भारतसँगको खेलपछि नेपाली टिमको प्रशंसा
एसिया कप २०२३ अन्तर्गत नेपालले छिमेकी भारतसँग सोमबार प्रतिस्पर्धा गर्यो। भारतसँग पहिलो पटक प्रतिस्पर्धा गरेको नेपालले खेलमा १० विकेटको हार ब्यहोरे पनि नेपाली टिमको प्रशंसा भइरहेको छ।
समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल भारतसँग हारेपछि प्रतियोगिताबाट बाहिरियो। यद्यपी नेपालले भारतविरूद्ध गरेको ब्याटिङका कारण नेपालको प्रशंसा भइरहेको छ।
सामाजिक सञ्जालमा क्रिकेट व्यक्तित्वहरूले नेपाली टिमको प्रशंसा गरिरहेका छन्।
श्रीलांकको पल्लेकेलेमा पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदा २३० रन जोडेको थियो। वर्षाले प्रभावित खेलमा भारतले विनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेर सुपर फोरमा स्थान पक्का गर्यो।
भारतीय बलरविरुद्ध राम्रो ब्याटिङ गरेका कारण नेपाली टिमको प्रशंसा भइरहेको छ।
खेलमा नेपालका ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्का...









