२०८३ बैशाख २४

SYM शुद्ध सकारात्मकता

ऐसेलु भूमे : दुर्गम गाउँको अब्बल सामुदायिक विद्यालय

ऐसेलु भूमे : दुर्गम गाउँको अब्बल सामुदायिक विद्यालय

SYM शुद्ध सकारात्मकता, शिक्षा
किस्पाङ (नुवाकोट), २० असार (रासस) : साढे तीन दशकअघि छाप्रोबाट सुरु भएको एक सामुदायिक विद्यालय स्थानीयवासीको भरथेग, शिक्षकको मेहनत र राज्यको साथका कारण अहिले अब्बल सावित हुन थालेको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–३ काहुलेस्थित ऐसेलु भूमे माध्यमिक विद्यालय भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरका दृष्टिमा नमूना देखिएको हो । हाल कक्षा ९–१२ मा बाली विज्ञान विषयमा पढाइ हुने ऐसेलु भूमे नेपाल सरकारको ‘नमूना विद्यालय’ छनोटमा परेपछि पूर्वाधार विकास र शैक्षिक उन्नयनमा व्यापक सुधारसहित फड्को मार्न सफल भएको छ । विसं २०४६ मा प्लाष्टिकको छाप्रोबाट सुरु भएको सो विद्यालय अहिले आधुनिक र पूर्वाधारयुक्त बनेको देख्दा स्थानीयवासी हौसिएका छन् । विद्यालयमा कृषितर्फ प्राविधिक शिक्षा हासिल गर्न विद्यार्थीको सहभागितामा व्यावसायिक तरकारी खेती पनि हुन थालेको छ । यहाँ थोपा सिँचाइसहितको आधुनिक आठ टनेल निर्मा...
आलेख : बागलुङको पर्यटन सम्भावना

आलेख : बागलुङको पर्यटन सम्भावना

SYM शुद्ध सकारात्मकता
गलकोट, १६ असार (रासस) ः नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गरेको तथ्याङ्क छ । पर्यटनको राजधानी मानिने पोखराबाट बागलुङ बजार त्यस्तै ७० किलोमिटर हाराहारीमा पर्छ । तर पोखरा आएका कति पर्यटक बागलुङसम्म पुग्छन् ? यसको खोजी र लेखाजोखा सकैसँग छैन । पोखरा आएका धेरै पर्यटक एकदेखि डेढ घण्टाकै दूरीका अन्य जिल्लामा कमै मात्रै पुग्ने गरेका छन् । त्यसो त यो दूरीका जिल्ला र स्थानमा पनि पर्यटक लोभ्याउने अधिक सम्भावना रहेकै छन् । यसो भए पनि संरचनाअर्थात् पर्यटन पूर्वाधारको भने अभाव छ । पोखरा आएका विदेशी पर्यटकलाई पश्चिमका बागलुङ, पर्वत, म्याग्दीसम्म ल्याउन आवश्यक प्रचारप्रसार एवं सूचना र पर्यटन पूर्वाधारको खाँचो देखिन्छ । पोखराबाट बढीमा दुई घण्टामा बागलुङ पुग्न सकिने भए पनि विदेशी पर्यटकको आगमन भने शून्यजस्तै छ । विभिन्न पर्यटन व्यवसायीको पहल...
अर्नाकोटमा फल्यो एकै वर्षमा स्याउ

अर्नाकोटमा फल्यो एकै वर्षमा स्याउ

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
ढोरपाटन, १५ असार (रासस) : बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातको २२ वटा स्याउका बिरुवा लिएर लगाउनुभयो । परीक्षणका रुपमा लगाएको स्याउले एकै वर्षमा फल दिन थालेपछि ओलीले यस वर्ष थप २७ वटा बिरुवा लगाउनुभएको छ । सुरुमा लगाएका २२ बिरुवामध्ये दुईवटा मरे अहिले २० वटा बोटमा स्याउ फलेका छन् । स्याउले सानै बोटमा फल दिन थालेपछि गाउँका अन्य कृषक पनि हर्षित भएका छन् । दुर्गाबहादुरले स्याउका बिरुवा लगाएपछि अर्नाकोटका अन्य १२ कृषकले पनि बिरुवा लिएर लगाए । बिरुवा सप्रिँदै गएपछि धेरैको ध्यान स्याउ लगाउनेतर्फ जान थालेको छ । वर्षौँदेखि गाईभैँसी र खेतीकिसानी गर्दै आउनुभएका ओलीले अहिले गाउँका अन्य स्थानीयलाई पनि स्याउ लगाउनुपर्छ भन्ने योजनामा पुर्याउनुभएको छ । हाल उहाँको बगानमा २७ नयाँ बिरुवा र २० पोहोर साल लगाएका गरी ४७ स्याउका ब...
3 Biography Books Every Nepali Professional, Student, and Entrepreneur Must Read

3 Biography Books Every Nepali Professional, Student, and Entrepreneur Must Read

SYM शुद्ध सकारात्मकता, कभर स्टोरी
Biographies are powerful sources of inspiration and learning, offering valuable insights into the lives of remarkable individuals who have achieved great success in their respective fields. For Nepali professionals, students, and entrepreneurs seeking motivation and guidance, here are three captivating biography books that deserve a place on your reading list. Making It Big - Binod Chaudhary: "Making It Big" is an autobiography penned by Binod K. Chaudhary, the renowned Nepali entrepreneur and chairman of CG Group. In this compelling biography, Chaudhary recounts his journey of rising and thriving as an entrepreneur in the perpetually challenging business landscape of Nepal. From humble beginnings to becoming the country's first billionaire, Chaudhary shares his experi...
पूर्वी नेपालको कोसेली निगुरो

पूर्वी नेपालको कोसेली निगुरो

SYM शुद्ध सकारात्मकता, देश
सहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ । अग्र्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ । मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत सामुदायिक वनमा निगुरो टिप्न बिहानैदेखि साँझसम्म स्थानीयको भीड लाग्छ । सयाँै परिवारको गुजारा निगुरो टिपेरै चलेको छ । राजमार्ग आवतजावत गर्ने यात्रुको कोसेलीको रोजाइमा परेको छ यहाँको निगुरो । बेलबारी–१० भाउन्नेकी आच्छामाया राई ६८ वर्ष पुगिसक्नुभएको छ । तर उहाँ दैनिक ३० देखि ४० मुठासम्म निगुरो टिप्दैआउनुभएको छ । निगुरो रु २५ मा प्रतिमुठा बेच्ने गरेको राई बताउनुहुन्छ । उहाँजस्तै सयौँ महिला यस क्षेत्रमा निगुरो टिपेरै आम्दानी गरिराख्नुभएको छ । भाउन्नेमा विगत २८ वर्षदेखि निगुरोको व्यापार गर्दै आउनुभएकी भद्रमाया भट्टराईका अनुसार केही वर्ष अघिसम्म अहिलेको जस्तो नि...
माछापुच्छ्रेमा पशुपालन व्यवसाय फस्टाउँदै

माछापुच्छ्रेमा पशुपालन व्यवसाय फस्टाउँदै

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका पशुपालनमा देशमै अग्रणी स्थानमा छ । पालिकाका नौ वडाबाट गरी दैनिक ११ हजार लिटर दूध बिक्रीका लागि पोखरा बजारमा ल्याउने गरिन्छ । पुशपालन व्यवसाय फस्टाउँदै गएपछि गाउँपालिकाले पशु आहाराका लागि गाउँमै दाना चोक्कर केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ । यसबाट कृषकलाई लाभ पुग्ने पालिकाले जनाएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट कार्यक्रममा गाउँपालिकाको उपयुक्त स्थानमा दुग्ध प्रशोधन केन्द्र स्थापना तथा दाना चोक्कर उत्पादन केन्द्र स्थापनाको लागि रु ९० लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले पालिकामा व्यावसायिक पशुपालन राम्रो हुँदै गएपछि दाना चोक्कर उत्पादन केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पालिका दूध उत्पादनमा देशमै नमूना रहेको छ । दूध बिक्रीबाट कृषक...
चिया किसानलाई दिइएको प्राविधिक तालिम प्रभावकारी

चिया किसानलाई दिइएको प्राविधिक तालिम प्रभावकारी

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामका किसानलाई दिइएको गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम प्रभावकारी देखिएको छ । दुई हजार सात सय ९० चिया किसानलाई गत मङ्सिरमा तालिम प्रदान गरिएको थियो । चिया टिपाइको मध्य मौसममा आएर उक्त तालिमको प्रभावकारिता महसुस गरिएको सूर्योदयका किसान रमेश भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “हामिलाई चिया रोप्नेदेखि, छाँटकाँट, मलजल, टिपाइ, ढुवानी, प्रशोधन, प्याकेजिङलगायत सबै क्षेत्रमा प्रयोगात्मक सीप सिकाइएको थियो ।” परम्परागतरुपमा चियाको टिपाइ गर्दै आएका किसान प्राविधिक तालिम पाएपछि काममा सहजता भएको बताउँछन् । “विगत वर्षमा भन्दा यस वर्ष सहज तरिकाले चियाको काम गर्न सकिरहेका छौँ”, तालिममा सहभागी किसान रोहित सापकोटाले भन्नुभयो, “तालिमकै कारण चियाको गुणस्तर र उत्पादनमा समेत १० प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।” तालिम पाएपछि किसानलाई चिया टिप्न म...
कावासोतीमा शीतभण्डार सञ्चालनको तयारी

कावासोतीमा शीतभण्डार सञ्चालनको तयारी

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा जिल्लाकै ठूलो शीतभण्डार यही महिनाभित्रै सञ्चालनमा आउने गरी काम अघि बढेको छ । कावासोती–१४ अग्यौलीमा निर्माणाधीन तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डारको पहिलो चरणअन्तर्गत एक हजार मेट्रिक टन क्षमतामा सञ्चालन गर्न लागिएको हो । चालु आर्थिक वर्ष २०७९÷८० मा एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन गर्ने गरी काम अघि बढेको रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडका अध्यक्ष नेत्र थनेतले जानकारी दिनुभयो । “यही असारभित्रै हामीले एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन गर्ने गरी काम अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा गएर नेपाल फर्किएका युवाहरूको सक्रियता र लगानीमा चिस्यान केन्द्र निर्माणको काम तीव्रगतिमा अघि बढेको हो ।” वैदेशिक रोजगारीमा गएर स्वेदश फिर्ता भएका तीन सय २५ युवाहरूले शीतभण्डारमा लगानी गरेका छन् । गण्ड...
व्यावसायिक कृषिमा आकर्षण

व्यावसायिक कृषिमा आकर्षण

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
भोजपुरका किसानको व्यावसायिक कृषिमा आकर्षण बढेको छ । तीनै तहको सरकारबाट कृषिमा लाग्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि किसानमा यसप्रति आकर्षण बढेको हो । व्यावसायिक कृषिमा लागेर उनीहरूले मनग्य आम्दानीसमेत गर्दै आएका छन् । पराम्परागतरूपमा खेती गरिरहेका उनीहरू अनुदानसँगै प्राविधिक तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक खेतीमा जुटेका हुन् । सरकारको विभिन्न निकाय तथा वडाले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेसँगै कृषिप्रति मोह बढेको स्थानीय किसान सिर्जना बाँस्तोलाले बताउनुभयो । वडा कार्यालयले दिने प्रोत्साहनमूलक कार्यक्रमसँगै प्राविधिक सहयोगले खेती विस्तारमा थप टेवा पुगेको किसान उहाँको भनाइ छ । “स्थानीय तहको सहयोगले व्यावसायिक तरकारी खेतीमा लाग्न सहयोग पुगेको छ”, उहाँले भन्नुभयो, “तरकारीसँगै नगदेबाली उत्पादन गरेर राम्रो आम्दानी गरिरहेकी छु । उत्पाद...
भरतपुरका ९३ प्रतिशत बासिन्दा खानेपानीको पहुँचमा

भरतपुरका ९३ प्रतिशत बासिन्दा खानेपानीको पहुँचमा

SYM शुद्ध सकारात्मकता, देश
भरतपुर महानगरपालिकाले अन्य पूर्वाधारसँगै स्वच्छ खानेपानीको पहुँच विस्तारमा उच्च प्राथमिकता दिएको छ । अहिले महानगरपालिकाभित्रका ९३ प्रतिशत बासिन्दाले स्वच्छ खानेपानीको उयोग गरिराखेका छन् । पछिल्लो छ वर्षमा महानगरपालिकाभित्र २६ ठूला आयोजना सञ्चालित छन् । कतिपय निर्माण सम्पन्न भइसकेका छन् भने कतिपय अन्तिम चरणमा पुगेका छन् । महानगरपालिकाले खानेपानी व्यवस्थापन बोर्ड, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र प्रदेश सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग मिलेर खानेपानीका आयोजना अघि बढाएको हो । महानगरपालिकाले दिएको जानकारीअनुसार ती आयोजनामा झण्डै रु चार अर्ब लगानी भएका छन् । अन्य ठूला आयोजनासमेत आउने चरणमा रहेका छन् । भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापती दाहालका अनुसार चालु रहेका आयोजना सम्पन्न हुँदै गर्दा ९७ प्रतिशत जनतामा खानेपानीको पहुँच पुग्...