२०८० चैत्र १५

पेप्सिकोलामा ग्यास बिस्फोट हुँदा ५ जना घाइते

साभार: रातोपाटी

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामास्थित पेप्सिकोलामा  ग्यास सिलिन्डर लिक भइ बिस्फोट हुँदा ५ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मिना खड्का रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


Advertisement


घाइते उनीहरूको नजिकैको मदर ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पर्वत कार्कीको अवस्था सामान्य छ ।

खाजा बनाउनको लागि ग्यासको रेगुलेटर खोलेर लाइटर बाल्ने  क्रममा ग्यास लिक भएको प्रहरीको भनाइ छ । ग्यास बिस्फोटबाट घरधनी कृष्ण कार्कीको घरमा क्षति पुगेको छ ।

Copy link
Powered by Social Snap