२०८१ बैशाख ८

Tag: accident

अटो रिक्सा आपसमा ठोक्किँदा २० वर्षीया युवतीको मृत्यु

अटो रिक्सा आपसमा ठोक्किँदा २० वर्षीया युवतीको मृत्यु

देश, समाचार, सामाजिक
साभार: रातोपाटी सिरहा । सिरहाको लहान–ठाडी सहायक सडकखण्डको सखुवानन्कारकट्टी गाउँपालिका– ५ महेशबारीमा दुई अटोरिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।  दक्षिणबाट उतरतर्फ जाँदै गरेको स१ह ३३२० नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट अटोरिक्सा आपसमा ठोक्किँदा स१ह ३३२० नम्बरको अटोरिक्सामा सवार सिरहाको भगवानपुर गाउँपालिका– १ निवासी २० वर्षीया रञ्जुकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते रञ्जुलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही अटोरिक्सामा सवार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ६ निवासी ६५ वर्षीय मोहम्मद रहमान, ३० वर्षीय मोहम्मद अब्दुला राइन र भगवानपुर गाउँपालिका– १ निवासी ३० वर्षीया पुनम यादव घाइते भएको र उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी ...
भीमफेदी सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो (अपडेट)

भीमफेदी सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो (अपडेट)

देश, समाचार, सामाजिक
साभार: रातोपाटी मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा आज मध्याह्न भएको सुमो दुर्घटनामा परी मृत्यु हुने तीन जना पुगेका छन् ।  ना १ ज ४१०६ नम्बरको सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै तथा एक जनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । थप मृत्यु हुनेमा झापा जिल्लाकी २५ वर्षीया देवीकुमारी गिरी रहेको प्रहरीले जनाएको छ । Advertisement घाइतेको हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीरर रहेको प्रहरीले जनाएको छ । घटनास्थमा मृत्यु भएका दुई जनाको पहिचालन खुल्न नसकेको बताइएको छ । आज बिहान ११ बजे हेटौंँडाबाट काठमाडौँ लागि छुटेको दक्षिणकाली सुमो सेवाको गाडी चिसापानी गढीमा दुर्घटना हुँदा सडकबाट झण्डै १०० मिटर तल ...
बारामा बसले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्, श्रीमती र छोराको मृत्यु

बारामा बसले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्, श्रीमती र छोराको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी बारामा बसको ठक्करबाट स्कुटरमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो साढे ४ बजे जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित पुर्वपश्चिममा ना ४ ख ७२४४ नम्बरको बसले प्रदेश न २-०३-००४ प ४४४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। Advertisement निजगढबाट पथलैयातर्फ जाँदै गरेको बसले निजगढतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो। उक्त ठक्करबाट निजगढ नगरपालिका-१० का २५/२६ वर्षीय तिर्थ मान स्याङ्तान, उनकी श्रीमती २२/२३ वर्षीया ज्योती स्याङ्तान र  एक वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ। ती बालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। दुर्घटनापछि बसका चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक डिएसपी गौतम मिश्रले जानकारी दिए। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ...
मोटर मर्मत गर्न इनारमा पसेका दुईको मृत्यु, एक जनाको उपचार हुँदै

मोटर मर्मत गर्न इनारमा पसेका दुईको मृत्यु, एक जनाको उपचार हुँदै

देश, समाचार, सामाजिक
साभार: रातोपाटी मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटर पम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुई जनाको मृत्यु भएको छ । दुवै जनाको शव आज नेपाली सेनाको टोलीले इनारबाट निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार होटल सञ्चालकका छोरा ३० वर्षीय सुरज साह मोटरपम्प मर्मत गर्न भन्दै बिहान ९ बजे इनारमा पसेका थिए । साह बाहिर नआएपछि उनलाई खोज्न स्थानीय १६ वर्षीय उत्सव नेपाली पनि इनारमा पसेका थिए । Advertisement दुवै लामो समय बाहिर नआएपछि स्थानीय आनन्द लो डोरीको सहाराले इनारमा पसेका थिए । लो पनि इनारको बीच भागमा पुगेपछि बेहोस भएका थिए । त्यसपछि होटलका सञ्चालकले प्रहरीलाई खबर गर्नासाथ नेपाली सेनाको टोली घटनास्थल पुगेर इनारमा पसेर हे...
मकवानपुरमा जीप दुर्घटना, दुई बालकको मृत्यु

मकवानपुरमा जीप दुर्घटना, दुई बालकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी मकवानपुर । मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । Advertisement मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको ना १ ज ७१७५ नंको बोलेरो जीप आज दिउँसो दुर्घटना हुँदा दुबै बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका राक्सिराङ गाउँपालिका–३ का २७ वर्षीय सुरज शाहीलाई थप उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।  जीप चालक राक्सिराङ–५ का भीषण प्रजालाई प्रहरीले नियन्त्रणमा लिइ घटनाका विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।  ...