२०८१ बैशाख १५

Tag: accident

सिन्धुली बोलेरो दुर्घटना : एक महिलाको मृत्यु

सिन्धुली बोलेरो दुर्घटना : एक महिलाको मृत्यु

देश, समाचार, सामाजिक
सिन्धुली । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मंगलबार तीनपाटन गाउँपालिका–४ टोड्केपानीमा डबल क्याब बोलेरो दुर्घटना हुँदा एक महिलाको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा पाँच जना घाइते भएका छन् । दुर्घटनामा सिन्धुलीको तीनपाटन गाउँपालिका–११ का ६५ वर्षीया चम्पामाया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । Advertisement दुर्घटनामा दुधौली नगरपालिका–४ वनधारा ३२ वर्षीया सतिनीमाया तामाङ, ७० वर्षका प्रेमलाल श्रेष्ठ, दुधौली नगरपालिका–३ कालापानी बस्ने ५३ वर्षीय  पृथ्वीनारायण श्रेष्ठ, दुधौली–६ हर्षाही ५५ वर्षीया दुर्गा श्रेष्ठ र तिपपाटन गाउँपालिका–१० वाङरिङ ६३ वर्षीया मनमाया गौतम घाइते भएको खत्रीले जानकारी दिए । घाइतेको आमा मेमोरियल अस्पताल डकाहा र सिन्धु...
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

देश, समाचार, सामाजिक
भक्तपुर । भक्तपुरको मध्यपुर थिमीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर उकालोमा आज भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको लु२ख ६७८ नंको ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो । Advertisement ट्रकको पछाडिको भागले सोही दिशातर्फ जाँदै गरेको बा८२प ९७३७ नंको स्कुटरलाई ठक्कर दिई ट्रकको पछाडिपट्टिको चक्काले किच्दा स्कुटर चालक सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ५८ वर्षीय नरहरि न्यौपानेको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । दुर्घटनापछि उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर लगे पनि चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए । घटनापछि प्रहरीले दुवै सवारी साधन र ट्रक चालक रुपन्देही सियारी गाउँपालिका–२ बस्ने ४० वर्षीय ओमप्रकाश चमारलाई नियन्त्रणमा...
ब्रेक फेल ट्रकले ८ सवारी साधनलाई ठक्कर दियो : १ जनाको मृत्यु

ब्रेक फेल ट्रकले ८ सवारी साधनलाई ठक्कर दियो : १ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२६ मंसिर, काठमाडौं । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा ८ वटा सवारी साधनलाई ठक्कर दिएर क्षति पुर्‍याएको छ । Advertisement घटनास्थलमै मृत्यु हुनेको पुरुषको पहिचान नखुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । ट्रकले सडक नजिकैको एउटा घरमा पनि क्षति पु¥याएको ट्राफिक प्रहरी महाशाखाका प्रमखु एसएसपी जनक भट्टराईले जानकारी दिए । Credit: OnlineKhabar ...
मध्यरातमा कार दुर्घटनाः तीन युवक घाइते,  युवतीको मृत्यु

मध्यरातमा कार दुर्घटनाः तीन युवक घाइते, युवतीको मृत्यु

देश, समाचार, सामाजिक
भक्तपुर । भक्तपुरमा गएराति भएको कार दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने तीन युवक घाइते भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीका अनुसार गएराति १२ बजेर ४७ मिनेटमा मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा काठमाडौँतर्फ जादै गरेको कार दुर्घटना परेको थियो ।  घटनामा मध्यपुरथिमी नगरपालिका– १, लोकन्थी बस्ने कार चालक २६ वर्षका रञ्जित कार्की, सोही नगरपालिका– ५ राधेराधे बस्ने वर्ष २६ का विजय देउजा सुर्यविनायक नगरपालिका– ४ गाम्चा बस्ने २७  वर्षका सुदप थापा घाइते भएको उनले बताए ।  Advertisement प्रहरी कार्यालय रानीपोखरीबाट सो खवर प्राप्त हुनासाथ घटनास्थल पुगेको र सडक किनारमा अचेत अवस्थामा लडेकी रियालाई तत्कालै उपचारार्थ मध्यपुर अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।  मृतक श्रेष्ठ समेत तीन जन...
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु : देउखुरी

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु : देउखुरी

देश, समाचार
देउखुरी । मोटरसाइकलको ठक्करबाट देउखुरीमा आज बिहान एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।  Advertisement बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ७५६० नंको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री बाँठामगरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । मोटरसाइकल चालक लमही नगरपालिका–८ धनपुरुवा निवासी २२ वर्षीया लीला चौधरी पनि घाइते भएको र अहिले बुटवलमा उपचार भइरहेको प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिए । साभार: रातोपाटी ...
ट्रकको ठक्करबाट १ जनाको मृत्यु : बुटवल

ट्रकको ठक्करबाट १ जनाको मृत्यु : बुटवल

देश, समाचार, सामाजिक
बुटवल । बुटवलमा ट्रकले ठक्करबाट आज दिउँसो एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलको पुष्पलाल पार्कबाट राजमार्ग चाौराहतर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्वरको ट्रकले सोही दिशातर्फ जाँंदै गरेको लु ४९ प २५२ नंम्वरको स्कुटरलाई ठक्कर दिँदा बुटवल ८ बस्ने भरत शर्माको  मृत्यु भएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  साभार: रातोपाटी ...
ट्रकले किचेर साहुको दर्दनाक मृत्यु : नागढुङ्गा

ट्रकले किचेर साहुको दर्दनाक मृत्यु : नागढुङ्गा

देश, समाचार, सामाजिक
काठमाडौँको नागढुङ्गामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ट्रकका साहु रहेका छन् । चन्द्रागिरि नगरपालिका–२ पिपलबोट मोडस्थित सडकमा ना६ख ९७४८ नंको ट्रकले किचेर सोही ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मङ्गलबार मृत्यु भएको हो । Advertisement महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक जेजङ्ग कार्कीले ट्रकभरि सामान लिएर आएको उक्त ट्रकलाई मोड नपुगेपछि साहु विष्ट ट्रकबाट झरेर मोड मिलाउन खोज्दा पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको जानकारी दिए। प्रहरीले ट्रकका चालक सुनसरीका ४२ वर्षीय गोविन्द माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । साभार: रातोपाटी ...
सवारी दुर्घटना हुँदा  दुई जना घाइते, दुई जनाको मृत्यु : झापा

सवारी दुर्घटना हुँदा दुई जना घाइते, दुई जनाको मृत्यु : झापा

देश, समाचार, सामाजिक
३ मंसिर, झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी बुधबार दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–३ का ११ वर्षीय दिप्सन कँडेल रहेका छन् भने अर्का मृतकको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । उनका अनुसार मोटरसाइकलमा पछाडि बस्ने सोही वडाकी ३९ वर्षीया सावित्रा कँडेल र ३१०२०४२ प ७९८२ नम्बरको ‘अनटेस्ट’ लेखिएको अर्को मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ बस्ने २२ वर्षीय गगन तामाङ घाइते भएका छन् । उनीहरु दुवै जनाको विर्तामोडमा रहेको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । Advertisement सुरुमा पश्चिमबाट पूर्व आउँदै गरेको मे २ प ४८४७ नं को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ३१०...
सहचालकलाई गाडी चलाउन दिँदा अनाहकमा गयो तीन जनाको ज्यान : कलंकी दुर्घटना

सहचालकलाई गाडी चलाउन दिँदा अनाहकमा गयो तीन जनाको ज्यान : कलंकी दुर्घटना

देश, समाचार, सामाजिक
काठमाडौँ । बिहीबार एकाबिहानै बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने गाडी कलंकी सडकखण्डमा तीब्र गतिमा हुइँकिदै थियो । गाडीमा चालक र सहचालकसहित पाँजना सवार थिए । सोही क्रममा अचानक बिहानको ३ः२५ बजे कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङका रोकिराखेको ट्रकमा सो गाडी ठोक्कियो । पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा ठोक्किँदा चारजना गम्भीर घाइते भए । घाइतेहरुलाई तत्कालै उपचारको लागि नजिकैको सहिद मेमोरियल अस्पताल लगियो । उपचारको क्रममा घाइतेमध्ये तीनजनाको मृत्यु भएको छ ।  नुवाकोट तार्केश्वर गाउँपालिका घर भएका ३७ वर्षीय माधव घिमिरे, सुन्दरादेवी गाउँपालिका घर भएका २४ वर्षीय रोशन तामाङ र तारकेश्वरकै २७ वर्षीय भुपेन्द्र तामाङको दुर्घटनामा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अपिलराज बोहोराले बताए । डीएसपी बोहोराका अन...
टिपर दुर्घटनामा दुई को मृत्यु

टिपर दुर्घटनामा दुई को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० कात्तिक, कावासोती । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिपर भिरबाट खस्दा बिहीबार दुई जनाको मृत्यु भएको छ । Advertisement विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको टिपर दुर्घटनामा परेको हो । भिरबाट करिब तीन सय मिटर तल टिपर खस्दा चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरी थापा र सहचालक सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवपुरका सूचना अधिकारी बिशाल तामाङले बताए । Credit: OnlineKhabar ...