२०८३ कार्तिक १२

अस्ट्रेलिया र पाकिस्तानबीचको पहिलो टेस्ट बराबरी

पाकिस्तान र अस्ट्रेलियाबीचको पहिलो टेस्ट बराबरीमा सकिएको छ। अस्ट्रेलिया २४ वर्षपछि पाकिस्तान भ्रमणमा आएको हो। 

पहिलो इनिङ्ग्समा पाकिस्तानले ४ विकेटको क्षतिमा ४७६ जोडेर इनिङ्ग्स समाप्तीको घोषणा गरेको थियो। पाकिस्तानका लागि इमाम उलहकले १५७ रन र अजर अलीले १८५ रन जोडेका थिए। 


Advertisement


त्यसपछि ब्याटिङ थालेको अस्ट्रेलियाले पाँचौ दिनसम्म ब्याटिङ गरेको थियो। अस्ट्रेलिया पहिलो इनिङ्ग्समा ४५९ रनमा अलआउट भयो। उसका लागि उस्मान खवाजाले ९७ रन र मार्नस लबुसेनले ९० रन जोडेका थिए। 

पाँचौ दिन दोस्रो इनिङ्ग्स ब्याटिङ सुरू गरेको पाकिस्तानले बिनाविकेटको क्षतिमा २५२ रन जोड्दा दिनको पाँचौ दिनको खेल सकियो। दिनको खेल सकिदासम्म अस्ट्रेलियाले दोस्रो इनिङ्ग्स ब्याटिङ गर्न बाँकी रहेकाले खेल बराबरीमा सकियो।

पाकिस्तानका लागि दोस्रो इनिङ्ग्समा दुवै ओपनरले शतक प्रहार गरे।

अब्दुल्लाह साफीकीले नटआउट १३६ रन र इमाम उलहकले १११ रन जोडे।

अब्दुल्लाहले पहिलो टेस्ट शतक हिर्काएका हुन्। दुवै इनिङ्ग्समा शतक प्रहार गरेका पाकिस्तान उलहक प्लेयर अफ दि म्याच भए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap