२०८३ असार ११

सामाजिक

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

देश, समाचार, सामाजिक
साभार: रातोपाटी बझाङ प्रहरीले  सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो ।     यही  असोज ७ गते  मष्टा गाउँपालिका –२ खिकालाकी १२ वर्षीया कामीको हत्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी कामीको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्नावस्थामा फेला परेको थियो । अभियुक्त बोहराविरुद्ध अर्की एक बालिकामाथि पनि जबर्जस्ती करणी गरेको जाहेरी  परेको छ । सोही ठाउँकी १३ वर्षीयालाई जबर्जस्ती करणी गरेको जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  Advertisement जिल्ला प्रहरी कार्यालयले आज गरेको पत्रकार सम्मेलनमा  प्रहरी नायब उपरीक्षक रुपक खड्काले  बोहराले बलात्कारपछि हत्या गरेको सबै प्रमाण रहेको जिकिर गरे । अभियुक्त बोहराले भने सो विषयमा मुख खोलेका छैनन्  । आ...
निर्मला बलात्कार–हत्या अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको निलम्बन फुकुवाको बाटो खुल्यो

निर्मला बलात्कार–हत्या अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको निलम्बन फुकुवाको बाटो खुल्यो

देश, समाचार, सामाजिक
प्रहरी नियमावलीको नियम–११५ संशोधन साभार: रातोपाटी काठमाडौं । निर्मला पन्तको बलात्कार–हत्याबारे अनुसन्धान गर्ने डिएसपी अंगुर जिसी सहितका प्रहरी अधिकृतको निलम्बन फुकुवा गर्ने बाटो खुलेको छ । मन्त्रिपरिषद्ले प्रहरी नियमावली संशोधन गरेसँगै उनीहरुलाई निलम्बन फुकुवा गर्ने बाटो खुलेको हो । असोज–८ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमाबलीको नियम–११५ संशोधन गरेको छ । नियम–११५ मा कुनै पनि फौजदारी अभियोग लागेका प्रहरी कर्मचारीले अदालतबाट सफाई पाउने गरी अन्तिम फैसला नहुन्जेलसम्म निलम्बनमा राखिने व्यवस्था थियो । तर, सो बुँदा संशोधन गरेर ‘अदालतको एक तहबाट सफाइ पाउने गरी फैसला भएमा निलम्बन फुकुवा हुने’ व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालय कानुन शाखाका एक अधिकृतले रातोपाटीलाई बताए । अदालतबाट साधारण तारेखमा रिहा भएका प्रहरी कर्मचारीचाहि जागिरमा फर्कन पाउने व्यवस्था थियो । निर...
उपत्यकाका मेयर भन्छन्–अब लकडाउन हैन, कोरानासँग लड्दै काम गरौँ

उपत्यकाका मेयर भन्छन्–अब लकडाउन हैन, कोरानासँग लड्दै काम गरौँ

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । सबैभन्दा धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । काठमाडौंमा जारी निषेधाज्ञा हटाउनुका साथै लामो दुरीको सवारी सञ्चालन हुन थालेपछि काठमाडौं उपत्यका कोरोना संक्रमणको केन्द्र बनेको छ ।  पछिल्लो समय देशभरीको कोरोना संक्रमणको आँकडाको तुलना गर्दा उपत्यकामा दैनिक ५० देखि ६० प्रतिशत हाराहारी कोरोना संक्रमित फेला पर्न थालेका छन् । उपत्यकामा नगर प्रमुखहरुमा समेत कोरोना संक्रमण हुन थालेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य उपचारपछि फर्किएका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ आइसोलेसनमा रहेका छन् ।  राजधानी प्रवेश गर्ने प्रमुख नाकाको रुपमा रहेको नागढुङ्गा नाका काठमाडौंको चन्द्रागिरी नगरपालिका अन्तर्गत पर्छ । सो नगरपालिकामा ६ जनाको संक्रमणबाट निधन भएको छ । २५ जना अस्पताल र ८५...
बिहीबारदेखि राजधानीका १० ठाउँमा सरकारले सहुलियत पसल सञ्चालन गर्ने

बिहीबारदेखि राजधानीका १० ठाउँमा सरकारले सहुलियत पसल सञ्चालन गर्ने

देश, राजनीति, समाचार, सामाजिक
Credit: CLICKMANDU काठमाडौं  । दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन् । खाद्य कम्पनीले काठमाडौं उपत्यकाका ७ बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा रहेका बिक्री काउन्टरमा नै सुपथ मूल्य सञ्चालन गर्ने र सम्भाव्यताका आधारमा बाहिरका जिल्लामा समेत पसल सञ्चालन गरिने कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा दुई कम्पनीलाई काठमाडौैं उपत्यकामा ५/५  स्थानमा सुपथ मूल्यका पसल सञ्चालनको अनुमति दिइएको हो । सोही अनुमतिका आधारम...
पुनरकर्जाको आवेदन दिने समय थपियो

पुनरकर्जाको आवेदन दिने समय थपियो

देश, राजनीति, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौं । ५ प्रतिशत ब्याजदरमा १० करोडसम्म ऋण पाइने नेपाल राष्ट्रको पुनरकर्जाको लागि आवेदन दिने म्याद थप भएको छ । राष्ट्र बैंकले असोज १४ गतेसम्मका लागि यसअघि निर्धारण गरेको आवेदन दिने अवधिलाई बढाएर असोज मसान्तसम्म पुर्याएको हो ।  बैंकले कोरोना रोकथामका लागि आह्वान भएका लकडाउन, निषेधाज्ञा जस्ता कारणले समय बढाइदिन अनुरोध भई आएकोले यस्तो म्याद बढाइएको जनाएको छ । पुनकर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका र कोभिड–१९ को महामारीबाट प्रभावित व्यवसायलाई ब्याजदरमा सहुलियत दिने व्यवस्था गरिएको छ । अहिले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा र विशेष पुनरकर्जा गरी ३ प्रकारले कर्जा विभाजन गरी १० करोडसम्म कर्जा प्रवाह गर्नेगरी पुनरमर्जा कार्यविधि बनेको छ ।  Advertisement लघु, घरेलु तथा साना उद्यम पुनरकर्ज...
कोरोनाबाट थप ४ को मृत्यु, मृतकको कुल संख्या ४ सय ८१ पुग्यो

कोरोनाबाट थप ४ को मृत्यु, मृतकको कुल संख्या ४ सय ८१ पुग्यो

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । आज सुनसरीमा ३८ वर्षीया र भक्तपुरमा ५१ वर्षीया महिलाको मृत्यु भएको  छ । यस्तै बाँकेमा ४७ वर्षीय र गुल्मीमा ३४ वर्षीय महिलाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ । Advertisement आज नेपालमा १३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको सख्या ७४ हजार ७ सय ४५ पुगेको छ । ...
बलात्कारको घटना घरमै गुपचुप बनाउँदाको परिणाम सम्झना बलात्कार/हत्या प्रकरण

बलात्कारको घटना घरमै गुपचुप बनाउँदाको परिणाम सम्झना बलात्कार/हत्या प्रकरण

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौँ । भदौको अन्तिम साता सप्तरीमा सामुहिक बलात्कारको शिकार भएकी एक किशोरीले आत्महत्या गरिन् । बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउनुको साटो पीडितलाई नै मिलापत्र गर्न समाजले दबाब दिएपछि ती किशोरीले आत्महत्या गरेकी थिइन् । बलात्कारजस्तो जघन्य अपराधविरुद्ध कानुनी कारवाही प्रक्रियामा हुने ढिलाइले निम्त्याउन सक्ने परिणाम बुझ्न उक्त घटना एउटा गतिलो पाठ बनेको छ । बलात्कारमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन ढिलाइ हुँदा निम्तिने दुष्परिणामको अर्को उदाहरण हो सम्झना विक बलात्कार र हत्या प्रकरण । बलात्कारीलाई समयमै प्रहरी प्रशासनसमक्ष उभ्याएर कारवाहीको दायरामा ल्याइएको भए बझाङ, मष्टा गाउँपालिका–२ की १२ वर्षीय बालिका सम्झना विकले सायद आज अकालमा ज्यान गुमाउनु पर्दैन थियो होला । किनकि, उनको बलात्कार र हत्याको आरोपमा पक्राउ ...
व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण

व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण देखिएको छ। आइतबार स्वाब परीक्षणका लागि दिइएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको ढकालले जानकारी दिएका छन्। तर आफूलाई स्वास्थ्यमा खासै समस्या नरहेको उनको भनाइ छ। Advertisement ‘आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ आयो,’ उनले भने, ‘तर मलाई स्वास्थ्यमा कुनै समस्या छैन। घरमै सुरक्षित रूपमा आइसोलेसनमा बसेको छु।’ उनले केही दिनयता आफूसँग सम्पर्कमा आएकाहरूलाई सुरक्षित रहन र आवश्यक सजगता अपनाउन पनि आग्रह गरेका छन्। जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सतर्कता अपनाइरहे पनि आफूमा कोरोना देखिएको ढकालको भनाइ छ। ...
बारामा बसले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्, श्रीमती र छोराको मृत्यु

बारामा बसले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्, श्रीमती र छोराको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी बारामा बसको ठक्करबाट स्कुटरमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो साढे ४ बजे जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित पुर्वपश्चिममा ना ४ ख ७२४४ नम्बरको बसले प्रदेश न २-०३-००४ प ४४४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। Advertisement निजगढबाट पथलैयातर्फ जाँदै गरेको बसले निजगढतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो। उक्त ठक्करबाट निजगढ नगरपालिका-१० का २५/२६ वर्षीय तिर्थ मान स्याङ्तान, उनकी श्रीमती २२/२३ वर्षीया ज्योती स्याङ्तान र  एक वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ। ती बालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। दुर्घटनापछि बसका चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक डिएसपी गौतम मिश्रले जानकारी दिए। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ...
मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतिको मृत्यु

मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतिको मृत्यु

देश, समाचार, सामाजिक
साभार: रातोपाटी हेटौंडा । मकवानपुर  जिल्लामा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको  छ ।   मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो । मकवानपुरगढी –६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार र उनकी पत्नी तुलसाको बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मकवानपुर गढीका प्रहरी नायब  उपरीक्षक कृष्ण केसीले जानकारी दिए । Advertisement उनीहरुलाई खोलाले बगाएर ६० फिट तलसम्म पुर्याएको थियो । यसअघि मकवानपुरका विभिन्न स्थानमा खोलामा शनिबार डुबेर तीन जनाको मृत्यु भएको  थियो ।  केही दिनयता परेको अविरल वर्षाले मकवानपुरका विभिन्न खोलामा पानीको वहाब तीव्र छ ।  ...