२०८१ बैशाख ८

मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतिको मृत्यु

साभार: रातोपाटी

हेटौंडा । मकवानपुर  जिल्लामा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको  छ ।   मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो । मकवानपुरगढी –६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार र उनकी पत्नी तुलसाको बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मकवानपुर गढीका प्रहरी नायब  उपरीक्षक कृष्ण केसीले जानकारी दिए ।


Advertisement


उनीहरुलाई खोलाले बगाएर ६० फिट तलसम्म पुर्याएको थियो । यसअघि मकवानपुरका विभिन्न स्थानमा खोलामा शनिबार डुबेर तीन जनाको मृत्यु भएको  थियो ।  केही दिनयता परेको अविरल वर्षाले मकवानपुरका विभिन्न खोलामा पानीको वहाब तीव्र छ । 

Copy link
Powered by Social Snap