२०८१ बैशाख २२

साउदी गएका नेइमार भन्छन्– खेलकुदको नयाँ इतिहास लेख्ने चाहना छ




काठमाडौं । ब्राजिलियन फरवार्ड नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट साउदी अरेबियन क्लब अल हिलालमा अनुबन्धित भएका छन् ।

बार्सिलोनाका पूर्वखेलाडी नेइमारलाई अल हिलालले ९० मिलियन युरोमा अनुबन्धित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खुलाएका छन् । अल हिलालले मंगलबार राति नेइमारलाई आधिकारिक रुपमा सार्वजनिक गरेको हो ।


Advertisement


“मैले युरोपमा धेरै कुराहरु हासिल गरेँ र विशेष समयलाई खुसीसाथ बिताएँ । तर, म सधैँ विश्वव्यापी खेलाडी बन्न, नयाँ चुनौतीसामू र नयाँ अवसरमा आफूलाई परीक्षण गर्न चाहन्थेँ,” हिलालसँगको सम्झौतापछि नेइमारले भने ।

यसै सिजन पीएसजीको नयाँ प्रशिक्षकका रुपमा आएका लुइस एनरिकेको आगामी योजनामा नेइमार समेटिएका थिएनन् । नेइमार सन् २०१७ मा कीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए ।



“म खेलकुदमा नयाँ इतिहास लेख्न चाहन्छु । र, यस समय साउदीको लिगमा अथाह ऊर्जा र उत्कृष्ट खेलाडीहरु छन्,” नेइमारले थपे ।

साउदी क्लबसँग दुई वर्षको सम्झौता गरेका नेइमारले अल हिलालबाट वार्षिक १५० मिलियन युरो पारिश्रमिक पाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खुलाएका छन् ।

पीएसजीबाट ६ वर्ष खेलेका नेयमारले कुल १७३ खेलमा ११८ गोल र ७० असिस्ट गरेका छन् ।

Copy link
Powered by Social Snap