२०८१ बैशाख ८

SYM शुद्ध सकारात्मकता

अब लुम्बिनीमा विद्युतीय बसमा सरर…

अब लुम्बिनीमा विद्युतीय बसमा सरर…

SYM शुद्ध सकारात्मकता, देश
लुम्बिनी, १४ वैशाख (रासस) ः बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय सवारी थन्किएका थिए । दातृ निकायबाट अनुदानमा प्राप्त अत्याधुनिक सुविधासहितका ती बस र ‘भ्यान’ प्रदेश सरकारले सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रियाको बाटो नखोलिदिँदा समस्यामा परेका थिए । साढे दुई वर्षदेखि थन्किएका ती सवारी सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारले हालै कानुनी बाटो खुला गरिदिएको छ । प्रदेश मन्त्रिपरिषद्को २०८० वैशाख ८ गतेको बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको प्रस्तावमा लुम्बिनी विकास कोषका पाँच विद्युतीय बस र १४ भ्यानलाई सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गरी सेवा प्रदान स्वीकृति प्रद...
विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम

विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम

SYM शुद्ध सकारात्मकता, शिक्षा
गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्र माध्यामिक शिक्षा परीक्षा (एसइई) सकाएर बसेका विद्यर्थीका लागि निःशुल्क आधारभूत कम्युटर तालिम सञ्चालन गरेको छ । यसका लागि गाउँपालिकाले दुई महिने आधारभूत कम्युटर तालिम सम्बन्धी पाठ्यक्रम नै बनाएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयबाट एसइई दिएर बसेका विद्यार्थीलाई कम्युटर तालिम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सेनाले जानकारी दिनुभयो । गाउँपालिकाले पालिकाभित्र अध्ययनरत सबै विद्यार्थीलाई प्राविधिक क्षेत्रको बारेमा दक्ष बनाउँदै उनीहरुको क्षमता विकासमा सहयोग पु¥याउने उद्देश्यले निःशुल्क कम्युटर तालिम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । “शिक्षामा समानताको कुरा गरिए पनि सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले अझैपनि कम्युटरसँग खेल्न पाएका छैन, कम्युटर सिकाइको अवसर पाउन सकेका छैनन्, उहाँले भन्नुभयो, “एसइईपछि नति...
पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय

पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय

SYM शुद्ध सकारात्मकता
विसं २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पु¥याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टे (घरबास) को पुनःनिर्माणपछि हेलम्बु आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । बाटैभरि बौद्ध धर्मावलम्बीको सेता आकर्षक माने, रङ्गीन ध्वजापताकाले सिङ्गारिएको सिङ्गो गाउँ, आँखै अगाडि मनै लोभ्याउने सेता हिमाल । गर्मी महिनामा सिरसिर हावा चल्ने मनमोहक डाँडाकाँडा र हिमाली वनस्पति तथा वन्यजन्तु हेलम्बुका आकर्षण हुन् । हेलम्बु आउनुभएका ललितपुरको जाउलाखेलका विपुल शाक्य यहाँको मनमोहक दृश्य देखेर मोहित हुनुभएको छ । काठमाडौँ उपत्यकाको प्यास मेटाउने मेलम्ची खानेपानीको सुरुङ हेर्ने क्रममा हेलम्बु आइपुग्नुभएका उहाँ आँखै अगाडि पहिलोचोटी हिमाल देखेर दङ्ग पर्नुभयो । भूकम्पले गुम्बाको सहर भन...
विदेश निर्यात हुने पानीको गुणस्तर पारित

विदेश निर्यात हुने पानीको गुणस्तर पारित

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र
गुणस्तर परिषद्को १०८औँ बैठकले विदेश निर्यात हुने मूलको पानीको गुणस्तर मापदण्ड पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको सो मापदण्डलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा आइतबार बसेको बैठकले पारित गरेको हो । विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने गर्दछ । मापदण्ड पारित भएसँगै अब पानी विदेश निर्यात गर्ने बाटो खुलेको छ । परिषद्को सोही निर्णयसँगै पानी, चिया, कफीलगायत वस्तु विदेश निर्यातमा सहज हुने विभागका प्रवक्ता ज्योती जोशी भट्टले जानकारी दिनुभयो । विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्को सदस्यसचिव विभागका महानिर्देशक हुने प्रावधान रहेको छ । विभागका महानिर्देशक दीनानाथ मिश्रले विभागको प्राविधिक समितिले पारित गरेका गुणस्तरलाई मन्त्रीको अध्यक्षताम...
विचार : प्रगतिशील मनोविज्ञानमाथि विनिर्माणको ‘राजनीति’

विचार : प्रगतिशील मनोविज्ञानमाथि विनिर्माणको ‘राजनीति’

SYM शुद्ध सकारात्मकता, विचार, विचार
काठमाडौँ, ११ वैशाख (रासस) : औद्योगिक क्रान्तिको प्रभावले युरोपभरि औद्योगिकीकरणको सुरूआत, दार्शनिक क्षेत्रमा नयाँ बहसको प्रारम्भ, लोकतान्त्रिक चेतनाको विस्तार र मजदुर आन्दोलन विकसित हुँदै थियो । मुख्यतः १८३० को दशकपछि मजदुर आन्दोलनले सङ्गठित स्वरूप लिँदै जाँदा आन्दोलन लक्ष्यमुखी बनाउन विचारधाराका क्षेत्रमा आधुनिक विचारले स्थान पाउँदै थियो । त्यही बिन्दुमा माक्र्स–एगेल्सको पहलमा सन् १८६४ मा मजदुरको पहिलो अन्तर्राष्ट्रिय गठन भएपश्चात् राज्यसत्ता र प्रणालीका सन्दर्भमा व्यवस्थित बहस देखाप¥यो । अन्तर्राष्ट्रियमा कार्लमाक्र्स, फ्रेडरिक एंगेल्स, कार्ल काउत्स्की, बाकुनिन, लासाललगायतका विलक्षण प्रतिभाका नेताहरू थिए । माक्र्स भन्थे, “पुँजीवादी राज्यको विकल्प समाजवादी राज्य व्यवस्था नै हो, यसका निम्ति विचार, राजनीति, सङ्गठन र राज्यसत्तामा समाजवादीको योजनाबद्ध पहलकदमी र हस्तक्षेप आवश्यक प...
पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’

पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’

SYM शुद्ध सकारात्मकता, देश
एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्रमा हिजोआज भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित लहान बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ चुरेपर्वत नजिकै सो सिमसार क्षेत्र रहेको छ । आकर्षकरूपमा निर्माण भएका प्रकृतिक तथा मानवनिर्मित संरचना एवं वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई सो क्षेत्रले लोभ्याएको हो । कोइरालो खोला नमूना सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत रहेको हात्तीदह सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको हो । करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको यस ‘हात्तीदह सिमसार तथा पर्यटक क्षेत्र’लाई आकर्षक बनाउने यहाँको हरियाली जङ्गलले घेरिएको उद्यान, चिसो हावापानी र शान्त वातावरण हुन् । त्यसैगरी बाह्रै महिना पानी नसुक्ने चारवटा पोखरी,...
डोटीमा बास र निगालोबाट सामग्री बनाउन तालिम

डोटीमा बास र निगालोबाट सामग्री बनाउन तालिम

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
Representative Image डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ सुन्तडिमा बास तथा निगालोबाट विभिन्न सामग्री बनाइने भएको छ । युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा ग्रामीण समुदाय विकास केन्द्र डोटीद्वारा सञ्चालित दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजनाले सहजीकरण गर्न थालेको छ । यसका लागि घरेलु तथा साना उद्योग कार्यालय डोटीको सहकार्य तथा बोगटान फुड्सिल गाउँपालिकाको समन्वयमा विपन्न समुदायको जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले ४५ दिने बास तथा निगालोको सामग्री निर्माण गर्ने सीप विकास तालिम गत चैत महिनाको २७ गतेदेखि सुरु गरेको ग्रामीण समुदाय विकास केन्द्र डोटीका सब इन्जिनियर करनबहादुर विष्टले बताउनुभयो । विपन्न परिवारको जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने हेतुले सञ्चालन गरिएको तालिमका सहभागीले बास र निगालोबाट अहिले मुडा, कलम राख्ने, सामग्री राख्न...
सुदूरपश्चिम प्रदेश ः विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

सुदूरपश्चिम प्रदेश ः विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

SYM शुद्ध सकारात्मकता, शिक्षा
Representative Image शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले पाठ्यपुस्तक वितरण अगाडि बढाएको छ । केन्द्रले प्रदेशका पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक वितरण सम्पन्न गरेको छ । बाजुरा जिल्लाबाट पाठ्यपुस्तक वितरण सुरुआत गरिएको केन्द्रका प्रादेशिक कार्यालय प्रमुख धुव्रराज पन्तले बताउनुभयो । “बाजुरासँगै बझाङ, दार्चुला, अछाम, डोटी, बैतडी, डडेल्धुरा जिल्लामा पाठ्यपुस्तक वितरण सकेका छौँं” उहाँले भन्नुभयो,“पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक शैक्षिक सत्र सुरु हुन अगावै पु¥याएका छौँं, तराईका कैलाली र कञ्चनपुरमा पाठ्यपुस्तक वितरण भइरहेको छ ।” सरकारको निर्देशन अनुसार विद्यार्थीको हातहातमा शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक पु¥याउनका लागि छिटोछरितो रुपमा कार्य अगाडि बढाइएको उहाँको भनाइ रहेको छ । विद्यायको मागका ...
कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण

कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण

SYM शुद्ध सकारात्मकता
बाँकेको दोस्रो ठूलो सहर मानिएकोे कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ ।कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरिएको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्सलगायत ५९ व्यावसायिक सटरसहितका सबै संरचना निर्माण भइसकेको जानकारी दिनुभयो । उहाँले बसपार्कमा तीन प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्यचौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने प्रबन्ध मिलाइएको बताउनुभयो । मुख्य राजमार्गमा कोहलपुर चौराहाको छेउमै निर्माण गरिएको सो बसपार्कमा तीन दर्जनभन्दा बढी लामो दूरीका सवारीसाधन राख्न सकिने क्षमता छ । केही दिनमै निर्माण व्यवसायीले सम्पूर्ण काम सकेर कोहलपुर नगरपालिकालाई हस्ता...