२०८१ बैशाख १२

इंग्ल्याण्डमाथि अष्ट्रेलियाको फराकिलो जित

इंग्ल्यान्डलाई ९ विकेटले हराउँदै घरेलु टोली अष्ट्रेलियाले एसेस सिरिजमा विजयी सुरूवात गरेको छ। ५ खेलको सिरिजको पहिलो खेलमा प्रभावसाशी जित निकाल्ने क्रममा अष्ट्रेलिया चौथो दिन उत्कृष्ट प्रदर्शन गर्न सफल भयो। जितसँगै सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता बनायो।  

इंग्ल्याण्डले दिएको २० रनको लक्ष्य अष्ट्रेलियाले चौथो दिनमा ५.१ ओभरमा एक विकेट गुमाउर पुरा गर्‍यो। उसका लागि मार्कस ह्यारिस र एलेक्स क्यारीले ९/९ रन बनाए। ह्यारिस अभिजित रहे। इङ्ल्याण्डका लागि ओली रोबिन्सनले एक विकेट लिए। 


Advertisement


चौथो दिन इंग्ल्यान्डले अस्ट्रेलियालाई जितका लागि २० रनको लक्ष्य दिएको थियो। दोस्रो इनिङको चौंथो दिन इंग्ल्यान्ड लगालग विकेट पतनको सिकार भयो।

इंग्ल्यान्ड दोस्रो इनिङमा २९७ रनमा अलआउट भयो। इंग्ल्यान्डले तेस्रो दिनको खेलको समाप्तिमा २ विकेट गुमाएर २२० रन बनाउँदै राम्रो सुरुवात गरे पनि चौंथो दिन थप ७७ रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो।

उसका लागि कप्तान जो रूले ८९, डेविड मलानले ८२, हसीम हमीदले २७, जोस बटलरले २३, क्रिस वोक्सले १६, बेन स्टोक्सले १४ र रोरी बर्न्सले १३ रन बनाए । 

इंग्ल्यान्डका लागि कप्तान जो रुट र डेभिड मलानले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो दिन अविजित फर्किए। तर मलान चौथो दिन थप २ रन जोड्दा नाथन लियोनको बलमा आउट भए। त्यस्तै रुट पनि ३ रन जोड्दा क्यामरुन ग्रिनबाट आउट भए। त्यसपछि कुनैपनि ब्याटरहरु गतिलो सँग चल्न सकेनन्। जसले गर्दा उसले २० रनको मात्र लक्ष्य दिन सफल भयो। बलिङमा नाथन लायनले चार, क्यामरन ग्रीन, प्याट कमिन्सले दुई/दुई, जोस हेजलउड र मिचेल स्टार्कले एकएक विकेट लिए । 

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो पारीमा ५०.१ ओभरमा १४७ रनमै समेटियो। उसका लागि जोस बटलरले ३९, ओली पोपले ३५, हसीब हमिदले २५ र क्रिस वोक्सले २१ रन बनाए । रोरी बर्न्स (०), डेविड मलान (६), कप्तान जो रूट (०), बेन स्टोक्स (५), मार्क उड (८) र ओली रोबिन्सन (०) ले भने दोहारो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा कप्तान प्याट कमिन्सले उत्कृष्ट प्रदर्शन गरे । उनले १३.१ ओभरमा ३ मेडनसहित ५ विकेट लिए । त्यस्तै, मिचेल स्टार्क, जोश हेजलउडले दुई/दुई र क्यामरन ग्रीनले एक विकेट हात पारे। 

जवाफमा पहिलो इनिङमा अष्ट्रेलिया ४२५ रन बनायो। अस्ट्रेलियाले पहिलो इनिङमा उच्च स्कोर बनाउने क्रममा उसका लागि ट्राभिस हेडले १५२ रनको सानदार इनिङ खेले। 

त्यसअघि ओपनर डेभिड वार्नरले ९४ रन बनाउँदा मार्नुस लाबुसेनले ७४ रन बनाएका थिए। मिचेल स्टार्कले ३५, नाथन लायनले १५, स्टिभ स्मिथ, एलेक्स क्यारी र कप्तान प्याट कमिन्सले १२/१२ रन बनाए। 

बलिङमा ओली रोबिन्सन, मार्क उडले तीन/तीन, क्रिस वोक्सले दुई, ज्याक लिच र कप्तान जो रूटले एक/एक विकेट लिए।

Copy link
Powered by Social Snap