२०८१ बैशाख १५

टिपर दुर्घटनामा दुई को मृत्यु

२० कात्तिक, कावासोती । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिपर भिरबाट खस्दा बिहीबार दुई जनाको मृत्यु भएको छ ।


Advertisement


विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको टिपर दुर्घटनामा परेको हो ।

भिरबाट करिब तीन सय मिटर तल टिपर खस्दा चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरी थापा र सहचालक सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवपुरका सूचना अधिकारी बिशाल तामाङले बताए ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap