२०८१ बैशाख ७

लेस्टरलाई हराउँदै नेपोली नकआउट चरणमा

इंग्लिस क्लब लेस्टर सिटीलाई हराउँदै इटालियन क्लब नेपोली युरोपा लिगको नकआउट चरणमा पुगेको छ।

समूह चरण पार गर्न जित्नैपर्ने खेलमा नेपोलीले घरेलु मैदानमा लेस्टरमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै प्रि-क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।


Advertisement


डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा बिहीबार राति भएको खेलको चौथो मिनेटमै एडाम ओउनासको गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २४औं मिनेटमा इल्जिफ इल्मासले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे।

त्यसको ३ मिनेटपछि जोनी इभान्सले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। ३३ औं मिनेटमा काइरनान डिउसवुरी हलले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। 

पहिलो हाफ २-२ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपोलीले बाजी मार्‍यो। खेलको ५३ औं मिनेटमा इल्जिफ इल्मासले गोल गर्दै नेपोलीलाई पुनः खेलमा अग्रता दिलाएका थिए।

तर त्यसपछि गोलका केही राम्रा अवसर लेस्टरले गुमाउँदा खेल गुमाउनुपर्‍यो। नेपोलीसँग बराबरमात्र काफी रहेको लेस्टर सिटी पराजित हुँदै युरोपा लिगको समूह चरणबाटै बाहिरियो। समूहमा लेस्टर ८ अंक जोडेर तेस्रो स्थानमा रह्यो।

नेपोली समूह ‘सी’ बाट उपविजेताको रुपमा अघि बढेको हो। यो समूहबाट रसियन क्लब स्पारटाक मस्को समूह विजेताका रूपमा अघिल्लो चरणमा पुग्यो।

स्पारटाक र नेपोलीको समान १०-१० अंक भए पनि स्पारटाक हेड टु हेडका आधारमा अघि रह्यो ।

Copy link
Powered by Social Snap