२०८३ असार १४

खेलकुद

पुजन, निशान र रवि पनि गए अस्ट्रेलिया

पुजन, निशान र रवि पनि गए अस्ट्रेलिया

खेलकुद, समाचार
२५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका पुजन उपरकोटी, निशान खड्का र रवि पासवान पनि विदेशिएका छन् । उनीहरु बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका छन् । पुजन र निशान जुनमा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए । दुई दिनअघि मात्रै फरवार्ड दिपकसिंह ठकुरी पनि अस्ट्रेलिया गएका थिए । ...
किङ्स कप टेनिसका लागि चार खेलाडी छनोट

किङ्स कप टेनिसका लागि चार खेलाडी छनोट

खेलकुद
२५ साउन, काठमाडौं ।नेपाल टेनिस संघले बिली जिन किङ्स कपका लागि ४ महिला खेलाडी छनोट गरेको छ । सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट अभिलाषा विष्ट, माहिका राणा, सुनिरा थापा र रायना शाह छनोट भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् । अभिलाषा, माहिका र सुनिरा चीनको हान्झाउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । किङ्स कप अक्टोबर १६ देखि २१ तारिखसम्म बहराइनमा हुँदैछ । यो प्रतियोगितामा विगतमा नेपालले उमेर समूहमा सहभागिता जनाउने गर्दै आएको हो । तर यस पटक भने नेपालले सिनियरस्तरमा प्रतिस्पर्धा गर्न लागेको हो । अन्तर्राष्ट्रिय टेनिस महासंघले नेपाललाई क्लास ‘बी’ मा अपग्रेड गरेपछि नेपाललाई सिनियरस्तरमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको सदस्य विष्टले जानकारी गराए । पहिले नेपाल क्लास ‘सी’ मा थियो । ...
सिन्धुकपको उपाधि श्री भगवती क्लब टोखालाई

सिन्धुकपको उपाधि श्री भगवती क्लब टोखालाई

खेलकुद
नवौँ संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता २०८० को उपाधि श्री भगवती क्लब टोखाले जितेको छ । लामोसाँघुस्थित वसन्तपुर खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा भगवतीले काभ्रे जिल्ला फुटबल सङ्घलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । निधारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीमा धकेलिएको थियो । पहिलो हाफको खेलमा सुरुआती अग्रता बनाएको काभ्रेले दोस्रो हाफमा गोल खाएको थियो । गत जेठ २८ बाट सुरु भएको प्रतियोगिताको समापन सहारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, एन्फाकै वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्कालगायतले पुरस्कार प्रदान गर्नुभयो । युथ स्पोर्ट्स क्लबको आयोजना र सिन्धुपाल्चोक जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोग रहेको सिन्धुकपको विजेता भगवतीले नगद रु दुई लाख र उपविजे...
लोकप्रिय हुँदैछ नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल

लोकप्रिय हुँदैछ नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल

खेलकुद
पछिल्लो समय नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल लोकप्रिय हुँदै गएको देखिन्छ । नेपालमा खासगरी स्केटिङ र स्केटबोर्ड खेल खेलाउन सन् २००८/०९ देखि अरनिको स्केट शपले नै विदेशी स्वयंसेवक ल्याई नेपाली युवा विद्यार्थीलाई भौतिकरूपमै सिकाउन थालिएको थियो । त्यसपछि नेपालमा सन् २०१५ मा ११ सदस्यीय ‘नेपाल स्केटिङ तथा स्केटबोर्डिङ सङ्घ’ तदर्थ समिति गठन गरी यस खेलको औपचारिक सुरुआत भएको देखिन्छ । पचास वर्षभन्दा अघि अर्थात् १९७० मा अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भएको स्केटिङ खेल संसारभर छिट्टै फैलन सफल भएको छ । ‘नेपाल स्केटिङ तथा स्केटबोर्डिङ सङ्घ’को आज यहाँ भएको पाचौँ महाअधिवेशन उद्घाटनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले यो खेल युवा वर्गले रुचाउने तथा नेपालका लागि नयाँ खेल भएकाले पनि यसलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले यस खेलमा अन्य खेलको तुलनामा सङ...
‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता

‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता

खेलकुद
गण्डकी प्रदेश सरकारले यस वर्ष पनि ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम आइतवार प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले खेलाडी उत्पादन, छनोट र प्रशिक्षणसम्बन्धी एकीकृत योजनाका लागि ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । ‘सबैका लागि खेलकुद’ भन्ने नारालाई सार्थकता दिन र गाउँगाउँमा रहेको नवप्रतिभावान खेलाडीलाई अवसर सिर्जना गर्न स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ थियो । गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्न सुविधा सम्पन्न क्रिकेट रङ्गशाला निर्माण प्रक्रियाअघि बढाइने सरकारले जनाएको छ । अन्तर्राष्ट्रियस्तरको कभर्डहलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने प्रदेश प्रमुख गुरुङले बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्...
भलिबलको उपाधि एपिएफलाई

भलिबलको उपाधि एपिएफलाई

खेलकुद
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौँडाको आयोजनामा भएको पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ । आज भएको फाइनल खेलमा एपिएफ त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । प्रतियोगितामा उपाधि हात पारेसँगै एपिएफले रु दुई लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता त्रिभुवन आर्मी क्लबले रु एक लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । ‘बेष्ट अफ फाइभ’मा खेलाइएको खेलमा एपिएफले आर्मीमाथि पहिलो सेटमा २५–२०, दोस्रो सेटमा १७–२५, तेस्रो सेटमा २५–१७ र चौथो सेटमा २९–२७ को जित निकाल्दै उपाधि हासिल ग¥यो । चौथो राउण्डमा निकै प्रतिस्पर्धात्मक रुपमा अगाडि बढेको त्रिभुवन आर्मी एपिएफको सामाना गर्न सकेन् र उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो । खेलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भलिबल टोलीले तृतीय स्थान ह...
एकदिवसीय विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा

एकदिवसीय विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा

खेलकुद
जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । आइसिसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा वेस्ट इन्डिज, आयोजक जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । त्यस्तै, समूह ‘बी’ मा ओमान, श्रीलङ्का, स्कटल्यान्ड, आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स (युएई) छन् । आगामी असार ३ गतेदेखि असार २४ सम्म जिम्बावेमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रले भाग लिनेछन् । समूह चरणमा प्रत्येक राष्ट्रले चार खेल खेल्नेछन् । समूह चरणबाट आ–आफ्नो समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एउटा समूहले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्सको शीर्ष दुईभित्र रहने टोली आगामी अक्टोबरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकपमा छनोट हुनेछन् । प्रतियोगिताका लागि...
रसुवामा रेडपान्डा ट्रफी प्रतियोगिता

रसुवामा रेडपान्डा ट्रफी प्रतियोगिता

खेलकुद
लोपोन्मुख रेडपान्डाको संरक्षणमा जनचेतना जगाउन यहाँ भलिबल प्रतियोगिता आयोजना गरिएको छ । अठ्ठाइसौँ वन्यजन्तु सप्ताह एवं ११आँै रेडपान्डा ट्रफी प्रतियोगिता अन्तर्गत भलिबल खेल आयोजना गरिएको हो । चार दिनसम्म चल्ने उक्त भलिबल खेलको बागमती प्रदेशसभा सदस्य प्रभात तामाङले सोमबार धुञ्चेमा शुभारम्भ गर्नुभयो । प्रतियोगितामा जिल्लाका दस समूह सहभागी भएको आयोजक संस्था लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले जनाएको छ । ‘समन्वय, सहकार्य र सहअस्तित्व, वन्यजन्तु संरक्षण हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ यहाँ वन्यजन्तु सप्ताह मनाउन सुरु गरिएको छ । संरक्षण सूचीमा सूचीकृत भएको रेडपान्डा, कस्तुरी मृग, हिमचितुवा, बँदेल, कालोभालु, आस्मिज बाँदर, नउर, काडे भ्याकुर, डाफेसमेत ३९ भन्दा बढी प्रजातिको वन्यजन्तु एवं पक्षीसमेत संरक्षण गर्न निकुञ्जले उच्च प्राथमिकता दिँदै आएको प्रमुख संरक्षण अधि...
नेपाललाई विश्वकै ‘खेलकुदको हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

नेपाललाई विश्वकै ‘खेलकुदको हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

खेलकुद
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विश्वकै ‘खेलकुदको हब’का रुपमा विकास गर्न सकिने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज यहाँ आयोजना गरेको ‘खेलकुद पूर्वाधार नीति संवाद, २०७९’ लाई सम्बोधन गर्दै उहाँले खेलकुद क्षेत्रको विकासका निम्ति खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “पछिल्लो समय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु । खेलाडीलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीको मनोबल बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषय सहभागी हुने जुन महत्व मैले यस क्षेत्रलाई दिएको छु । खेल क्षेत्रमा नेपाललाई विश्वकै हब बनाउन सकिन्छ भन्ने ठानेर नै महत्व दिएको हुँ ।” प्रधानमन्त्री दाहालले प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल एकाइ र खेल मैदान बनाउनुपर्नेमा जोड दिँदै खेल पूर्वाधारको निर्माणबाट मात्रै तल्लो तहदेखि नै खेलाड...
नेपाल कराते महासङ्घको अध्यक्षमा लामा

नेपाल कराते महासङ्घको अध्यक्षमा लामा

खेलकुद
नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा चयन हुनुभएको छ । चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले उहाँको नेतृत्व २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो । महासङ्घको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी सहित अन्य छ उपाध्यक्षमा प्रकाश मोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईँ, मजिन्द्र सिंह र श्याम शेर्पा चयन हुनुभएको छ । महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित हुनुभयो । सचिवमा ध्वजमान मोक्तान र बलराम मित्र चयन हुनुभएको छ । यस्तै सदस्यमा रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैँजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल, शाहीकुमारी तिनुङ चयन हुनुभएको छ । यस्तै अध्यक्ष लामाले पुनः सञ्जय राई र कमला रानालाई सदस्यमा मनोनित गरेको कोषाध्यक्ष भट्टराईले जानकारी दिनुभयो । महाधिवेशनबाट नै प...