२०८१ बैशाख ८

बार्सा छाडेर सुवारेज एथ्लेटिकोमा

साभार: रातोपाटी

लुइस सुवारेज बार्सिलोना छाडेर प्रतिद्वन्द्वी क्लब एथ्लेटिको म्याड्रिड जाने भएका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेपछि सुवारेज क्लब छाड्न बाध्य बनेका हुन् ।

यसअघि, सुवारेज युभेन्टस जाने तयारी गरे पनि पासपोर्टको समस्याका कारण उक्त करार बीचैमा तुहिएको थियो । त्यसपछि सुवारेजले एथ्लेटिकोसँग सम्झौता गरेका थिए ।

यद्यपि, बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले उक्त सम्झौतामा अड्को थापेका थिए । किनभने उनी सुवारेज प्रतिद्वन्द्वी क्लबमा गएको चाहँदैन थिए । पछि, सुवारेजका प्रतिनिधिहरुसँगको छलफल पछि उनी सुवारेजलाई एथ्लेटिको जान दिन तयार भएका हुन् ।


Advertisement


एथ्लेटिकोले ३३ वर्षीय उरुग्वेन खेलाडीका लागि मात्र ४० लाख युरो खर्चिनु पर्नेछ । एथ्लेटिकोमा सुवारेजले बार्सिलोनामा कमाइरहेको वार्षिक ३ करोडभन्दा आधा मात्र तलब पाउनेछन् ।

योसँगै सुवारेज र बार्साको ६ वर्षे लामो सम्बन्ध अन्त्य भएको छ । यस क्रममा उनले २८३ खेलमा १९८ गोल गरे । उनी सन् २०१४ मा लिभरपुलबाट ७.४ करोड पाउन्डमा क्लब भित्रिएका थिए । यस क्रममा उनले क्लबलाई ४ ला लिगा उपाधि, चार कोपा डेल गरे र च्याम्पियन्स लिगको उपाधि जित्न सफल रहे ।

Copy link
Powered by Social Snap