२०८० चैत्र १५

शेयर कारोबार आकासियो : बिहीबार ३ अर्ब बढीको सेयर कारोबार

१३ कात्तिक, काठमाडौं । बिहिबार एकै दिन तीन अर्ब ३ करोड रुपैयाँ भन्दा धेरैको शेयर किनबेच भएको छ । शेयर बजार परिसूचक नेप्से १.७८ प्रतिशतले ऋणात्मक बनेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ३१ करोडले बढेर ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार रुपैयाँ पुगेको हो ।

शून्य दशमलव ११ प्रतिशतले घटेको बजारमा नेप्से परिसूचक भने १६४५.६८ को बिन्दुमा आइपुगेको छ । बिहिबार नेप्सेमा सूचीकृत १९२ कम्पनीको १ करोड ३ लाख ६५ हजार कित्ता शेयर ४१ हजार ९०९ पटक कारोबार भएको थियो । कारोबार अवधिभर प्राईम कर्मशियल, प्रभु, एनएमबी, ग्लोबल आईएमई र एनआईसी एशिया बैंकको सेयर उच्च मात्रामा कारोबार भएको थियो ।


Advertisement


एकैदिन प्रतिकित्ता १२ रुपैयाँले बढेको शिव श्री हाइड्रोपावरका लगानीकर्ताले बिहीबार बजारबाट धेरै नाफा गरे । यस्तै २२ रुपैयाँले बढेको नेपाल फाइनान्स, ३९ रुपैयाँले बढेको मिथिला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले पनि बजारबाट धेरै आम्दानी गरे ।

यता सिन्धु विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, यूनाईटेृड मोदी हाइड्रोपावर, कुमारी र लक्ष्मी बैंकका लगानीकर्ताले भने धेरै घाटा ब्यहोर्नु पर्‍यो ।  बिहीबार कारोबार भएका १२ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ६ वटाको घटेको छ ।

व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन उपसमूह परिसूचक भने १.१३ प्रतिशत घट्न पुग्यो ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap