नकारात्मक भावनाबाट बच्ने ५ उपाय
मानिसको मनमा विभिन्न भावना आइरहेको हुन्छ, तीमध्ये केही नकारात्मक भावना पनि हुन्छन् । त्यस्तो भावना आउँदा एक किसिमको असहजता र तनाव पनि हुन्छ । जब यस्ता भावनाहरू आउँछन् हामी तुरुन्तै त्यसलाई अस्वीकार वा स्वीकार गर्न सक्दैनौं ।
मनमा आएका नकारात्मक भावनालाई हटाउन हामी विभिन्न उपाय अपनाउँछौं । नकारात्मक मनोवृत्तिले हामीलाई असुरक्षित महसुस गराउँछ । त्यसकारण नकारात्मक भावनाबाट कसरी बच्ने भन्ने उचित उपाय जान्नु जरुरी हुन्छ ।
नकारात्मक भावनाबाट बच्नु मानसिक स्वास्थ्यको लागि महत्त्वपूर्ण
यदि हामी सधैं नकारात्मक भावनालाई रोक्ने प्रयास गर्छौं भने हामी आफ्नै सोचाइको आलोचना गरिरहेका हुन्छौं । त्यसपछि हामी हाम्रा भावनाहरूलाई दबाउन थाल्छौं । यसो गरिरहँदा हामी आफ्नै विरुद्ध हुन्छौं, जसले तनाव र डिप्रेसन जस्ता गम्भीर मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
आफ्नो भावनालाई स्वीक...









