२०८० चैत्र १६

पुनरकर्जाको आवेदन दिने समय थपियो

साभार: रातोपाटी

काठमाडौं । ५ प्रतिशत ब्याजदरमा १० करोडसम्म ऋण पाइने नेपाल राष्ट्रको पुनरकर्जाको लागि आवेदन दिने म्याद थप भएको छ । राष्ट्र बैंकले असोज १४ गतेसम्मका लागि यसअघि निर्धारण गरेको आवेदन दिने अवधिलाई बढाएर असोज मसान्तसम्म पुर्याएको हो । 

बैंकले कोरोना रोकथामका लागि आह्वान भएका लकडाउन, निषेधाज्ञा जस्ता कारणले समय बढाइदिन अनुरोध भई आएकोले यस्तो म्याद बढाइएको जनाएको छ । 
पुनकर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका र कोभिड–१९ को महामारीबाट प्रभावित व्यवसायलाई ब्याजदरमा सहुलियत दिने व्यवस्था गरिएको छ । अहिले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा र विशेष पुनरकर्जा गरी ३ प्रकारले कर्जा विभाजन गरी १० करोडसम्म कर्जा प्रवाह गर्नेगरी पुनरमर्जा कार्यविधि बनेको छ । 


Advertisement


लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत बैंकले ३ प्रतिशतमा र ग्राहकले ५ प्रतिशतमा राष्ट्र बैंकबाट ऋण पाउनेछन् ।यसको अधिकतम सीमा १५ लाख रुपैंया तोकिएको छ ।
विशेष पुनरकर्जा अन्तर्गत बैंकहरुले १ प्रतिशत र ग्राहकले ३ प्रतिशतमा तथा साधारण पुनरकर्जा अन्तर्गत बैंकले ३ प्रतिशतमा र ग्राहकले ५ प्रतिशतमा ऋण पाउनसक्ने व्यवस्था गरिएको छ । साधारण र विशेष पुनरकर्जाको अधिकतम आकार १० करोड रुपैंया हुनेछ । 

यस्तो पुनरकर्जा कोभिड–१९ प्रभावितले पाउनेगरी कार्यविधिमा व्यवस्था गरिएको छ । अहिले बैंकमा ऋण नभएका ग्राहकले भने पुनरकर्जाका लागि आवेदन दिन नपाउने राष्ट्र बैंकले स्पष्ट पारेको छ । 

Copy link
Powered by Social Snap