SYM शुद्ध सकारात्मकता
सुदूरपश्चिम प्रदेश ः विद्यार्थीका हात हातमा पाठ्यपुस्तक
Representative Image
शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले पाठ्यपुस्तक वितरण अगाडि बढाएको छ । केन्द्रले प्रदेशका पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक वितरण सम्पन्न गरेको छ । बाजुरा जिल्लाबाट पाठ्यपुस्तक वितरण सुरुआत गरिएको केन्द्रका प्रादेशिक कार्यालय प्रमुख धुव्रराज पन्तले बताउनुभयो ।
“बाजुरासँगै बझाङ, दार्चुला, अछाम, डोटी, बैतडी, डडेल्धुरा जिल्लामा पाठ्यपुस्तक वितरण सकेका छौँं” उहाँले भन्नुभयो,“पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक शैक्षिक सत्र सुरु हुन अगावै पु¥याएका छौँं, तराईका कैलाली र कञ्चनपुरमा पाठ्यपुस्तक वितरण भइरहेको छ ।”
सरकारको निर्देशन अनुसार विद्यार्थीको हातहातमा शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक पु¥याउनका लागि छिटोछरितो रुपमा कार्य अगाडि बढाइएको उहाँको भनाइ रहेको छ । विद्यायको मागका ...
कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण
बाँकेको दोस्रो ठूलो सहर मानिएकोे कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ ।कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरिएको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्सलगायत ५९ व्यावसायिक सटरसहितका सबै संरचना निर्माण भइसकेको जानकारी दिनुभयो । उहाँले बसपार्कमा तीन प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्यचौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने प्रबन्ध मिलाइएको बताउनुभयो ।
मुख्य राजमार्गमा कोहलपुर चौराहाको छेउमै निर्माण गरिएको सो बसपार्कमा तीन दर्जनभन्दा बढी लामो दूरीका सवारीसाधन राख्न सकिने क्षमता छ । केही दिनमै निर्माण व्यवसायीले सम्पूर्ण काम सकेर कोहलपुर नगरपालिकालाई हस्ता...
जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना
आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् । गाउँ कार्यपालिकाको बैठकबाट नयाँ शैक्षिकसत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय भएपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन थालेका हुन् ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले दुई छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरिसक्नुभएको छ । छोरा अनुराग चुमानलाई आँबुखैरेनी गाउँपालिका–२ स्थित अन्नपूर्ण प्राथमिक विद्यालयमा कक्षा २ मा र छोरी अक्षरा चुमानलाई आँबुखैरेनी –३ स्थित रामशाह माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना गराएको अध्यक्ष चुमानले जानकारी दिनुभयो ।
अध्यक्ष चुमानका छोराछोरी यसअघि आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कुलमा अध्ययन गर्दथे । सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानअन्तर्गत जनप्रतिनिधिका छोराछोरीलाई...
विदेशबाटै मतदानको व्यवस्था गरिने : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उहाँले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुनपर्ने बताउनुभयो ।
उहाँले विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै बैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताउनुभयो । प्रधामन्त्री दाहालले भन्नुभयो, “वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले विदेशी मुद्रा सञ्चिती ११ महिनालाई धान्ने अवस्थामा पुग्नु आफैँमा अर्थतन्त्र सुधारको सङ्केत हो ।”
उहाँले सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आबद्धता श्रमिकको सुरक्षा भएको बताउनुभयो । उहाँले राज्यका सबै निकायलाई राम्रोसँ...
मौरीपालनमा मोह
रामपुर (पाल्पा), २ वैशाख (रासस) : पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ । रामपुर नगरपालिका–६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आउनुभएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपालन व्यवसायी हुनुहुन्छ । घर वरिपरिका फलफूलसहितको मौरीघारले भरिएको बगैँचामा दिनभर मौरीको रेखदेख, हेरचाहमै रमाउने न्यौपाने यस क्षेत्रकै मौरीपालन व्यवसायमा अब्बल कृषकका रुपमा कहलिनुभएको छ ।
उहाँको घरमा हाल मौरीगोलासहित चालिस घार छन् । आफ्नै करिब चार रोपनी क्षेत्रफलमा बगैँचासहितको मौरीपालन गरिरहनुभएको छ । आजभन्दा साढे दुई दशकअघि देखि सुरु गरेको व्यवसाय अहिलेसम्म निरन्तर रुपमा अगाडि बढाइरहनुभएको छ ।
“मौरीपालनमा लागेपछि समय बिताउन समस्या छैन, बुढ्यौलीमा घर वरपरका बगैँचामा मौरीपालन गरेर आम्दानी मात्र नभई घरमा यससम्बन्धी ज्ञान सीप सिक्न आउनेलाई...
विचार :नयाँ वर्ष : नयाँ सोच र जिम्मेवारी
नेपालगञ्ज, १ वैशाख (रासस)ः ‘नयाँ’ शब्द आफैँमा खुसी, उत्साह र रहस्यले भरिएको हुन्छ । नयाँ वर्ष आजदेखि सुरु भएको छ । विक्रम संवत्लाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ । नेपालमा खास जाति विशेषका बेग्लै नयाँ वर्षहरू मनाइँदै आइए पनि विक्रम संवत् नै सबै नेपालीको साझा बन्दै आएको छ । विक्रम संवत् हिन्दू पञ्चाङ्गमा आधारित राष्ट्रिय पात्रो हो । जुन प्राचीन हिन्दू परम्परा र वैदिक समय अङ्कनमा आधारित छ ।
विक्रम संवत् अङ्गे्रजी पात्रोभन्दा झन्डै ५६ वर्ष आठ महिना १५ दिन अगाडि छ । सूर्यसँग सम्बन्धित भएकाले यसमा ग्रह, नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । विश्वका सबै मुलुकमा एउटा नयाँ वर्ष हुन्छ र सबैको भलो होस् भन्ने भावनाका साथ नयाँ वर्ष मनाउने चलन हुन्छ । नयाँ वर्षको पूर्वसन्ध्यामा विश्वभर छरिएर रहेका नेपालीहरुले एक आपसमा शुभकामना दिन सुरु गर...
मिथिलामा ‘जुड–शीतल’ को उमङ्ग
बढ्दो गर्मीबीच मिथिलामा आज नयाँ वर्ष २०८० प्रारम्भसँगै जीवनमा शीतलताको कामना गर्दै मनाइने ‘जुड–शितल’ पर्व सुरु भएको छ ।
सौरमास गणनाले विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भसँगै यो पर्व दुई दिनसम्म मनाइन्छ । जीवनमा शीतलता जोड्ने भावमा ‘जुड’ र ‘शीतल’ जोडेर ‘जुड–शीतल’ वा ‘जुडशीतल’ भन्न लागिएको यहाँ विश्वास गरिन्छ । पहिलो दिन (वैशाख सङ्क्रान्ति) चना (बदाम), जौँ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरिन्छ ।
बढ्दो गर्र्मीमा शीतल दिने चना, मुँग र जौँका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने यो विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ । आज मैथिल ‘जुड–शीतल’ पर्वको पहिलो दिन ‘सतुवाइन’ मनाउँदैछन् । पर्वको दोस्रो दिन अर्थ...
कृषकलाई माछाका भुरा वितरण
म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् ।
विज्ञ केन्द्र र बेनी नगरपालिका १३÷१३ हजार तथा धौलागिरि गाउँपालिकाले सात हजार भुरा कृषकलाई वितरण गरेका छन् । जिल्लाका ४५ कृषकलाई केन्द्रका प्रमुख एवं पशु चिकित्सक जीवनप्रसाद आचार्य र बेनी नगरका पशु शाखा प्रमुख प्रदीप गौतमले भुरा वितरण गर्नुभयो ।
मागअनुसार बेनीका ३५, अन्नपूर्णका सात र रघुगङ्गाका तीन कृषकलाई पोखरीको क्षेत्रफलको आधारमा भुरा वितरण गरिएको बेनी नगरपालिकाका पशु शाखा प्रमुख गौतमले जानकारी दिनुभयो । भुरा नवलपरासीबाट खरिद गरिएको हो । व्यावसायिक उत्पादनमा जोड दिन कृषकलाई अनुदानमा भुरा, औषधि, तालिम र प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको छ । जिल्लामै भुरा उत्पादन भने हालसम्म गर्न सकिएको छैन । ...
महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुङ्गिदै मन
अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा राधे भजनमा महिलाको सक्रियता छ । मन्दिर आसपास स्थानीय महिला समूहमा आबद्ध भएर भजन गाउछन् ।
महिला समूहमा सहभागी भएर भजनमा गाउने कार्य गरिरहेको विष्णुकान्ति भण्डारी बताउनुहुन्छ । यहाँ दैनिकजसो चारदेखि आठ जनासम्मको समूहमा भजनमा जुट्ने गरेको उहाँले बताउनुभयो । “भजनमा सामेल हुन थालेपछि शरीरमा फुर्तिलोपन आएको छ, घरको सबै कामकाज सबेरै सकाएर भजनलाई छुट्टै समय दिइरहेको छु, वाद्यवादनको तालमा गाइएको राधेश्याम, राधेकृष्ण भजनले भगवान्को नाममा ध्यान एकाग्र हुँदा मानव मनभित्रका वेदना, दुःख, तनाव सबैबाट मुक्ति मिलेको छ”, उहाँले भन्नुभयो ।
भजन पुरुषले नै गाउनुपर्छ भन्ने छै...
