२०८० चैत्र १५

मध्यरातमा कार दुर्घटनाः तीन युवक घाइते, युवतीको मृत्यु

भक्तपुर । भक्तपुरमा गएराति भएको कार दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने तीन युवक घाइते भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीका अनुसार गएराति १२ बजेर ४७ मिनेटमा मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा काठमाडौँतर्फ जादै गरेको कार दुर्घटना परेको थियो । 

घटनामा मध्यपुरथिमी नगरपालिका– १, लोकन्थी बस्ने कार चालक २६ वर्षका रञ्जित कार्की, सोही नगरपालिका– ५ राधेराधे बस्ने वर्ष २६ का विजय देउजा सुर्यविनायक नगरपालिका– ४ गाम्चा बस्ने २७  वर्षका सुदप थापा घाइते भएको उनले बताए । 


Advertisement


प्रहरी कार्यालय रानीपोखरीबाट सो खवर प्राप्त हुनासाथ घटनास्थल पुगेको र सडक किनारमा अचेत अवस्थामा लडेकी रियालाई तत्कालै उपचारार्थ मध्यपुर अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । 

मृतक श्रेष्ठ समेत तीन जनालाई लिएर काठमाडौँतर्फ जाने क्रममा दुर्घटना भएको आइतबार बिहान मात्र प्रहरीको नियन्त्रणमा आएका चालक कार्कीले प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन् । 

यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकारी डीएसपी गिरीले जानकारी दिए । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap