२०८१ बैशाख ११

खेलकुद

एसियन गेम्समा नेपालको इतिहास : ७२ वर्षमा २ रजत र २२ कांस्य मात्र

एसियन गेम्समा नेपालको इतिहास : ७२ वर्षमा २ रजत र २२ कांस्य मात्र

खेलकुद
४ भदौ, काठमाडौं । एसियामा हुने खेलकुदको सबैभन्दा ठूलो मेला एसियन गेम्समा नेपाल पहिलो संस्करणदेखि नै सहभागी हुँदै आएको छ । ७२ वर्षअघि सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो एसियन गेम्समा सहभागी भएको नेपालले सन् १९५४ को दोस्रो र १९६२ को चौथो संस्करणमा मात्र भाग लिएको थिएन । त्यसयता नेपालले १६ संस्करणमा सहभागिता जनाएको छ । चीनको हान्झाउ शहरमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने  १९औं संस्करणाको एसियाको खेल कुम्भमेलामा २९ खेलमा ३००भन्दा बढी नेपाली खेलाडी सहभागी हुँदैछन् । सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो संस्करणामा सहभागी ११ राष्ट्रमा नेपाल पनि थियो । पहिलो संस्करणदेखि नै सहभागी भएको नेपालले पहिलो पदक जित्न १९८२ को १०औं संस्करणसम्म कुर्नुपरेको थियो । नेपालले १६ पटक एसियन गेम्स खेल्दा अहिलेसम्म जम्मा २ रजत र २२ कास्य गरी २४ पदक जितेको छ। त...
मेसीको आगमनयता इन्टर मियामीको शतप्रतिशत जित

मेसीको आगमनयता इन्टर मियामीको शतप्रतिशत जित

खेलकुद
पहिलोपटक लिग्स कपको फाइनलमा प्रवेश काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसीले लगातार छैटौँ खेलमा गोल गरेपछि अमेरिकी मेजर लिग सकर (एमएलएस)को क्लब इन्टर मियामी लिग्स कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा फिलाडेल्फियाविरुद्ध ४–१ को सहज जित निकाल्दै मियामी क्लब इतिहासमा पहिलोपटक लिग्स कपको फाइनलमा प्रवेश गरेको हो । इन्टर मियामीको जितमा जोसेफ मार्टिनेज, लियोनल मेसी, जोर्डी अल्बा र डेविड रुइजले गोल गरे । खेलको तेस्रो मिनेटमा नै मार्टिनेजले गरेको गोलबाट मियामीले अग्रता बनाएको थियो । २०औँ मिनेटमा कप्तान मेसीको गोलबाट मियामीले अग्रता दोब्बर बनाएको थियो । मैदानको मध्य भागबाट बल अघि बढाएका मेसीले १८ यार्ड बक्सभन्दा बाहिरबाट गरेको लामो प्रहार गोल भएको थियो । पहिलो हाफको इन्जुरी समयमा अल्बाले गोल गरेपछि मियामीले ३–० को सहज अग्रता बनाएको थियो । फिला...
साउदी गएका नेइमार भन्छन्– खेलकुदको नयाँ इतिहास लेख्ने चाहना छ

साउदी गएका नेइमार भन्छन्– खेलकुदको नयाँ इतिहास लेख्ने चाहना छ

खेलकुद, समाचार
काठमाडौं । ब्राजिलियन फरवार्ड नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट साउदी अरेबियन क्लब अल हिलालमा अनुबन्धित भएका छन् । बार्सिलोनाका पूर्वखेलाडी नेइमारलाई अल हिलालले ९० मिलियन युरोमा अनुबन्धित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खुलाएका छन् । अल हिलालले मंगलबार राति नेइमारलाई आधिकारिक रुपमा सार्वजनिक गरेको हो । “मैले युरोपमा धेरै कुराहरु हासिल गरेँ र विशेष समयलाई खुसीसाथ बिताएँ । तर, म सधैँ विश्वव्यापी खेलाडी बन्न, नयाँ चुनौतीसामू र नयाँ अवसरमा आफूलाई परीक्षण गर्न चाहन्थेँ,” हिलालसँगको सम्झौतापछि नेइमारले भने । यसै सिजन पीएसजीको नयाँ प्रशिक्षकका रुपमा आएका लुइस एनरिकेको आगामी योजनामा नेइमार समेटिएका थिएनन् । नेइमार सन् २०१७ मा कीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । “म खेलकुदमा नयाँ इतिहास लेख्न चाहन्छु । र, यस समय साउदीको लिगम...
आईएसएल क्लब चेन्नाईयन एफसीसँग नेपालको त्रिभुवन आर्मी पराजित

आईएसएल क्लब चेन्नाईयन एफसीसँग नेपालको त्रिभुवन आर्मी पराजित

खेलकुद, समाचार
काठमाडौं । नेपालको त्रिभुवन आर्मी फुटबल क्लब भारतमा जारी दुरान्द कपको दोस्रो खेलमा इन्डियन सुपर लिग (आईएसएल) खेल्ने चेन्नाईयन फुटबल क्लबसँग ३–० ले पराजित भएको छ । सोमबार भारतको कोक्राझारस्थित साई सेन्टर रंगशालामा सम्पन्न खेलमा चेन्नाईयनलाई सहज जित दिलाउन फारुख चौधरी, रहिम अली र मोहम्मद रफिकले गोल गरे । खेलको २२‍‍‍औँ मिनेटमा फारुख चौधरीले गरेको गोलबाट चेन्नाईयनले अग्रता बनाएको थियो । ४०‍‍‍औँ मिनेटमा रहिम अलीले टोलीको अग्रता दोब्बर बनाए । यही गोलमा चेन्नाईयनले पहिलो हाफमा आर्मीविरुद्ध २–० को अग्रता बनाएको थियो । यस्तै, ८३‍‍‍औँ मिनेटमा मोहम्मद रफिकले गोल गर्दै चेन्नाईयनको अग्रतालाई ३–० मा पुर्‍याएका थिए । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा चेन्नाईयनले सहज जित निश्चित गर्‍यो । आर्मीविरुद्धको जितसँगै दुई खेलबाट ६ अंक जोडेको चेन्नाईयन एफसी समूह ‘ई’बाट प्रतियोगिताको क्वार्ट...
पुजन, निशान र रवि पनि गए अस्ट्रेलिया

पुजन, निशान र रवि पनि गए अस्ट्रेलिया

खेलकुद, समाचार
२५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका पुजन उपरकोटी, निशान खड्का र रवि पासवान पनि विदेशिएका छन् । उनीहरु बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका छन् । पुजन र निशान जुनमा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए । दुई दिनअघि मात्रै फरवार्ड दिपकसिंह ठकुरी पनि अस्ट्रेलिया गएका थिए । ...
किङ्स कप टेनिसका लागि चार खेलाडी छनोट

किङ्स कप टेनिसका लागि चार खेलाडी छनोट

खेलकुद
२५ साउन, काठमाडौं ।नेपाल टेनिस संघले बिली जिन किङ्स कपका लागि ४ महिला खेलाडी छनोट गरेको छ । सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट अभिलाषा विष्ट, माहिका राणा, सुनिरा थापा र रायना शाह छनोट भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् । अभिलाषा, माहिका र सुनिरा चीनको हान्झाउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । किङ्स कप अक्टोबर १६ देखि २१ तारिखसम्म बहराइनमा हुँदैछ । यो प्रतियोगितामा विगतमा नेपालले उमेर समूहमा सहभागिता जनाउने गर्दै आएको हो । तर यस पटक भने नेपालले सिनियरस्तरमा प्रतिस्पर्धा गर्न लागेको हो । अन्तर्राष्ट्रिय टेनिस महासंघले नेपाललाई क्लास ‘बी’ मा अपग्रेड गरेपछि नेपाललाई सिनियरस्तरमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको सदस्य विष्टले जानकारी गराए । पहिले नेपाल क्लास ‘सी’ मा थियो । ...
सिन्धुकपको उपाधि श्री भगवती क्लब टोखालाई

सिन्धुकपको उपाधि श्री भगवती क्लब टोखालाई

खेलकुद
नवौँ संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता २०८० को उपाधि श्री भगवती क्लब टोखाले जितेको छ । लामोसाँघुस्थित वसन्तपुर खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा भगवतीले काभ्रे जिल्ला फुटबल सङ्घलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । निधारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीमा धकेलिएको थियो । पहिलो हाफको खेलमा सुरुआती अग्रता बनाएको काभ्रेले दोस्रो हाफमा गोल खाएको थियो । गत जेठ २८ बाट सुरु भएको प्रतियोगिताको समापन सहारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, एन्फाकै वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्कालगायतले पुरस्कार प्रदान गर्नुभयो । युथ स्पोर्ट्स क्लबको आयोजना र सिन्धुपाल्चोक जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोग रहेको सिन्धुकपको विजेता भगवतीले नगद रु दुई लाख र उपविजे...
लोकप्रिय हुँदैछ नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल

लोकप्रिय हुँदैछ नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल

खेलकुद
पछिल्लो समय नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल लोकप्रिय हुँदै गएको देखिन्छ । नेपालमा खासगरी स्केटिङ र स्केटबोर्ड खेल खेलाउन सन् २००८/०९ देखि अरनिको स्केट शपले नै विदेशी स्वयंसेवक ल्याई नेपाली युवा विद्यार्थीलाई भौतिकरूपमै सिकाउन थालिएको थियो । त्यसपछि नेपालमा सन् २०१५ मा ११ सदस्यीय ‘नेपाल स्केटिङ तथा स्केटबोर्डिङ सङ्घ’ तदर्थ समिति गठन गरी यस खेलको औपचारिक सुरुआत भएको देखिन्छ । पचास वर्षभन्दा अघि अर्थात् १९७० मा अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भएको स्केटिङ खेल संसारभर छिट्टै फैलन सफल भएको छ । ‘नेपाल स्केटिङ तथा स्केटबोर्डिङ सङ्घ’को आज यहाँ भएको पाचौँ महाअधिवेशन उद्घाटनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले यो खेल युवा वर्गले रुचाउने तथा नेपालका लागि नयाँ खेल भएकाले पनि यसलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले यस खेलमा अन्य खेलको तुलनामा सङ...
‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता

‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता

खेलकुद
गण्डकी प्रदेश सरकारले यस वर्ष पनि ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम आइतवार प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले खेलाडी उत्पादन, छनोट र प्रशिक्षणसम्बन्धी एकीकृत योजनाका लागि ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । ‘सबैका लागि खेलकुद’ भन्ने नारालाई सार्थकता दिन र गाउँगाउँमा रहेको नवप्रतिभावान खेलाडीलाई अवसर सिर्जना गर्न स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ थियो । गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्न सुविधा सम्पन्न क्रिकेट रङ्गशाला निर्माण प्रक्रियाअघि बढाइने सरकारले जनाएको छ । अन्तर्राष्ट्रियस्तरको कभर्डहलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने प्रदेश प्रमुख गुरुङले बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्...
भलिबलको उपाधि एपिएफलाई

भलिबलको उपाधि एपिएफलाई

खेलकुद
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौँडाको आयोजनामा भएको पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ । आज भएको फाइनल खेलमा एपिएफ त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । प्रतियोगितामा उपाधि हात पारेसँगै एपिएफले रु दुई लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता त्रिभुवन आर्मी क्लबले रु एक लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । ‘बेष्ट अफ फाइभ’मा खेलाइएको खेलमा एपिएफले आर्मीमाथि पहिलो सेटमा २५–२०, दोस्रो सेटमा १७–२५, तेस्रो सेटमा २५–१७ र चौथो सेटमा २९–२७ को जित निकाल्दै उपाधि हासिल ग¥यो । चौथो राउण्डमा निकै प्रतिस्पर्धात्मक रुपमा अगाडि बढेको त्रिभुवन आर्मी एपिएफको सामाना गर्न सकेन् र उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो । खेलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भलिबल टोलीले तृतीय स्थान ह...