२०८१ बैशाख २४

काठमाडौं बन्यो नेपाल सुपर लिग च्याम्पियन

काठमाडौं रेजर्स एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन बनेको छ।

शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा धनगढी एफसीलाई १-० गोलले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो।

काठमाडौंको जितमा मेसौके ओलुमोउ नायक साविक भए। उनले खेलको २१औं मिनेटमा उत्कृष्ट फिनिसिङ गरेका थिए।

धनगढीका विशाल राईबाट काठमाडौंका विश्वास श्रेष्ठले बल खोस्दै सटिक पास उपलब्ध गराएका थिए। जुन पासमा मेसौकेले चुकेनन्।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका उनले आठ गोल गरे।


Advertisement


पहिलो गोल गरेपछि काठमाडौं आक्रमक बनेको थियो। तर फिनिसिङमा सफल भएन। सुदील राईले खाली पोस्टमा गोल गर्न चुक्दा स्टेफिन बिनोङको फिकिङ बाहिरियो।

उपाधि जितेसँगै काठमाडौंले लिग चरण र प्लेअफमा धनगढीसँग भोगेको पराजयको बदला समेत लिन सफल भएको छ। 

जितसँगै काठमाडौंले ३५ लाख रुपैयाँ हात पारेको छ। धनगढीले १५ लाखमै चित्त बुझाउन बाध्य भयो। 

जितसपछि काठमाडौंका कप्तान विकेश कुथुले पहिलो गोल गरेपछि रक्षापंक्तिमा बढी ध्यान दिएको प्रतिक्रिया दिए। उनले पहिलो संस्करणको उपाधि आफ्नो कप्तानीमा जित्न पाउँदा खुसीको सीमा नभएको बताए। उनले टिमको एकताले उपाधि उचाल्न सफल भएको बताए। 

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजना भएको प्रतियोगितामा सात वटा फ्रेन्चाइज टिमले भाग लिएका थिए। 

कोभिड १९ का कारण सरकारले लागू गरेका अधिकांस आचार संहित पालन गरिएको थियो। यस्तै प्रतियोगिता दर्शकविहीन आयोजना भयो। 

गत वैशाख ११ गतेदेखि भएको प्रतियोगितामा काठमाडौं र धनगढीसहित एफसी चितवन, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा भएको थियो। 

Copy link
Powered by Social Snap