दुई साथी जसले कलेज पढ्दा फुरेको आइडियालाई बनाए दुइटा ब्रान्ड
पाँच वर्षअघि अंकिता श्रेष्ठ र अजय श्रेष्ठ काठमाडौं विश्वविद्यालयमा सँगै एमबिए पढ्थे। पढाइकै क्रममा उत्पादन र बजार समेटेर 'प्रोजेक्ट वर्क' तयार गरेका थिए। त्यही प्रोजेक्ट वर्कको आइडिया विस्तार गरेर अहिले उनीहरू व्यवसाय चलाइरहेका छन्।
सिन्धुपाल्चोकका अजय र रूपन्देही, भैरहवाकी अंकिताको संयुक्त कम्पनी हो 'फंकी मक्स'।
फंकी मक्सले ब्याग उत्पादन गर्छ – एउटा बस्ने, अर्को बोक्ने। अर्थात् एउटा बस्ने बिन ब्याग, अर्को सामान बोक्ने ब्याग (झोला)।
यी दुई उत्पादनका ब्रान्ड नाम पनि फरक छन् — फुमो र एस्त्र।
फुमो बिन ब्यागको ब्रान्ड नाम हो। बोलीमा ब्याग भनिए पनि यो बस्नका लागि कुर्सीको उपयुक्त विकल्प हो।
एस्त्र भने बोक्ने झोलाकै ब्रान्ड नाम हो।
अजय र अंकिताले पाँच वर्षअघि बिन ब्याग बनाउन थालेका हुन्।
कुनै उपयुक्त व्यवसायबारे स...









