सम्झना बिकको बलात्कारपछि हत्या गर्नेलाई कडा कारबाही गर्न नेविसंघको माग
साभार: रातोपाटी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बलात्कारीहरुको संरक्षण गर्न लागेको आरोप लगाएको छ । बधुबार बझाङको मष्टा गाउँपालिका की १२ वर्षीय बालिका सम्झना बिकको बलात्कारपछि हत्याको घटना हुँदा नेविसंघले यस्तो आरोप लगाएको हो ।
अपाराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरि काडाभन्दा कडा कानूनी कारबाही गर्न पनि संघले जोडदार माग गरेको छ । निर्मला पन्तदेखि सम्झना विकसम्मका घटनाहरु हेर्दा केपी ओली नेतृत्वको सरकार बलात्कारीहरुको संरक्षण गर्न लागेको नेविसंघका अध्यक्ष राजीव ढुंगानाद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।
'लोकतान्त्रिक शासन व्यवस्था अँगालेको देशको सरकारको पहिलो कर्तव्य आम नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्नु हो । तर निर्मला पन्तदेखि सम्झना कामीसम्मका घटनाहरु हेर्दा केपी ओली नेतृत्वको वर्तमान सरकारले ...







