२०८१ बैशाख १४

Tag: covid-19 nepal

पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ जनासहित ५६ प्रहरीमा कोरोना संक्रमण

पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ जनासहित ५६ प्रहरीमा कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । बिहीबार पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्दोलन नियन्त्रणमा खट्ने एक इन्स्पेक्टरसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । श्रोतका अनुसार आन्दोलन नियन्त्रणमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । त्यहाँ खटिएका प्रहरीले केही दिन अघि नै स्वाब दिएका थिए । Advertisement उनीहरुको रिपोर्ट शुक्रबार आएको हो । सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको प्रहरीको उच्च स्रोतले जनाएको छ । ...
बर्दिबासमा आत्महत्या गरेकी महिलामा कोरोना पुष्टि

बर्दिबासमा आत्महत्या गरेकी महिलामा कोरोना पुष्टि

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी महोत्तरीको बर्दिबास नगरपालिकामा आत्महत्या गरेकी ८५ वर्षीया वृद्धामा कोरोना पुष्टि भएको छ। बर्दिबास नपा ३ की ती महिलाको गत भदौ १५ गते कोरोना परीक्षण गरिएकोमा रिपोर्ट नआउँदै उनले बुधबार बिहान करिब साढ़े ६ बजेको समयमा झुन्डिएर आत्महत्या गरेकी थिइन्। Advertisement उनको रिपोर्ट हिजो दिउँसो मात्रै आएको बर्दिबास नगरपालिकाका नगर प्रमुख बिदुर कार्कीले जानकारी दिए। यसअघि मृतकको घरका अन्य ३ जनामा समेत भदौं ११ गते कोरोना संक्रमण पृष्टि भएको थियो। ...
पहिलो अन्तर्राष्ट्रिय पदक विजेता ओलम्पियन केसीलाई कोरोना

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता ओलम्पियन केसीलाई कोरोना

खेलकुद, देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीलाई कोरोना भाइरसको संक्रमण भएको छ। केसीलाई सोमबार कोरोना भाइरसको संक्रमण भएको हो। सुरुमा दिसामा रगत देखिएपछि उनलाई बयोधा हस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो। उपचारअघि उनको कोरोनाको परीक्षण गर्न स्वाब निकालिएको थियो। जसमा उनलाई कोरोना लागेको देखिएको हो। लक्षण नदेखिएका उनी अहिले घरमै आइसोलेसनमा बसेका छन्। अस्पतालले दिएको औषधी भने उनले खाइरहेका छन्। Advertisement उनले सन् १९७३ को एसियन ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिपमा कास्य पदक जितेका थिए। फिलिपिन्समा भएको प्रतिस्पर्धामा उनले जितेको सो पदक नेपालले औपचारिक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जितेको पहिलो पदक हो। त्यसअघि उनले नेपालको प्रतिनिधित्व गर्दै उनले सन् १९७२ को म्यूनिख ओलम्पिक्समा राष्ट्रिय झण्डा ब...
देशभर १०६९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ४० हजार नाघे

देशभर १०६९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ४० हजार नाघे

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५२९ पुगेको हो ।  यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको गौतमले जानकारी दिए । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ।  यस्तै संस्थागत आइसोलेशनमा १० हजार ८३२ र होम आइसोलेशनमा ७ हजार २८० जना रहेका छन् । १२ हजार ८८ जनाको पीसीआर परीक्षण भएको गौतमले बताए ।यस्तै पछिल्लो २४ घण्टामा डिस्चार...