२०८१ जेष्ठ ४

Tag: covid-19 nepal

धरानमा कोरोनाबाट थप एकको मृत्यु, बीपीमा मृत्यु हुनेको संख्या ४० पुग्यो

धरानमा कोरोनाबाट थप एकको मृत्यु, बीपीमा मृत्यु हुनेको संख्या ४० पुग्यो

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा थप एक कोरोना संक्रmमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान–१५ का ५५ वर्षीय पुरुष रहेका छन् ।  मिर्गौलासम्बन्धी समस्या रहेका उनमा असोज १६ गते कोरोना पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना भएका थिए ।  Advertisement उनको उपचारका क्रममा सोमबार बिहान ६ः४५ मा मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए ।  यससँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको श्रेष्ठले जानकारी दिए ।  हालसम्म सो अस्पतालमा ८२३ जना भर्ना भएकामा ७४६ जना डिस्चार्ज भइसकेका छन् ।   ...
७०० कैदीलाई कोरोना, आठको मृत्यु

७०० कैदीलाई कोरोना, आठको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी मलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए । त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । बाँके र मोरङ्मा एकरएक जनाको निधन भएको सापकोटाले बताए । प्राप्त विवरणअनुसार अहिलेसम्म विभिन्न कारागार कार्यालयका एक हजार ९०० बढीको पिसिआर परीक्षण भएको थियो । त्यसमध्ये ७०० पोजिटिभ भएको र झण्डै २०० उपचारपछि निको भएको जनाइएको छ । विभागले ज्वरो, खोकी आएका र सम्भावित लक्षण देखिएकाको परीक्षण गर्ने गरेको छ ।  Advertisement सङ्क्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरी उच्च सावधानी अपनाइएको र बाहिरको भेटघाटलाई ...
उपत्यकाका मेयर भन्छन्–अब लकडाउन हैन, कोरानासँग लड्दै काम गरौँ

उपत्यकाका मेयर भन्छन्–अब लकडाउन हैन, कोरानासँग लड्दै काम गरौँ

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । सबैभन्दा धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । काठमाडौंमा जारी निषेधाज्ञा हटाउनुका साथै लामो दुरीको सवारी सञ्चालन हुन थालेपछि काठमाडौं उपत्यका कोरोना संक्रमणको केन्द्र बनेको छ ।  पछिल्लो समय देशभरीको कोरोना संक्रमणको आँकडाको तुलना गर्दा उपत्यकामा दैनिक ५० देखि ६० प्रतिशत हाराहारी कोरोना संक्रमित फेला पर्न थालेका छन् । उपत्यकामा नगर प्रमुखहरुमा समेत कोरोना संक्रमण हुन थालेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य उपचारपछि फर्किएका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ आइसोलेसनमा रहेका छन् ।  राजधानी प्रवेश गर्ने प्रमुख नाकाको रुपमा रहेको नागढुङ्गा नाका काठमाडौंको चन्द्रागिरी नगरपालिका अन्तर्गत पर्छ । सो नगरपालिकामा ६ जनाको संक्रमणबाट निधन भएको छ । २५ जना अस्पताल र ८५...
काठमाडौंपछि सबैभन्दा धेरै संक्रमित मोरङमा थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौंपछि सबैभन्दा धेरै संक्रमित मोरङमा थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । आइतबार काठमाडौंमा ६३३ जना कोरानाभाइरस संक्रमित थपिएका छन् । जसमा २३० महिला र ४०३ पुरुष रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंपछि सबैभन्दा धेरै मोरङमा १५२ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी ललितपुरमा १०४, भक्तपुरमा ७२ संक्रमित थपिएका छन् ।  मन्त्रालयका अनुसार आइतबार देशभर थप १५७३ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । संक्रमितमध्ये हालसम्म ५३ हजार ८९८ जना निको हुँदा सक्रिय संक्रमित १९ हजार १९ जना रहेका छन् ।  यसैगरी आइतबार थप १० जनाको मृत्यु भएको छ भने यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।  हाल देशभर २२५ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमणमुक्त रहेका छन् ।  Advertisement ...
पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार मंगलबार थपिएकासहित हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ६६ हजार ६३२ पुगेको छ। त्यस्तै सोही अवधिमा जना कोरोनाबाट ८२३ मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ। Advertisement कोरोनाबाट निको हुनेको दर ७२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा मृतक थप २ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ४२९ जनामा कोरोना पुष्टि भएको छ। ...
कोरोना परीक्षणको व्यवस्थासहित काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

कोरोना परीक्षणको व्यवस्थासहित काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

देश, राजनीति, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न असोज १९ गते दिउँसो २ बजे  पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । कोभिड–१९ को महामारीका कारण बैठक अगाडि काँग्रेसले  पदाधिकारी, सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना परीक्षण पनि गर्ने भएको छ । त्यसका लागि असोज १५ गते बिहान ११ बजेबाट ३ बजेसम्म सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र कर्मचारीहरुलाई अनिवार्य पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।  ...
सोमबार थपिए १ हजार १ सय ५४ कोरोना संक्रमित, थप १६ जनाको मृत्यु

सोमबार थपिए १ हजार १ सय ५४ कोरोना संक्रमित, थप १६ जनाको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी सोमबार थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ। Advertisement हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ।  पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ। ...
उपत्यकामा ७११ संक्रमित थपिए, ५ जनाको मृत्यु

उपत्यकामा ७११ संक्रमित थपिए, ५ जनाको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar ३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५७० जना, भक्तपुरका ८३ र ललितपुरका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । Advertisement थप ५ जनाको मृत्यु भएको छ । ललितपुरका ६८ र ७६ ववर्षीया महिल.ला तथा ६० वर्षका पुरुष तथा काठमाडौंका ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुषको मृत्यु भको हो । ...
कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाहरुको भेलाको ठहर– दुई हजारमा परीक्षण असम्भव

कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाहरुको भेलाको ठहर– दुई हजारमा परीक्षण असम्भव

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर सोमबार धुम्बराईस्थित ह्याम्स अस्पतालमा काठमाडौं उपत्यकामा परीक्षणको इजाजत पाएका काठमाडौं मेडिकल कलेजबाहेकका सबै प्रयोगशालाहरु भेला भएर सरकारले पछिल्लोपटक कायम गरेको मूल्यलाई पुनरावलोकन गर्नका लागि अनुरोध गर्ने निर्णय गरेका हुन् । केही निजी प्रयोगशालाहरु सरकारले सुरुमा कायम गरेको अधिकतम मुल्य ५५ सय रुपैयाँलाई घटाएर ४४ सय कायम गर्दा नै असन्तुष्ट थिए भने त्यसलाई पनि घटाएर २ हजार कायम गरेपछि सरकारविरुद्ध एकताबद्ध भएका हुन् । Advertisement ह्याम्स अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माको अध्यक्षतामा आयोजित भेलाले गरेको निर्णयमा उपत्यका बाहिरका प्रयोगशालाले समेत ऐक्यबद्धता जनाउने मौखिक जानकारी दिएको बताइएको छ । कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाहरुको भेलाले सरकारलाई कोरोना महामारीको व्यवस्थापनका लागि सहयोग गरिरहेको अवस्थ...
कोरोना बीमामा नयाँ मापदण्ड, संक्रमण पुष्टि भए २५ हजार

कोरोना बीमामा नयाँ मापदण्ड, संक्रमण पुष्टि भए २५ हजार

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २९ भदौ, काठमाडौं । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ र, नयाँ बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि हुनासाथ बिमांक रकमकाे २५ प्रतिशत मात्र दिने भएको छ । आइसोलेसनमा बस्नु परेमा बिल भर्पाईका आधारमा थप ७५ प्रतिशतसम्म दिइनेछ । समितिका अनुसार भदौ २८ सम्म कोरोना बीमा गरेकाहरुको हकमा भने नयाँ मापदण्ड लागू हुने छैन । उनीहरुले संक्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ पाउनेछन् । व्यक्तिगत रुपमा ६ सय रुपैयाँ तिरेर र सामूहिक रुपमा प्रतिव्यक्ति ३ सय रुपैयाँ तिरेर बीमा गर्न सकिने व्यवस्था छ । समितिले ७५ करोड रकम उठाइसकेपछि भदौ १९ मा निजी ल्याबमा कोरोना परीक्षण गरेकाहरुलाई बीमा रकम नदिने बताएको थियो । तर चौतर्फी आलोचना गरेपछि समितिले आइतबार मात्र निजी ल्याबको रिपोर्टलाई पनि मान्यता दिने निर्णय गरेको थियो । Advertisement नयाँ...