२०८१ बैशाख १४

Tag: accident

सडक दुर्घटनामा थप एकसहित दुईको मृत्यु : सप्तरी

सडक दुर्घटनामा थप एकसहित दुईको मृत्यु : सप्तरी

देश, समाचार, सामाजिक, स्वास्थ्य
सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियास्थित बेरवामा कार र सिटीरिक्सा एकाआपसमा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ का ७० वर्षीय बेचनलाल माझी रहेको इलाका प्रहरी कार्यालयका कंचनपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।  ठक्करबाट गम्भीर घाइते भएका माझीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा२१च ६३९ नंको कार र विपरीत दिशाबाट आउँदै गरेको सिटीरिक्सा एकापसमा ठोकिएको थियो । Advertisement यसअघि हिजोमात्रै सोही दुर्घटनामा परी हनुमाननगर कङ्कालनी नगरपालिका– १ भारदहका ७० वर्षीय बद्री मुखियाको मृत्यु भएको थियो । ठक्करबाट गम्भीर घाइते भएका मुिखयाको भारदहस्थित अस्पत...
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु : पाल्पा

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु : पाल्पा

देश, समाचार, सामाजिक
पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटनाबाट आज एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका –३ सिरुखर्कस्थित पाल्पा –गुल्मी पक्की सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तानसेन –१४ अर्गलीका मोटरसाइकल चालक ३९ वर्षीय हरिप्रसाद ज्ञवालीको मृत्यु भएको हो । Advertisement जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेनदेखि रिडी, गुल्मीतर्फ जाँदै गरेको लु १९ प ८१७५ नम्बरको मोटरसाइकल मध्याह्न अनियन्त्रित भई सडकमा पल्टिँदा गम्भीर घाइते भएका ज्ञवालीको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको थियो ।   मोटरसाइकल पछाडि सवार घाइते गुल्मी, ग्वादी गाउँपालिका –४ बस्ने ४३ वर्षीय अनिल ज्ञवाली भने लुम्बिनी मेडिकल कलेजमा उपचारपछि घर फर्केको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
दुर्घटनामा सहचालकको मृत्यु: सल्यान

दुर्घटनामा सहचालकको मृत्यु: सल्यान

देश, समाचार, सामाजिक
सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६  जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ । छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।  Advertisement डिजेल बोकेर गएको ट्रयाक्टर आज बिहान दुर्घटनामा परेको थियो । जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदैँ आएको छ ।   साभार: रातोपाटी ...
सप्तरीको  कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा आज दुई जनाको दुर्घटनामा मृत्यु

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा आज दुई जनाको दुर्घटनामा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पूर्वपश्चिम राजमार्गअन्तर्गत  सप्तरीको  कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा आज  भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो । Advertisement उक्त दुर्घटनामा परी साइकल चालक मोरङ, उर्लाबारी नगरपालिका निवासी ५५ वर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरी, सप्तकोशी नगरपालिका –७ निवासी मुकेश सिंहको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनेश्वर साहले बताए ।  श्रेष्ठको विराटनगर र सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तकोशी– ७ का २५ वर्षीय अनिलकुमार यादव घाइते भई स्थानीय अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।  साभार: रातोपाटी ...
तीन महिनाभित्र गण्डकी प्रदेशमा सवारी दुर्घटनालेगर्दा ३९ को मृत्यु

तीन महिनाभित्र गण्डकी प्रदेशमा सवारी दुर्घटनालेगर्दा ३९ को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
चालु आर्थिक वर्षको तीन महिनामा सवारी साधन दुर्घटनामा परी गण्डकी प्रदेशमा ३९ जनाले ज्यान गुमाएका छन् ।  दुर्घटनाका कारण सबैभन्दा बढी कास्कीमा ११ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले जनाएको छ ।  प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै सवारी साधन दुर्घटना नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा भए पनि ज्यान गुमाउने कास्कीमा धेरै छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार प्रदेशका ११ जिल्लामा तीन महिनाको अवधिमा जम्मा १०२ वटा सवारी साधन दुर्घटना परेका छन् ।  नवलपरासी पूर्वमा मात्रै ४८ वटा सवारी साधन दुर्घटनामा परेका भन्दै उनले ती दुर्घटनामा सात जनाले ज्यान गुमाएका जानकारी दिए ।  कास्कीमा २२ वटा सवारी साधन दुर्घटनामा ११, तनहूँमा १० वटा सवारी साधन दुर्घटनामा चार, स्याङ्जामा नौ वटा सवारी सा...
बसको ठक्करले पैदल यात्रुको मृत्यु

बसको ठक्करले पैदल यात्रुको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौँको सामाखुशीमा बसको ठक्करबाट आज एक पैदल यात्रुको मृत्यु भएको छ ।  काठमाडौँ महानगरपालिका–२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट झापा पञ्चगाक्षी गाउँपालिका–४ का ३१ वर्षीय अशोक ताजपुरीयाको मृत्यु भएको हो ।  Advertisement बसको ठक्करबाट गम्भीर घाइते ताजपुरीयाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  ठक्कर दिने बसको चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
उदयपुर जिप दुर्घटनामा : ५ जनाको मृत्यु, ३ घाइतेको उद्धार

उदयपुर जिप दुर्घटनामा : ५ जनाको मृत्यु, ३ घाइतेको उद्धार

देश, समाचार, सामाजिक
काठमाडौं । उदयपुरको कटारी–१४ मा स्कोर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ३ जना घाइतेलाई प्रहरीले उद्धार गरेर कटारीस्थित अस्पतालमा पठाएको छ । भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कर्पियो गएराती १ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले रातोपाटीलाई बताए । Advertisement दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ घर भएका ४६ वर्षीय रामबहादुर सार्की र २७ वर्षीय कर्मे सार्कीको मृत्यु भएको छ । अन्यको सनाखत भएको छैन । सिद्धिचरण राजमार्गमा पर्ने भदौरे भिरबाट स्कोर्पियो खस्दा ३ जना घाइते भएका छन् । घाइते हुनेमा रुपन्देहीका घर भएका २८ वर्षीय चालक पवन खड्का, ओखलढुंगा मानेभञ्ज्याङ–९ की १८ वर्षीया कल्पना सार्की र ३३ वर्षीया कुमारी सार्की छन् । डिएसपी गौतमका अनुसार चालकको अवस्था गम्भिर छ । साभार...
बुटवलमा भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

बुटवलमा भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी रुपन्देही । यहाँ छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवलमा एक जनाको बेवारिसे शव फेला परेको छ भने एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । सियारी गाउँपालिका–१ नागथानका  ४० वर्षीय कृष्णबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । Advertisement नहरबाट मोटर लगाई पानी तानी आफ्नै बारीमा लगाउने क्रममा बिहान ११ः५० बजे  उहाँलाई करेन्ट लागेको थियो । यस्तै बुटवल उपमहानगरपालिका–३ गोलपार्कस्थित सिद्धार्थ राजमार्गको नालीमा बिहान बेवारिसे शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटी लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षणका राखिएको जनाइएको छ ।  ...
दुर्घटनामा मृत्यु

दुर्घटनामा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी गए राति अरनिको राजमार्गखण्डअन्तर्गत  सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटर साइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको हो ।  Advertisement भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको डाक्टर इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  मोटरसाइकल पछाडि सवार सात वर्षीया प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए । ...
बैतडीमा जिप दुर्घटना हुँदा १० जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा १० जना घाइते

देश, समाचार, सामाजिक
Credit: OnlineKhabar २३ असोज, काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका-४, आमचौरस्थित सडकखण्डमा शुक्रबार जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आमचौरबाट कुलाउतर्फ जाँदै गरेको से.१ ज ८८८ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खस्दा जिपमा सवार १० जना घाइते भएको बैतडी प्रहरीले जनाएको छ । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका-४ का ४५ वर्षीय बलबीर सार्की लगायत १० जना रहेका छन् । Advertisement प्रहरीका अनुसार घाइतेहरुलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि डडेल्धुरातर्फ पठाइएको छ । जिपका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ...