२०८१ बैशाख १५

सातदोबाटोको अपराजित यात्रामा पूर्णविराम, शीर्ष स्थानमा उक्लने मौका गुमायो

स्टेफन समिरको निर्णायक गोलमा न्युरोड टिम एनआरटीले राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग-२०७८ मा पहिलो जित निकालेको छ । 


Advertisement


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा एनआरटीले नव प्रवेशी सातदोबाटो युथ क्लबमाथि १–० को कठिन जित निकाल्दै पहिलो जित निकालेको हो।

विदेशी खेलाडी मेसुके ओलोउमोउले दिएको पासलाई ४५ औं मिनेटमा समिरले सदुपयोग गर्दै पहिलो हाफमै अग्रता दिलाएका थिए।

अत्यन्तै रोमाञ्चक बनेको खेलको दोस्रो हाफमा दुबै टिमले पाएका केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा सातदोबाटोको अपराजित यात्रा टुंगिएको हो।

पहिलो जितपछि चार खेलबाट ५ अंक बनाउँदै एनआरटी तालिकाको सातौं स्थानमा उक्लिएको छ। यता, अपराजित यात्रामा पूर्ण बिराम लागेको सातदोबाटो चार खेलबाट ७ अंक बनाउँदै तेस्रो स्थानमा यथावत  छ।  आजको पराजयसँगै सातदोबाटोले पुनः शीर्षस्थानमा उक्लने मौका गुमाएको छ।

चार खेबलाट १० अंक बनाएको मनाङ मर्स्याङ्दी क्लब शीर्षस्थानमा छ। यस्तै समान खेलबाट ८ अंक जोडेको नेपाल आर्मी दोस्रो स्थानमा छ।

Copy link
Powered by Social Snap