ४ जना र उनका साथी ४ जनामा कोरोना संक्रमण देखिएको हो । स्याङ्जामा ४१ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो । प्रहरी हिरासतबाट थुनामुक्त भएका व्यक...
डाक्टर एन्थोनी फाउची भन्छन्– मलाई मार्ने धम्की आयो

डाक्टर एन्थोनी फाउची भन्छन्– मलाई मार्ने धम्की आयो

अन्तर्वार्ता, आर्थिक, स्वास्थ्य
२३ साउन, काठमाडौं। अमेरिकाका वरिष्ठ फिजिसियन डाक्टर एन्थोनी फाउचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । छोरीहरुलाई पनि दुःख दिने काम भइरहेको उनले बताएका छन् । कोरोना महामारी नियन्त्रणका लागि अमेरिकामा के–के भइरहेको छ भनेर सार्वजनिक रुपमा विस्तारमा बताएकाले आफूले धम्की आएको उनको भनाइ छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका डाक्टर फाउचीले सीएनएनसँग कुरा गर्दै भनेका छन्, ‘मलाई र मेरो परिवारका सदस्यलाई मार्ने धम्की दिने, मेरा छोरीहरुलाई पनि दुःख दिने ताकि मैले आफ्नोलागि सुरक्षाकर्मी राख्नुपर्छ । यो त आफैंमा अजिब छ ।’ उनले अगाडि भने, ‘म सपनामा पनि सोच्न सक्दैन कि त्यो यदि हदसम्म गर्छ र मलाई मार्ने धम्की दिन्छ ।’ उनले आफूलाई धम्की दिने व्यक्ति को हुन् भन्ने खुलाएका छैनन् । कोरोना भाइरसविरुद्धको संघर्षमा फाउची डटेर लागेका छन्, जसका कारण उनी अमेरिकाभर चिन...