२०८३ असार ११

सामाजिक

भीमफेदी सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो (अपडेट)

भीमफेदी सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो (अपडेट)

देश, समाचार, सामाजिक
साभार: रातोपाटी मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा आज मध्याह्न भएको सुमो दुर्घटनामा परी मृत्यु हुने तीन जना पुगेका छन् ।  ना १ ज ४१०६ नम्बरको सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै तथा एक जनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । थप मृत्यु हुनेमा झापा जिल्लाकी २५ वर्षीया देवीकुमारी गिरी रहेको प्रहरीले जनाएको छ । Advertisement घाइतेको हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीरर रहेको प्रहरीले जनाएको छ । घटनास्थमा मृत्यु भएका दुई जनाको पहिचालन खुल्न नसकेको बताइएको छ । आज बिहान ११ बजे हेटौंँडाबाट काठमाडौँ लागि छुटेको दक्षिणकाली सुमो सेवाको गाडी चिसापानी गढीमा दुर्घटना हुँदा सडकबाट झण्डै १०० मिटर तल ...
बलात्कारको घटना ढाकछोप गर्न पञ्चायती, ५ लाखमा साटिएको थियो किशोरीको इज्जत

बलात्कारको घटना ढाकछोप गर्न पञ्चायती, ५ लाखमा साटिएको थियो किशोरीको इज्जत

देश, समाचार, सामाजिक
मुख्य अभियुक्तसहित ८ जना मतियार पक्राउ साभार: रातोपाटी काठमाडौँ । सिरहामा १६ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा मुख्य अभियुक्तसहित ८ जना मतियार पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुख्य अभियुक्त विष्णुपुर नगरपालिका– १ विष्णुपुरका २० वर्षीय मुकेश कुमार साह हुन् । त्यस्तै मतियारहरु विष्णुपुर नगरपालिका– १ का ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरबिन्द कुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४१ वर्षीय रामउदागर यादव, ६१ वर्षीय जगरविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्यामसुन्दर यादव पक्राउ परेका हुन् । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालल सिरहाको संयुक्त टोलीले उनीहरुलाई सिरहाको विभिन्न ठाउँबाट पक्राउ गरेको प्रदेश प्रहरी प्रमसख डीआईजी धीरज प्रताप सिंहले जानकारी दिए । पक्राउ परेका ९ जनामाथि कानुन बमोजिम आवश...
दशैंमा अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

दशैंमा अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

देश, समाचार, सामाजिक
साभार: रातोपाटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण बढिरहेको भन्दै अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैंका लागि अनावश्यक यात्रा नगर्न आग्रह गरे ।  Advertisement उनले जो जहाँ जुन अवस्थामा छ त्यही नै दशैं मनाउन अपिल समेत गरे ।  पछिल्लो समय देशभर कोरोना संक्रमित बढिरहेका छन् ।  आइतबार मात्रै आज देशभरी २ हजार २ सय ५३ जनामा संक्रमण देखिएको छ ।  ...
धरानमा २८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

धरानमा २८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकी २८ वर्षीया महिला रहेकी छिन् ।  Advertisement गत असोज ८ गते कोरोना संक्रमण पुष्टि भएकी महिलामा कुनै दीर्घरोग नरहेको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए । असोज ८ देखि नै अस्पतालमा उपचाररत उनको शनिबार बिहान मृत्यु भएको हो ।  ...
खोलामा नुहाउने क्रममा बेपत्ता आमासहित ४ छोराछोरी अझै भेटिएनन्

खोलामा नुहाउने क्रममा बेपत्ता आमासहित ४ छोराछोरी अझै भेटिएनन्

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका–५ कवाडी खोलामा बगेर शुक्रबार बेपत्ता भएका पाँच जना शनिबार बिहानसम्म भेटिएका छैनन् । उनीहरु एकै परिवारको रहेको प्रहरीले जनाएको छ ।  खोलाले बगाएर बेपत्ता हुनेमा सत्ता नेपालीलगायत उनकी छोरी ५ वर्षकी आरती, ४ वर्षकी सन्तोषी, १ वर्षीया छोरी किस्मती र २ वर्षीय छोरा सम्मान रहेका छन् ।  Advertisement बेपत्ता उनीहरुको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरु परिचालन भएका छन् । यद्यपी हालसम्म पनि उनीहरु नभेटिएको बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदनजित महराले बताए ।  उनीहरूको खोजी निरन्तर गरिरहेका डीएसपी महराले जानकारी दिँदै भने, ‘शुक्रबार दिउँसो खोलामा नुहाउन गएका बेला छोराछोरीसहित आमा बगेर बेपत्ता भएका थिए ।’  ...
नेविसंघ महामन्त्री वैद्यद्वारा काठमाडौंमा ४ लाख ५० हजार मास्क निशुल्क वितरणको थालनी

नेविसंघ महामन्त्री वैद्यद्वारा काठमाडौंमा ४ लाख ५० हजार मास्क निशुल्क वितरणको थालनी

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय महामन्त्री मनोज वैद्यले मास्क निशुल्क वितरण अभियानको थालनी गरेका छन् । काठमाडौंमा तीव्र रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९)संक्रमणलाई मध्येनजर गरी ४ लाख ५० हजार मास्क निशुल्क बितरण अभियानमा शुक्रबारबाट सुरु गरेका हुन् । नेपाली काँग्रेसका पार्टी प्रवक्ता विश्व प्रकाश शर्माको  हातबाट नयाँ बानेश्वरमा निशुल्क मास्क वितरण अभियानको थालनी गरिएको थियो । सरकारलाई प्रश्नका साथै नागरिकलाई सक्दो सहयोगसँगै सचेतना फैलाउँदै जानेपर्नेमा प्रवक्ता शर्माले जोडका दिए । उनले महामन्त्री वैद्यद्वारा थालिएको मास्क निशुल्क वितरण अभियानको प्रसंशा पनि गरेका थिए ।  Advertisement सरकार जनताको स्वास्थप्रती गम्भीर हुन नसक्दा जनता एउटा माक्सबाट बन्चित रहेको बेला मास...
मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर युवकको मृत्यु

मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर युवकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी रोल्पा– मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर बिहीबार यहाँ एक युवकको मृत्यु भएको छ । रोल्पाको सुलिनस्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्यान गएको हो ।  खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीको उपचारका लागि प्यूठान लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिए ।  Advertisement भारतमा मजदुरी गर्ने नेपाली कोरोनाका कारण रोजगारी गुमेपछि केही महिनाअघि मात्र घर फर्किएका थिए ।  ...
बिहान १०ः१९ बजे दशैँको टीकाको उत्तम साइत

बिहान १०ः१९ बजे दशैँको टीकाको उत्तम साइत

सामाजिक
साभार: रातोपाटी काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ ।  दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।  यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ । नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ । घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दु...
पेप्सिकोलामा ग्यास बिस्फोट हुँदा ५ जना घाइते

पेप्सिकोलामा ग्यास बिस्फोट हुँदा ५ जना घाइते

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामास्थित पेप्सिकोलामा  ग्यास सिलिन्डर लिक भइ बिस्फोट हुँदा ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मिना खड्का रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । Advertisement घाइते उनीहरूको नजिकैको मदर ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पर्वत कार्कीको अवस्था सामान्य छ । खाजा बनाउनको लागि ग्यासको रेगुलेटर खोलेर लाइटर बाल्ने  क्रममा ग्यास लिक भएको प्रहरीको भनाइ छ । ग्यास बिस्फोटबाट घरधनी कृष्ण कार्कीको घरमा क्षति पुगेको छ । ...
बाघको आक्रमणबाट रौतहटमा दुईजना घाइते, एक बेपता

बाघको आक्रमणबाट रौतहटमा दुईजना घाइते, एक बेपता

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी रौतहट । बाघको आक्रमणबाट रौतहटको चन्द्रपुरमा दुई जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका–६  रंगपुर साझेदारी वन क्षेत्रमा बाघले दुुईजना माथि आक्रमण गरेको हो । चन्द्रपुर–६ का २७ वर्षीय संगम भण्डारी दिउँसो घाँस लिन जङ्गल गएको र अबेर सम्म फर्केर नआउपछि भण्डारीलाई खोज्न मङ्गलबार साँझ ७ बजेको समयमा जङ्गल गएका गाँउलेहरुलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । Advertisement बाघको आक्रमणमा परेर चन्द्रपुर–६ का ३० वर्षका अशोक थापा र ३४ बर्षका प्रविण श्रेष्ठ घाईते भएको र उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् । घास लिन गएका भण्डारीको खोजीका लागि बुधबार बिहानै देखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्...