२०८१ बैशाख ७

अपि पावरको लिलामी सेयर आवेदनको अन्तिम दिन

अपि पावरको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल गर्नुपर्नेछ ।


Advertisement


कम्पनीले पुस ६ गतेदेखि सर्वसाधारण समूहको १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । यसअघि कम्पनीले ५६ लाख ७० हजार कित्ता  हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, वीरगन्ज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगन्ज, धनगढी, सुर्खेत र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap