२०८१ बैशाख २५

Tag: covid-19 nepal

चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु

चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ।  भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आइतबार विहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए। Advertisement होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु भएको चितवनमा यो दोश्रो घटना हो। यसअघि खैरहनी नगरपालिकाकी १०८ वर्षीया वृद्धाको पनि घरमै मृत्युभएपछि कोरोना पुष्टि भएको थियो। आइतबार मृत्यु भएकी वृद्धा अल्सर र क्यान्सरकी बिरामी हुन्। ...
काठमाडौँ उपत्यकामा ४३१ संक्रमित, कुन जिल्ला कति ? (सूचीसहित)

काठमाडौँ उपत्यकामा ४३१ संक्रमित, कुन जिल्ला कति ? (सूचीसहित)

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार एकैदिन ६९६ जनामा कोरोना पुष्टि भएको थियो ।  शनिबारघटेर ४३१ जनामा मात्र संक्रमण पुष्टि भएको शनिबारको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  Advertisement मन्त्रालयका अनुसार आज काठमाडौँमा ३७७ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३७ र भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा देशभर १२०१ नयाँ संक्रमित थपिएका हुन् । योसँगै देशभर संक्रमितको संख्या ५२ हजार १२० पुगेको छ । १० हजार १०६ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय १६ महिला र ७८५ जना पुरुषमा संक्रमण देखिएको हो ।  ...
कोरोना संक्रमित काठमाडौंका मेयरको पाँचतारे होटलमा बास, जनताको भने बिचल्ली

कोरोना संक्रमित काठमाडौंका मेयरको पाँचतारे होटलमा बास, जनताको भने बिचल्ली

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोनाभाइरस संक्रमणपछि कहाँ होलान ? होम आइसोलेसनमा ? कुनै अस्पतालको आइसोलेसनमा ? वा आफैले बनाउने भनेर आश्वासन दिएको आइसोलेशन सेन्टरमा ? यदि तपाईँले यस्तै अनुमान गर्नुभएको छ भने तपाईँ गलत हुनुभयो । काठमाडौं महानगरपालिकाका जनताको मतबाट निर्वाचित भइ महानगर हाँकिरहेका शाक्य यतिबेला काठमाडौं सबैभन्दा महंगो आइसोलेसनमा छन् । उनी अहिले काठमाडौंको पाँच तारे होटल सोल्टीको विशेष कोठा बुक गरेर बसेको खुलेको हो ।  उनले आफू घरमै आइसोलेसनमा बस्दै आएको सार्वजनिक रुपमा बताउँदै आएपनि गोप्यरुपमा होटलको आइसोलेसनमा बस्दै आएको खुलेको हो ।  उनलाई गत भदौ १५ गते कोरोना संक्रमण भएको थियो । स्रोतका अनुसार मेयर शाक्य मात्र हैन उनकी श्रीमती पनि सोल्टीको विशेष आइसोलेसनमा सँगै छिन् । त्यहाँ उनलाई काठमाडौंको ग्राण्डी...
उपत्यकामा ५७२ जनामा कोरोना पुष्टि, देशभर कुल संक्रमित ५० हजार नाघे

उपत्यकामा ५७२ जनामा कोरोना पुष्टि, देशभर कुल संक्रमित ५० हजार नाघे

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी उपत्यकामा हालसम्मकै धेरै ५७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा उपत्यकामा सो संख्यामा कोरोना संक्रमित थपिएको हो । काठमाडौंमा ३ सातायता निषेधाज्ञा जारी रहेपनि संक्रमितको संख्या भने बढ्दो क्रममै रहेको हो । बिहीबारदेखि काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाइएकै दिन संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा बितेको २४ घण्टामा ४९५ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको छ।   यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितकोसंख्या ५० हजार नाघेको छ । गौ...
सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना

सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर सिरहा — सिरहामा बुधबार कोरोना पुष्टि भएका ६७ जनामध्ये ५९ जना कैदीबन्दी छन् । बाँकी सात जना सैनिक र एक जना मिर्चैया नगरपालिकाका स्थानीय छन् । सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना देखिएको हो । उनीहरूको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । पछिल्लो ३ दिनमा सिरहामा १ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । Advertisement यससँगै सिरहामा सक्रिय संक्रमितको संख्या २ सय ६५ पुगेको छ । हालसम्म ३ सय ५५ जना निको भएर घर फर्किसकेका छन् । १० जनाको कोरोनाले मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालयका अनुसार समुदाय स्तरमै कोरोना फैलिसकेको छ । संक्रमित थपिँदै गएपछि आइसोलेसन बेडको अभाव हुने देखिएको छ । सिरहामा जम्मा २ सय ५ बेडको आइसोलेसन छ । छपराडी अस्पतालमा ५०, जिल्ला अ...
कोरोना निको भएर डिस्चार्ज भएका एक वृद्धको मृत्यु

कोरोना निको भएर डिस्चार्ज भएका एक वृद्धको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर काठमाडौँ — कोरोना निको भएर घर फर्किएपछि एक ७१ वर्षीय वृद्धको मृत्यु भएको छ । तार्केश्वर नगरपालिका निवासी उनको संक्रमणमुक्त भएर घर फर्केको एक सातापछि मृत्यु भएको हो । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल (एपीएफ) मा भर्ना गरेर उपचार गरिएको थियो । भदौ १२ गते गरिएको पीसीआर परीक्षणको रिपोर्ट निगेटिभ आएपछि उनलाई एपीएफ अस्पतालले डिस्चार्ज गरेको थियो । साउन ३२ गते ज्वरो आएका कारण ग्रिन सिटी अस्पतालमा भर्ना भएका परीक्षण गराउँदा निमोनिया देखिएपछि कोभिड–१९ हुनसक्ने शंका गर्दै चिकित्सकहरुले उनको पीसीआर गराएका थिए । पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई भदौ ३ मा एपीएफ अस्पताल रिफर गरिएको थियो । त्यहाँ उनको अवस्था गम्भीर भएपछि ६ दिन भेन्टिलेटरमा राखेरै उपचार गरिएको थियो । मृतकका छोराका अनुसार अस्पतालबाट घर फिरेपछि उनको बुवाको अवस्था सामान्य हुँदै गएको थियो । उनी नि...
२४ घन्टामा थपिए १ हजार ४१ कोरोना संक्रमित

२४ घन्टामा थपिए १ हजार ४१ कोरोना संक्रमित

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर यो सँगै देशभर ४५ हजार २७७ जना संक्रमित पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ५७ हजार ९६३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १२ हजार ४७३ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७०१ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १७ हजार ८७० जना रहेको छ । २४ घन्टामा १ हजार ५६६ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २७ हजार १२७ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । निको प्रतिशत ६० रहेको छ । Advertisement ...
बुटवलका ल्याबमा कोरोना परीक्षण : एउटामा पोजेटिभ, अर्कोमा नेगेटिभ!

बुटवलका ल्याबमा कोरोना परीक्षण : एउटामा पोजेटिभ, अर्कोमा नेगेटिभ!

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी रुपन्देहीको बुटवलका मानिसलाई हिजोआज एउटा समस्याले सताइरहेको छ। त्यो हो कोरोना परीक्षणको रिपोर्ट। बुटवलका दुइटा प्रयोगशालाले एकै व्यक्तिको फरक/फरक रिपोर्ट दिएपछि मानिसहरू तनावमा छन्। प्रयोगशालाप्रति नै मानिसको विश्वास घटेको छ, हैरानी बढाइदिएको छ। प्रादेशिक प्रयोगशाला भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र नेशनल प्याथल्याब बुटवललाई पिसिआर परीक्षणको अनुमति छ। तर बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र नेशनल प्याथ ल्याबमा एउटै व्यक्तिको स्वाब परीक्षणको रिपोर्ट एउटामा पोजिटिभ र अर्कोमा नेगेटिभ आएको छ। गत अगष्ट २३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब संकलन गरी परीक्षण गरेका बुटवलका २० वर्षीय पुरूषको पिसिआर गर्दा कोरोना पोजेटिभ देखायो। उनको स्वाब नमूना नम्बर ८६९७ हो। उनले भोलिपल्ट नेसनल प्याथ ल्याबमा फेरि स्वाब परीक्षण गराएका थिए। .....१२२२ आइडी न...
धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको क्रममा विराटनगरका एक जना ४३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृतक महिला विराटनगर ११ निवासी हुन्। शुक्रबार  साँझ साढे ६ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।  उनलाई बिहीबार कोभिड-१९ पुष्टि भएपछि न्युरो अस्पताल विराटनगरले त्यहाँका लागि रिफर गरेको थियो। Advertisement विपीमा शुक्रबार उनी भर्ना भएकी थिइन्। मृतकलाई श्वासप्रश्वासमा कठिनाइ हुनुकासाथै ३ दिनदेखि पेट र छाती दुख्ने समस्या थियो। उनी विगत ४ वर्षदेखि उच्च रक्तचापबाटसमेत पीडित रहेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए। मृतकको शव नियमानुसार व्यवस्थापनको तयारी भइरहेको छ। योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको संख्या २२ पुगेको छ। ...
कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं – मोरङ, नवलपरासी र रुपन्देही गरी कोरोना भाइरस संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना, धरान घोपा आईसोलेनमा उपचार भइरहेका एक जना र कोशी अस्पतालमा उपचार गराइरहेका एक जना गरी तीन जना संक्रमितको मृत्यु  भएको हो ।  शुक्रबार मोरङ बिराटनगर मनपा–४ की ६४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको र स्वाव संकलनपछि कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान धरानमा बिराटनगर–११ की ४३ वर्षीया महिलामा श्वासप्रश्वासमा कठिनाइ हुने, पेट र छात्ती दुख्ने लक्षण देखिएपछि कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भएपछि न्यूरो अस्पताल बिराटनगरबाट रिफर गरिएको र उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानक...