२०८१ बैशाख १५

गरिब परिवारलाई कुवा




दाङ तुलसीपुर उपमहानगरपालिका–१५ ले गरिब घरपरिवारलाई कुवा खन्न रकम उपलब्ध गराइएकोे छ । वडाको बजेटबाट गरिब परिवारका लागि १२ वटा कुवा निर्माण गर्न रु चार लाख ८० हजार वितरण गरिएको हो ।


Advertisement


आर्थिक अवस्था कमजोर भएका परिवारको सहजताका लागि कुवा बनाउन लागिएको कार्यवाहक वडाध्यक्ष मङ्गल चौधरीले बताउनुभयो ।



गाउँमा कुवा नहुँदा अर्काको घरबाट पानी ल्याएर खानुपर्ने बाध्यता थियो । यहाँको खानेपानीको स्रोत भनेको कुवा नै हो । कुवाभन्दा अर्को विकल्प नभएकाले प्रत्येक टोलमा सामूहिक कुवा निर्माण गर्न लागिएको छ ।

एउटा कुवाका लागि रु ४० हजारका दरले रकम उपलब्ध गराइएको कार्यवाहक वडाध्यक्ष चौधरीले बताउनुभयो ।

Copy link
Powered by Social Snap